भरतपुर महानगरमा धाउँदा धाउँदा थकित धुर्मुसले भने : अब फर्केर आउँदिन
चितवन । कलाकार सीताराम कट्टेल धुर्मुसले भरतपुर महानगरपालिकाले आफूलाई धोका दिएको बताएका छन् । चितवनस्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणबाट हात झिकेका धुर्मुसलाई महानगरले दिनुपर्ने रकम नदिएर हैरान बनाएपछि उनले अब त्यहाँ नजाने बताएका हुन् । ‘धुर्मुस’ले भावुक हुँदै भने, ‘म सहनशील मान्छे हुँ, धेरै सहेँ। भरतपुरबासीसँग मेरो कुनै दुःख–गुनासो छैन। तर भरतपुर महानगरपालिकासँग मेरो स्पष्ट सम्झौता थियो। त्यसरी नै मलाई बिदा गरिन्छ भन्ने थियोे । तर पाँच वर्षसम्म पनि उपाय आएन। भरतपुरबासीसँग फेरि भेट होला, तर महानगर कार्यालयमा आजको यो भेट नै अन्तिम हो। अब आउदिन ।’
धुर्मुस–सुन्तली फाउन्डेसनले निर्माण सुरु गरेको गौतम बुद्ध रंगशालामा करिब १८ करोड रुपैयाँ तिर्न बाँकी रहेको सरकारी प्रतिवेदनले देखाएको छ । सरकारले भरतपुर महानगरमार्फत १५ करोड रुपैयाँ भुक्तान दिने घोषणा गरिसकेको छ । तर, महानगरले धुर्मुसलाई बारम्बार धाउँदासमेत कागजपत्र नपुगेको भन्दै फर्काइदिने गरेको छ । रंगशाला निर्माणको परियोजनामा डुबेका धुर्मुस मानसिक रुपमा विक्षिप्त छन् । उनकी एकमात्र छोरी दीर्घरोगी छन् ।
यस्तो अवस्थामा उनकी पत्नी कुञ्जना घिमिरेले आफूले धुर्मुसलाई अहिलेसम्म लतार्दै बचाएर ल्याएको भन्दै अब बचाउने जिम्मा जनताको भएको बताएकी छन् ।
एक्सप्रेस
सम्बन्धित खबर
काठमाडौँ महानगरमा वैशाख १५ देखि शैक्षिक सत्र ०८३ शुरू हुने
काठमाडौँ । काठमाडौँ महानगरपालिकाले आगामी शैक्षिक सत्र २०८३ को पठनपाठन तथा सम्पूर्ण शैक्षिक गतिविधि वैशाख १५ गतेदेखि सञ्चालन गर्ने निर्णय गरेको छ । महानगरपालिकाको शिक्षा विभागले वैशाख १० गते एक सूचना जारी गर्दै महानगरभित्रका सबै विद्यालयलाई उ...
हेटौंडा बजारमा सडक विस्तार सुरु, यातायात व्यवस्थापन सहज बनाउन वैकल्पिक रुट लागू गरिने
हेटौंडा । पूर्वपश्चिम राजमार्ग तथा त्रिभुवन राजपथअन्तर्गत हेटौंडा बजार क्षेत्रमा सुरु भएको सडक विस्तारका कारण यातायात व्यवस्थापन सहज बनाउन वैकल्पिक रुट लागू गरिने भएको छ । सडक डिभिजन कार्यालय हेटौंडाले मुख्य बजार क्षेत...
१६ वर्षपछि कालीगण्डकी बेसीनमा दुर्लभ पन्छी चिरकालिजको संख्या १८ जोडी
म्याग्दी । कालीगण्डकी नदी आसपासको उच्च पहाडी क्षेत्रमा दुर्लभ पन्छी चिरकालिजको सङ्ख्या बढेको छ । नेपाल पन्छीविद् सङ्घले गरेको अध्ययनअनुसार १६ वर्षअघिको तुलनामा यस वर्ष चिरकालिजको सङ्ख्या बढेको हो । सङ्घले हालै मुुस्ताङ...
रामेछापमा यात्रुवाहक सुमो दुर्घटना, यात्रुको अबस्था कस्तो छ ?
रामेछाप । रामेछापको खाँडादेवी गाउँपालिका–६ माकादुममा सोमबार बिहान एक यात्रुवाहक सुमो दुर्घटनामा परेको छ । खाँडादेवी ७ टिमुबाट यात्रु लिएर काठमाडौँतर्फ जाँदै गरेको बाप्र ०८(००१ ज ०२२४ नम्बरको सुमो दुर्घटनाग्रस्त भएको हो । दुर्घटनामा चालकसहित कुल ६...
आजदेखि सुरु हुँदै कक्षा १२ को परीक्षा, गत वर्षभन्दा ९३ हजार घटे विद्यार्थी
काठमाण्डौँ । माध्यामिक तह कक्षा १२ को अन्तिम परीक्षा आज सोमबारदेखि सुरु हुँदै छ । राष्ट्रिय परीक्षा बोर्डले सञ्चालन गर्ने परीक्षामा देशभरका ४ लाख १८ हजार ८ सय परीक्षार्थी सहभागी हुँदै छन् । बोर्डका अनुसार नियमिततर्फ ३ लाख ३२ हजार १ सय ७८ र आंशिकतर...
पशुपतिमा आएका नागा बाबासहित साधुसन्तलाई बिदाइ गरिँदै
काठमाडौँ । महाशिवरात्रिको उपलक्ष्यमा पशुपतिनाथको दर्शनका लागि आएका नागा बाबालगायत साधुसन्तलाई आज दान दक्षिणासहित बिदाइ गरिने भएको छ। महाशिवरात्रिका लागि फागुन कृष्ण एकादशीका दिन पशुपतिमा आएका साधुसन्तलाई गुठी संस्थान र पशुपति क्षेत्र विकास कोषले फ...



