बिहिबार, ३२ असार २०८३
नेपाली

प्रथम युनिभर्सल अन्तर्राष्ट्रिय कराँते प्रतियोगितामा रुवी भ्यालीलाई अनुशासित अवार्ड, पाँच स्वर्णसहित ऐतिहासिक सफलता

Main News Image

काठमाडौँ । काठमाडौँमा सम्पन्न प्रथम युनिभर्सल अन्तर्राष्ट्रिय कराँते प्रतियोगिता–२०८२ मा धादिङको रुवी भ्याली गाउँपालिकाका खेलाडीहरूले उत्कृष्ट प्रदर्शन गर्दै अनुशासित अवार्ड हात पारेका छन् । पुस ४ देखि ६ गतेसम्म सञ्चालन भएको उक्त प्रतियोगितामा रुवी भ्यालीका खेलाडीहरूले ५ स्वर्ण, ४ रजत र ४ कास्य पदक जित्दै गाउँपालिकाको गौरव बढाएका हुन् ।
प्रतियोगितामा प्रसान्त तामाङ, खुशी तामाङ, सुस्मा रानी घले र विशाल घलेले स्वर्ण पदक जित्न सफल भएका छन् । यसैगरी कृष्ण माया तामाङ, जोशीला तामाङ, रोहन तामाङ र दनेश तामाङले रजत पदक प्राप्त गरेका छन् भने अनुस्का तामाङ, मानभ तामाङ, रन्जना तामाङ र सोहन तामाङले कास्य पदक जितेका छन् ।
रुवी भ्याली गाउँपालिकाका खेलाडीहरूले यसअघि पनि विभिन्न अन्तर्राष्ट्रिय कराँते प्रतियोगितामा स्वर्ण पदक जित्दै आएको उल्लेख गर्दै आयोजकले यसपटक पनि उनीहरूको अनुशासन, खेल भावना र उत्कृष्ट प्रदर्शनको कदरस्वरूप अनुशासित अवार्ड प्रदान गरिएको जनाएको छ ।
प्रतियोगितामा उपस्थित रुवी भ्याली गाउँपालिकाका अध्यक्ष रामसिंह तामाङले खेलाडीहरूको सफलताप्रति खुशी व्यक्त गर्दै, “सीमित स्रोतसाधनका बाबजुद पनि रुवी भ्यालीका खेलाडीहरूले अन्तर्राष्ट्रिय स्तरमा गाउँपालिकाको नाम उजागर गरिरहेका छन् । यो हाम्रो लागि गर्वको विषय हो । खेल क्षेत्रको विकासका लागि गाउँपालिका निरन्तर साथ र सहयोगमा रहने बताए ।”
त्यसैगरी कराँते प्रशिक्षकद्वय सेर्तुङ डोजोका ओम बहादुर तामाङ, लापा डोजोका सन्देश घले र तिप्लिङ डोजोका रोशन घलेको भनाइ अनुसार खेलाडीहरूको मेहनत र अनुशासन नै सफलताको मुख्य आधार भएको बताउँदै, “खेलाडीहरूले निरन्तर अभ्यास, अनुशासन र आत्मविश्वासका साथ प्रतिस्पर्धा गरे । त्यसकै परिणामस्वरूप पाँचवटा स्वर्ण पदकसहित अनुशासित अवार्ड प्राप्त गर्न सफल भएको बताए ।”
प्रतियोगितामा प्राप्त सफलताले रुवी भ्याली गाउँपालिकामा खेलकुदप्रति थप उत्साह बढाएको छ भने स्थानीय तहबाट खेलाडी उत्पादन र प्रोत्साहनमा थप बल पुग्ने अपेक्षा गरिएको छ ।

mediabaaji add

सम्बन्धित खबर

विश्वकप ग्लोबल छनोटः नेपाल थाइल्याण्डसँग पराजित

काठमाडौँ । आइसिसी महिला टी २० विश्वकप ग्लोबल छनोटको उद्घाटन खेलमा नेपाल थाइल्याण्डसँग आठ विकेटले पराजित भएको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा आज भएको खेलमा नेपालले दिएको एक सय २३ रनको लक्ष्य पछ्याएको थाइल्याण्डले १६ दशमलव पाँच ओभरमा दुई व...

एनपिएलः आज विश्राम,भोलि दुई खेल हुने

काठमाडौँ । राजधानीमा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग एनपिएल अन्तर्गत आज विश्राम दिइएको छ । भोलि मङ्गलबार भने दुई खेल राखिएका छन् । त्रिभुवन विश्वविद्यालय अन्तरराष्ट्रिय क्रिकेट रङ्गशाला, कीर्तिपुरमा बिहान ११ः४...

विश्वकप छनोट : आज ओमानविरुद्ध भिड्दै नेपाल

ओमानमा जारी आइसीसी पुरुष टी-२० विश्वकपको एसिया र इस्ट एसियाप्यासिफिक क्षेत्रको छनौट प्रतियोगिता अन्तर्गत सुपर सिक्सको तेस्रो खेलमा...

महिला गोल्डकपमा उद्घाटन खेल जितेर पुलिस फाइनलमा, विजेतालाई पाँच लाख

कास्की । देशको पर्यटकीय राजधानी पोखरामा शुक्रबारदेखि महिला गोल्डकप फुटबल प्रतियोगिता शुरू भएको छ । यो प्रतियोगिता पोखरामा आयोजना भएको महिलाको पहिलो प्रतियोगिता हो ।

आरएस पोखरा फुटबल क्लबको आयोजनामा पोखरा रङ्गशालामा सञ्चालन भएको प्रतियोगिताको...

आईसीसीले स्कटल्यान्डलाई दियो मौका, बंगलादेश विश्वकपबाट बाहिर

काठमाडौँ । स्कटल्यान्ड आईसीसी टी–२० वरीयतामा १४औँ स्थानमा छ । र, अघिल्लो विश्वकपमा स्कटल्यान्डको प्रदर्शन राम्रो थियो । सन् २०२१ को विश्वकपमा स्कटल्यान्डले बंगलादेशलाई नै हराएको थियो । सोही प्रदर्शनका आधारमा स्कटल्यान्डलाई मौका दिइएको हो । स्कटल्य...

इंग्ल्यान्डविरुद्ध पहिलो खेल खेल्दै नेपाल

काठमाडौँ । आईसीसी टी-२० पुरुष विश्वकप क्रिकेटको पहिलो खेलमा आज नेपालले इंग्ल्यान्डसँग प्रतिस्पर्धा गर्दैछ । भारत र श्रीलंकाले संयुक्त रुपमा आयोजना गरेको आईसीसी टी-२० विश्वकप क्रिकेट २०२६ को पहिलो खेलमा आइतबार नेपालले...