बुधबार, ३१ असार २०८३
नेपाली

नेप्सेमा दोहोरो अंकको गिरावट, ४ अर्ब ५७ करोडको कारोबार

Main News Image

काठमाडौँ । साताको पाँचौ कारोबार दिन नेप्से परिसूचक १०.६६ अंकले घटेर २६१५.०३ को विन्दुमा कायम भएको छ । आज दिनभरिमा ३२९ कम्पनीको १ करोड १२ लाख ९१ हजार ४०१ कित्ता सेयर किनबेच हुँदा ४ अर्ब ५७ करोड ७८ लाखको सेयर कारोबार भएको छ । आज ६३ कम्पनीको सेयर मूल्य बढ्दा १९४ कम्पनीको सेयर मूल्य घटेको छ भने २ कम्पनीको मूल्य स्थिर रहेको छ ।

आज बाराही हाइड्रोको सर्वाधिक २४ करोड ७२ लाख रुपैयाँको कारोबार भएको छ । दोस्रोमा राधी विद्युतको १८ करोड ३५ लाख रुपैयाँ र तेस्रोमा बुटवल पावर कम्पनीको १६ करोड १० लाख रुपैयाँको सेयर कारोबार भएको छ । यसदिन २ कम्पनीका लगानीकर्ताले सर्वाधिक कमाएका छन् । आज स्वस्तिक लघुवित्त र एसवाई प्यानलका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका हुन् । यस्तै, सिन्धु विकास बैंकका लगानीकर्ताले ९.५६ प्रतिशतका दरले कमाएका छन् । बाराही हाइड्रोका लगानीकर्ताले आज सर्वाधिक ४.७६ प्रतिशतका दरले गुमाएका छन् ।


mediabaaji add

सम्बन्धित खबर

जनउत्थान लघुवित्तले यो वर्ष पनि लाभांश वितरण नगर्ने

काठमाडौँ । जनउत्थान सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई लाभांश वितरण नगर्ने भएको छ ।

यही पुस २६ गते बसेको लघुवित्त सञ्चालक समितिको बैठकले लाभांश वितरण नगर्ने र सोही अनुसारको वित्तीय विवरण स्वी...

कात्तिक महीनामा वाणिज्य बैंकहरूको ब्याजदर घट्यो, कुनले कति दिन्छन् ?

काठमाडौँ । वाणिज्य बैंकहरूले कात्तिक महीनाका लागि प्रकाशित गरेको ब्याजदर अनुसार निक्षेपको अधिकतम औषत ब्याजदर घटेको देखिएको छ । असोज महीनामा व्यक्तिगततर्फ अधिकतम औषत ब्याजदर ५.४६ प्रतिशत रहेकोमा कात्तिक महीनामा व्यक्तिगततर्फ अधिकतम औषत ब्याजदर ०.२६...

विनिमय दर : डलर, युरो र पाउन्डको मूल्य बढ्यो, कुन मुद्रा कतिमा हुँदैछ खरिद-बिक्री ?

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज आइतबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारित विनिमयदरअनुसार अमेरिकी डलर एकको खरिददर १५१ रुपैयाँ ५६ पैसा र बिक्रीदर १५२ रुपैयाँ १६ पैसा तोकिएको छ ।

यस्तै, युरोपियन युरो एकको खरिददर १७८...

चालू आवमा आर्थिक वृद्धिदर ३.८५५ मा सीमित हुने प्रक्षेपण

काठमाडौँ । चालु आर्थिक वर्ष २०८२/८३ मा नेपालको आर्थिक वृद्धिदर ३.८५ प्रतिशत रहने प्रक्षेपण गरिएको छ । राष्ट्रिय तथ्यांक कार्यालयले मंगलबार सार्वजनिक गरेको राष्ट्रिय लेखा तथ्यांकअनुसार यस वर्ष अर्थतन्त्रको आकार करिब ६६ खर्ब रुपैयाँ पुग्ने अनुमान छ...

अन्तरदेशीय प्रसारण लाइनको लाभ प्राधिकरणले पनि पाउने ऊर्जा मन्त्रालयको दाबी

काठमाडौँ । सरकारले नेपाल र भारतबिच निर्माण हुने अन्तरदेशीय प्रसारण लाइनबाट प्राप्त हुने लाभ नेपाल विद्युत् प्राधिकरणले पनि प्राप्त गर्ने स्पष्ट पारेको छ । नेपाल–भारतबिच इनरुवा–पूर्णीया र दोदोधारा–बरेल...

राष्ट्र बैंकले ४२ अर्ब सरकारलाई उपलब्ध गराउने

काठमाडौँ । नेपाल राष्ट्र बैंकको सम्पत्ति तथा दायित्व २६ खर्ब २३ करोड ९५ लाख ४० हजार बराबरको पुगेको छ । आर्थिक वर्ष २०८१र८२ को प्रतिवेदनअनुसार, २०८२ असार मसान्तको वित्तीय स्थितिमा २९ दशमलव २३ प्रतिशतले वृद्धि भएको छ । क...