सोमबार, ०७ वैशाख २०८३
नेपाली

डाक्टर,इन्जिनियर र प्रहरीलाई चिनेझैँ लेखकलाई पनि चिन्नु अनिवार्य छ :-कुलपति राई

Main News Image

© प्राज्ञ चेतनाथ धमला

मिडियाबाजी डटकम काठमाडौँ ,मंसिर २४। सोलुखुम्बु । सोलुखुम्बुको महाकुलुङ गाउँपालिका बुङस्थित सगरमाथा माध्यमिक विद्यालयद्वारा "विद्यालयमा कुलपति’" तथा कविता वाचन कार्यक्रम नेपाल प्रज्ञा-प्रतिष्ठानका कुलपति भूपाल राईको प्रमुख आतिथ्यमा आयोजना गरिएको थियोे। 

कुलपति राईले प्रत्येक जातजातिका आआफ्नै मातृभाषा छन् ।सबैले आआफ्नै मातृभाषामा कविता लगायतको लेखन कार्य गर्न सक्नुपर्छ।महाकुलुङमा कुलुङ भाषाको बाहुल्य रहेको छ।कुलुङभाषी विद्यार्थी र साहित्य सर्जकले यसै भाषामा साहित्य सिर्जना गर्न प्रेरित गर्नुभएको थियोे। महाकुलुङ गाउँपालिका आफैँमा स्थानीय सरकार भएकाले कुलुङलगायतका भाषाको संरक्षण र सम्बर्द्धन गर्न 'महाकुलुङ प्रज्ञा-प्रतिष्ठान' गठन गर्न सुझाउनु भएको थियोे। उहाँले मातृभाषा बाँचे मात्रै देश सांस्कृतिक रूपमा समृद्ध हुने बताउनु भएको थियोे ।सगरमाथा माविका विद्यार्थीबिच संवाद गर्दै कुलुङभाषा लगायतका विद्यार्थीले आआफ्नो मातृभाषामा कविता लेख्न उत्प्रेरित गर्नुभएको थियोे । सबैले नेता,कर्मचारी ,

शिक्षक ,डाक्टर ,इन्जिनियर र प्रहरी आदिलाई चिने जस्तै लेखकलाई पनि चिन्न सक्नुपर्ने बताउनुभएको थियोे ।विशिष्ट अतिथि नेपाल प्रज्ञा-प्रतिष्ठानका सदस्य सचिव डा.धनप्रसाद सुवेदीले उक्त कार्यक्रममा नेपाल प्रज्ञा-प्रतिष्ठानको ऐतिहासिक पृष्ठभूमि र प्राज्ञिक संरचना बारे प्रकाश पार्दै नेपाली र अङ्ग्रेजीसाथै आआफ्ना मातृभाषामा कविता लेख्न विद्यार्थीलाई सुझाउनु भएको थियोे ।जसले मातृभाषामा कलम चलाउँछ ,उसको कविता लगायतको सिर्जना अब्बल हुने बताउँदै आफूले पढ्ने पुस्तकको लेखक को हो ? विद्यार्थीले चिन्नुपर्ने बताउनुभएको थियोे ।

विशिष्ट अतिथि महाकुलुङ गाउँपालिका बुङ, सोलुखुम्बुका अध्यक्ष सूर्यबहादुर कुलुङले नेपाल प्रज्ञा-प्रतिष्ठानका कुलपतिलगायत प्राज्ञिक व्यक्तित्वहरू गाउँगाउँ र स्कुलस्कुलमा आउनु भनेको भाषा,साहित्य ,संस्कृति र कला क्षेत्रको विकासमा प्रेरणा मिल्नु हो। यसबारे अध्ययन गरेर महाकुलुङ प्रज्ञा-प्रतिष्ठान स्थापना गर्दै यस क्षेत्रको मातृभाषा र साहित्यको विकासमा लागिपर्ने बताउनुभएको थियोे।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सुवास राईको अध्यक्षतामा आयोजित उक्त कार्यक्रममा विद्यालयका प्रधानाध्यापक राजमान राईले स्वागत मनतव्य राख्नुभएक‍ो थियोे।विद्यार्थीबाट 'हाम्रो कुलुङ: मेरो कुलुङ'

बोलको पालिका गानका साथ‌ै नृत्य र गीत प्रस्तुत गरिएको थियोे । कार्यक्रममा नेपाली,अङ्ग्रेजी र कुलुङभाषामा कविता वाचन गरिएको थियोे ।जसमा कवि तिलक बाहिङ राईले 'लाली गुँरास' र कवि मनुहाङ किरातीले 'नेपालीको चिनारी' शीर्षकको कविता वाचन गर्नुभएको थियोे।

उक्त विद्यालयकी कक्षा-७ कि छात्रा अमृता कुलुङले कुलपतिको स्वागतार्थ नेपाली भाषामा 'ज्ञानको ज्योति' शीर्षकको कविता वाचन गर्नुभएको थियो।दिया कुलुङ, सुस्तिका कुलुङ र वर्षा राईले अङ्ग्रेजी भाषामा आआफ्नो कविता प्रस्तुत गर्नुभएको थियोे।यसैगरी जेनी कुलुङले (नेपाली र कुलुङभाषा ) र प्रिन्सा कुलुङले कुलुङभाषामा कविता वाचन गर्नुभएको थियोे ।विद्यालयमा कुलपति ,अन्तरक्रिया तथा कविता वाचन कार्यक्रम भव्यताका साथ सम्पन्न भएको थियोे ।

mediabaaji add

सम्बन्धित खबर

'कविता एन्ड द कप'मा कविहरू !

मिडियाबाजी डटकम काठमाडौँ ।

  • बागबजारको युनिटी फुड एन्ड क्याफेमा 'Kavita & the Cup' को तेस्रो शृङ्खला सम्पन्न भयो ।

    •यस शृङ्खलामा कविता वाचन ,टिप्पणी र विमर्शको अनौपचारिक आयोजना प्रसिद्ध कवि,आख्यानकार र सम्पाद...

राहुलको नयाँ अध्याय लोकार्पण

©निशेष आङ्देम्बे

    गजलकार राहुल शंकरकृत गजल सङ्ग्रह 'नयाँ अध्याय' लोकार्पण भएको छ । 'द मार्जिन'ले प्रकाशनमा ल्याएको उक्त कृति ...

भक्तपुरमा मुक्तक लेखन तथा वाचन कार्यक्रम सम्पन्न !


• दुर्बिन शर्मा 'विवेक'

भक्तपुर ।मुक्तकसागर र प्रोक्सिमा इन्टरनेसनल एकेडेमीको संयुक्त आयोजनामा विद्यार्थीहरूबिच मुक्तक लेखन तथा वाचन प्रतियोगिता कार्यक्रम सम्पन्न भएको छ।

     कार्यक्रमको सञ्चालन एकेडेमीका रा...

'मेरी छोरी मान्या'बालकथा सङ्ग्रहको विमोचन


- दुर्बिन  शर्मा 'विवेक'

वरिष्ठ आख्यानकार ,कवि ,साहित्यिक पत्रकार तथा सङ्गठक इन्द्रकुमार श्रेष्ठ 'सरित्'द्वारा रचित बालकथासङ्ग्रह 'मेरी छोरी मान्या´को विमोचन तथा समीक्षा कार्यक्रम राइजिङ स्टार बोर्डिङ स्कुल मन्डिखाटारले आयोज...

छ जना हास्यव्यङ्ग्य स्रष्टा सम्मानित, तीन कृति सार्वजनिक

मिडियाबाजी डटकम काठमाडौँ मंसिर २ ।भक्तपुर । नेपाली हास्यव्यङ्ग्यको सम्वर्धनका निम्ति क्रियाशील रहँदै आएको फित्कौली अनलाइन मिडिया तथा फित्कौली डटकमले विशिष्ट हास्यव्यङ्ग्यकार मुकुन्द आचार्यलाई फित्कौली हास्यव्यङ्ग्य राष्ट्रिय सम्मान (२०८२) द्वारा स...

पत्रकार विष्णु विवेकको पहिलो कृति ‘घाटगाउँ’ विमोचन

काठमाण्डौँ । पत्रकार विष्णु विवेकको पहिलो कृति ‘घाटगाउँ’ विमोचन भएको छ । सुर्खेतदेखि अमेरिकासम्मको यात्रा, संघर्ष र सपनाको गन्तव्य पछ्याउन प्रेरित गर्ने उनको नियात्रा तथा स्मृतिसंग्रह ‘घाटगाउँ’ मंगलबार विमोचन भएको हो । काठमाडौँको चियासागरमा पत्रका...