बुधबार, १६ वैशाख २०८३
नेपाली

पोखरामा 'दर्शन,साहित्य र भाषा' विषयक अन्तरक्रिया सम्पन्न !

Main News Image

मिडियाबाजी डटकम,पोखरा ।

  • नेपाल प्रज्ञा-प्रतिष्ठान र गण्डकी साहित्य सङ्गम,पोखराको सहकार्यमा 'वर्तमान सन्दर्भमा मार्क्सवादी दर्शन','नेपाली प्रगतिशील साहित्य लेखन'का प्रवृत्ति र 'गण्डकी प्रदेशको भाषिक अवस्था' विषयक अन्तरक्रिया भएको थियोे ।

      • नेपाल प्रज्ञा–प्रतिष्ठानका उपकुलपति विमल निभाको प्रमुख उपस्थितिमा उक्त कार्यक्रम भएको थियोे ।उहाँले प्रगतिशील साहित्य लेखन समाज रूपान्तरणको मूल प्रवृत्ति भएको बताउनु भएको थियोे।अबको पुस्ताले सांस्कृतिक रूपान्तरणमा प्रगतिशील साहित्यको भूमिका महत्त्वपूर्ण छ भन्ने बुझ्नु जरुरी भएको बताउँदै कवितासमेत वाचन गर्नुभएको थियो।

     •विशेष अतिथि नेपाल प्रज्ञा-प्रतिष्ठानका प्राज्ञ परिषद् सदस्य तथा दर्शनशास्त्र विभाग प्रमुख डा.कृष्णराज अधिकारीले मार्क्सवादी साहित्य र संस्कृतिले मात्रै समुन्नत समाज निर्माण गर्न सकिने बताउनुभएको थियोे ।उहाँले नेपाल जस्तो बहुजातीय र बहुभाषिक समाजमा 'सबै भाषा सबै ज्ञान : सबैको प्रज्ञा-प्रतिष्ठान'भन्ने उद्घघोष सार्थक भएको बताउँदै प्रतिष्ठानका कार्यहरू बारे प्रकाश पार्नु भएको थियोे ।

      •विशेष अतिथि प्रज्ञा-प्रतिष्ठानका प्राज्ञ परिषद् सदस्य तथा मातृभाषा कोष तथा व्याकरण विभाग प्रमुख त्रैलोक्यमान बनेपाली 'अगिब'ले कार्यक्रममा गीत प्रस्तुत गर्दै 

भाषा ,साहित्य र संस्कृतिको उन्नायन बारे चित्रण गर्नुभएको थियोे ।

   • गोष्ठीमा प्रा.डा. यदुनन्दन उपाध्यायले ‘प्रगतिशील नेपाली साहित्य लेखनका प्रवृत्ति’ शीर्षकको कार्यपत्र प्रस्तुत गर्नुभएको थियोे।यस बारे नेपाल संस्कृत विश्व विद्यालयका अध्यापक ,कवि ,समालोचक तेजविलास अधिकारीले समीक्षात्मक टिप्पणी गर्नुभएको थियोे ।आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानका पूर्व सदस्य सचिव तथा मगरभाषा साहित्यका अध्येता लोकबहादुर थापा मगरले ‘गण्डकी प्रदेशको भाषिक अवस्था’का बारेमा कार्यपत्र प्रस्तुत गर्नुभएको थियोे ।यस बारे डा. यमनाथ तिमिल्सिनाले समीक्षात्मक टिप्पणी गर्नु भएको थियोे ।

    •त्रिविका अध्यापक तथा दर्शनशास्त्रका अध्येता समीर सिंहले ‘वर्तमान सन्दर्भमा मार्क्सवादी दर्शन’ शीर्षकको कार्यपत्र प्रस्तुत गर्नुभएको थियोे।यस बारे राजनीतिक विश्लेषक सावित्री दुराले टिप्पणी गर्नुभएको थियोे ।

      •कार्यक्रममा प्रा.डा. ज्ञानबहादुर कार्की, झलकपाणी तिवारी, विद्याविमल बराल, यादवराज उपाध्याय, परशुराम कोइराला, छवि सुवेदीले कार्यपत्रहरूमाथि पूरक टिप्पणी प्रस्तुत गर्नुभएको थियोे ।  

     •गण्डकी साहित्य सङ्गमका अध्यक्ष भीम रानाभाटको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा उपाध्यक्ष पद्मराज ढकालले स्वागत मन्तव्य प्रस्तुत गर्नुभएको थियोे।प्रज्ञा-प्रतिष्ठानका प्राज्ञसभा सदस्य नारायण मरासिनीले कार्यक्रमको उद्घोषण गर्नुभएको थियोे ।

mediabaaji add

सम्बन्धित खबर

उपन्यासकार डा. धर्मराज सापकोटा ‘राजु’ को ‘बाहेक’ लोकार्पण

काठमाडौँ । उपन्यासकार डा. धर्मराज सापकोटा ‘राजु’ को ‘बाहेक’ उपन्यास लोकार्पण भएको छ । शिखा बुक्स बाघबजार काठमाडौंको आयोजना तथा श्यामलको प्रमुख आतिथ्यमा कार्यक्रम भएको हो । प्रमुख अतिथि श्यामल, समालोचक राजकुमार बानियाँ, सुमन वर्षा, शिखा बुक्सका पुष...

इतिहासमा भएको भाषिक र सांस्कृतिक अतिक्रमणले चिन्ता र चासो बढाएको छ - कुलपति राई

      • नेपाल -प्रज्ञा प्रतिष्ठान साहित्य (मातृभाषा) विभागद्वाराआयोजित मातृभाषा साहित्यको ३० ओैँ शृङ्खलामा सिर्जना,संवाद , विमर्श ,कविता वाचन तथा ज्योमोलाङ्मा' सार्वजनिकीकरण प्रज्ञा-प्रतिष्ठानको देवकोटा सभाकक्षमा भव्यतापूर्वक सम्पन्...

खाइराइड हास्यव्यङ्ग्य निबन्ध प्रतियाेगिता पुरस्कार समर्पण

मिडियाबाजी डटकम,काठमाडाैँ, २०८२ पुस १३ । नेपाली हास्यव्यङ्ग्य साहित्यको उन्नयन र विकासका लागि हास्यव्यङ्ग्यकार राजेन्द्र कार्कीद्वारा स्थापना गरिएको ‘खाइराइड हास्यव्यङ्ग्य पुरस्कार‘ २०८२ विशेष समाराेहकाे आयाेजना गरी समर्पण गरियाे । 

राहुलको नयाँ अध्याय लोकार्पण

©निशेष आङ्देम्बे

    गजलकार राहुल शंकरकृत गजल सङ्ग्रह 'नयाँ अध्याय' लोकार्पण भएको छ । 'द मार्जिन'ले प्रकाशनमा ल्याएको उक्त कृति ...

प्रज्ञा-प्रतिष्ठान सामाजिकशास्त्र वार्षिक सङ्गोष्ठी शोधमूलक लेख/रचना आह्वान

प्राज्ञ चेतनाथ धमला 

   काठमाडौँ। ‘सबै भाषा सबै ज्ञान, सबैको प्रज्ञा प्रतिष्ठान’ भन्ने मूल सन्देशका साथ नेपाल प्रज्ञा–प्रतिष्ठानले प्राज्ञिक कार्यहरू गर्दै आएको छ । नेपाली समाज बहुभाषिक–बहुसांस्कृतिक, भौगोलिक विविधता तथा बहुलत...

हङकङको किनाराबाट गोधूलिको किनारा

© राजकुमार राई हङकङ

मिडियाबाजी डटकम काठमाडौँ, मंसिर १०। हङकङको किनाराबाट धेरै कविताहरू लेखिएका छन् ।

बहुराष्ट्रिय भाषा संस्कृति बोकेर बसेको बहुटापुहरू...