जनमत सम्मानद्वारा प्रतिभा सम्मानित : जेनजी विद्रोहद्वारा पुरानो संस्कृतिको विनिर्माण तथा नयाँ युगको थालनी' -कुलपति राई
चेतनाथ धमला
मिडियाबाजी डटकम काठमाडौँ,पौष १ । जनमत वाङ्मय प्रतिष्ठान नेपालले आफ्नो वार्षिकोत्सबको पहिलोचरणको सम्मान कार्यक्रम आयोजना गरेको थियोे । प्रमुख अतिथि नेपाल प्रज्ञा-प्रतिष्ठानका कुलपति भूपाल राईले पानसमा बत्ती बालेर कार्यक्रमको समुद्घाटन गर्दै दीपा-जनमत सम्मान निर्मोही व्यास (बारा) ,‘गणेश खिलकुमारी दुवाल–जनमत सम्मान’, श्याम तमोट (भोजपुर), ‘केवलपुरे–जनमत सम्मान’ खेमराज निरौला (ताप्लेजुङ), ‘जनमत–महेन्द्रलाल कलाकार सम्मान’ ज्ञानेन्द्र विवश (खोटाङ) ,‘कमला सैँजू–जनमत सम्मान’ मोतिशोभा श्रेष्ठ (ललितपुर), ‘जनमत–राजभाइ सहयात्री सम्मान’ कृष्णप्रसाद आचार्य (खोटाङ), ‘भारती–जनमत साहित्यिक पत्रकारिता सम्मान’ बाजुराम पौडेल (काठमाडौँ) र ‘जनमत–केदार-सुदर्शना बालसाहित्य सम्मान’ ज्योति अधिकारी (काठमाडौँ) लगायतका ८ जनालाई अर्पण गर्नुभएको थियो।
प्रमुख अतिथि राईले सम्मानले स्रष्टा सामाजिक रूपमा अनुमोदित हुने चर्चा गर्दै जनमत साहित्यिक पत्रकारिताको एक महत्त्वपूर्ण विरासत भएको बताउनु भएको थियोे । विशेष अतिथि मल्ल के सुन्दरले जेनजी विद्रोह के हो? भन्दै राईलाई प्रश्न गर्नुभएको थियोे ।त्यसको जवाफमा 'जेनजी विद्रोहले पुरानो संस्कृतिको विनिर्माण गर्दै नयाँ युगको थालनी' गरेकाले इतिहासमा यसको विशेष महत्त्व रहने बताउनुभएको थियोे ।त्यसैले प्रश्नै प्रश्नले भरिएको सङ्घीय गणतान्त्रिक व्यवस्थाभित्र सांस्कृतिक पुनर्जागरणको युग आएको बताउँदै सबै मातृभाषाहरूलाई राज्यले समान व्यवहार गर्नुपर्ने उहाँले धारणा राख्नुभएको थियोे ।
विशिष्ट अतिथि सङ्घीय प्रतिनिधि सभाका उपसभामुख इन्दिरा रानाले आफ्नो गीति रचना प्रस्तुत गर्दै जनमतले साहित्यिक क्षेत्रमा उल्लेखनीय योगदान गरेको चर्चा गर्नुभएको थियोे ।
विशेष अतिथि पूर्व सांसद तथा नेपालभाषा एकेडेमीका चान्सलर मल्ल के सुन्दरले जनमत साहित्यिक क्षेत्रको जिउँदो धरोहर भएको उल्लेख गर्दै जनमतले चारदशक लामो इतिहासमा निरङ्कुश पञ्चायती व्यवस्थाविरुद्धको लडाइँ लडेको प्रसङ्ग कोट्याउँदै साहित्यिक क्षेत्रमा युगबोधको भूमिका निर्वाह गरेको बताउनुभएको थियोे।उहाँले कुनै पनि शास्त्रीय रुढीबादीविरुद्ध उभिएको प्रगतिवादी सांस्कृतिक अभियान 'राल्फा'को प्रसङ्ग झिक्दै कुलपति राईलाई जेनजी विद्रोह केहो ? यो विद्रोह प्रगतिवादी हो कि विनिर्माणवादी हो ? अब हामी बाँचेको युगको पहिचान के हुने हो ?यस बारे प्राज्ञिक व्यक्तित्वहरूले निरुपण गर्नुपर्ने भन्दै कुलपति राईलाई एक प्रश्न गर्नुभएको थियोे ?
सभाध्यक्ष तथा नेपाल साहित्यिक पत्रकार सङ्घका केन्द्रीय अध्यक्ष एवम् जनमत बाङ्मय प्रतिष्ठानका अध्यक्ष मोहन दुवालले जनमतले भाषिक ,सांस्कृतिक र वर्गीय क्षेत्रमा कुनै विभेद,अाग्रह र पूर्वाग्रह नगर्ने बताउँदै सबै पक्षका स्रष्टालाई समेटेर एकसाथ अघि बढ्ने बताउनु भएको थियोे।उहाँले गन्धा राजनीतिका कारण देश जलेर जीर्ण हुँदा पनि कैयन् नेताहरू सचेत हुन नसकेकामा दु:ख व्यक्त गर्दै "देश जलेको" शीर्षकमा कविता वाचन गर्नुभएको थियोे ।
विशेष अतिथि नेपाल साहित्यिक पत्रकार सङ्घका उपाध्यक्ष तथा दायित्व वाङ्गमय प्रतिष्ठानका अध्यक्ष रामप्रसाद पन्तले सम्मानित प्रतिभाको व्यक्तित्वमाथि प्रकाश पार्नुभएको थियोे।
सम्मानित व्यक्तित्व नियात्राविद् निर्मोही व्यास र खेमराज निरौलाको मनतव्यका साथै जनवादी गायक श्याम तमोटले गीत प्रस्तुत गर्नुभएको थियोे। स्वागत मनतव्य संस्थाका सचिव सिर्जना दुवालले गर्नुभएको थियोे । कार्यक्रमको उद्घोषण जनमत बाटिकाका संयोजक राजु सरकारले गर्नुभएको थियो ।
एक्सप्रेस
सम्बन्धित खबर
मातृका पोखरेलको कथा संग्रह ‘मलाई पनि निद्रा लागेन’ सार्वजनिक
काठमाण्डौँ । साहित्यकार मातृका पोखरेलको नयाँ कथा संग्रह ‘मलाई पनि निद्रा लागेन’ शुक्रबार काठमाडौँमा आयोजित विशेष कार्यक्रममा सार्वजनिक गरिएको छ । वरिष्ठ साहित्यकार नगेन्द्रराज शर्माको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा नेपाल स्रष्टा समाजका अध्य...
'मातृभाषा राष्ट्रिय कविता महोत्सव २०८२' सम्पन्न
प्राज्ञ चेतनाथ धमला
काठमाडौँ। नेपाल प्रज्ञा-प्रतिष्ठानले अन्तर्राष्ट्रिय मातृभाषा दिवस -२०२६को आयोजना गरेको थियोे। कार्यक्रमको सुरुमा काठमाडौँको कमलादी, घण्टाघर ,रत्नपार्क र दरबारमार्ग लगायतका स्थानको परिक्रमा विभिन्न जनजाति र मातृभाषा...
रहेनन् वरिष्ठ कलाकार सुनिल थापा
काठमाडौँ । वरिष्ठ कलाकार सुनिल थापाको निधन भएको छ ।
आज बिहान हृदयघातका कारण थापाथलीस्थित नर्भिक अस्पतालमा उनको निधन भएको चलचित्र कलाकार संघका अध्यक्ष मोहन निरौलाले मिडियाबाजीलाई जानकारी दिए ।
थापा लामो समयदेखि नेपाली...
प्रज्ञा-प्रतिष्ठानका आजीवन सदस्यले अब दोहोरो सुविधा भत्ता नपाउने
काठमाडौँ । नेपाल प्रज्ञा-प्रतिष्ठानको वर्तमान प्राज्ञ परिषद्का कुलपति भूपाल राईको अध्यक्षतामा २०७९ साल फागुन ११ गते बसेको बैठकले प्रज्ञा-प्रतिष्ठानका आजीवन सदस्यले लिइरहेको दोहोरो भत्ता रोक्ने निर्णय गरेको थियोे। ...
भक्तपुरमा मुक्तक लेखन तथा वाचन कार्यक्रम सम्पन्न !
• दुर्बिन शर्मा 'विवेक'
भक्तपुर ।मुक्तकसागर र प्रोक्सिमा इन्टरनेसनल एकेडेमीको संयुक्त आयोजनामा विद्यार्थीहरूबिच मुक्तक लेखन तथा वाचन प्रतियोगिता कार्यक्रम सम्पन्न भएको छ।
कार्यक्रमको सञ्चालन एकेडेमीका रा...
कुलपति भूपाल राईद्वारा धरान स्रष्टा पार्कको समूद्घाटन र १३ जना सष्टाको प्रतिमा अनावरण
प्राज्ञ चेतनाथ धमला
धरान,चैत्र १३ गते, शुक्रबार। सुनसरीस्थित
धरान उपमहानगरपालिका वडा नं १३ मा निर्माण गरिएको स्रष्टा पार्क नेपाल प्रज्ञा- प्रतिष्ठानका कुलपति भूपाल राईले एक समारोहबिच समुद्घाटन तथा प्रतिमा अनाव...



