कान्छारामसहित ९ निर्माण कम्पनीलाई कालोसूचीमा राख्ने निर्णय
काठमाण्डौँ । सार्वजनिक खरिद अनुगमन कार्यालयले कान्छाराम कन्स्ट्रक्सन कम्पनी प्रालि सहित ९ वटा निर्माण व्यवसायी तथा आपूर्तिकर्तालाई कालोसूचीमा राख्ने निर्णय गरेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयअन्तर्गत रहेको कार्यालयले विभिन्न सार्वजनिक निकायको सिफारिसका आधारमा सार्वजनिक खरिद ऐन, २०६३ को दफा ६३ को उपदफा १ बमोजिम कालोसूचीमा राख्ने निर्णय भएको बिहीबार एक सूचनामार्फत जानकारी गराएको छ ।
सूचना प्रकाशित भएको मितिदेखि लागू हुने गरी कालोसूचीमा परेका निर्माण व्यवसायी तथा आपूर्तिकर्ताहरूले तोकिएको अवधिभर कुनै पनि सार्वजनिक निकायको खरिद कारबाहीमा भाग लिन नपाउने जनाइएको छ ।
कालोसूचीमा परेकामध्ये कान्छाराम कन्स्ट्रक्सन कम्पनी प्रा।लि।लाई १ वर्षका लागि कालोसूचीमा राखिएको छ । त्यस्तै क्यापिटल इन्टरप्राइजेजलाई ६ महिनाका लागि कालोसूचीमा राखिएको छ ।
आर्टिक कन्ट्रक्सन र ग्रीन वर्ल्ड कन्स्ट्रक्सनलाई १–१ वर्षका लागि कालोसूचीमा राखिएको छ । यस्तै अग्रिम–लङभिजन–धनलक्ष्मी जे।भी। अन्तर्गतका निर्माण कम्पनीहरूलाई ६ महिनादेखि १ वर्षसम्मका लागि कालोसूचीमा राखिएको छ । मार्सेली निर्माण सेवालाई पनि १ वर्षका लागि कालोसूचीमा राखिएको कार्यालयले जनाएको छ ।
सार्वजनिक खरिद अनुगमन कार्यालयका अनुसार कालोसूचीमा परेका कम्पनीहरूले तोकिएको अवधिभर सार्वजनिक निकायसँग सम्बन्धित कुनै पनि ठेक्का, आपूर्ति वा परामर्श सेवामा सहभागिता जनाउन नपाउने सूचनामा उल्लेख छ ।
एक्सप्रेस
सम्बन्धित खबर
बिहीबार ५९०० रुपैयाँले बढ्यो सुनको मूल्य, चाँदीमा पनि भारी वृद्धि
काठमाडौँ ।नेपाली बजारमा बिहीबार सुनचाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको सुनको मूल्य तोलामा ५ हजार ९०० रुपैयाँले बढेको हो । यससँगै बिहीबार छापावाल सुनको मूल्य तोलामा २ लाख ५० हजार २००...
आज सामान्य अंकले बढ्यो नेप्से, ८ अर्ब २२ करोडमा झर्यो कारोबार
काठमाडौँ । साताको दोस्रो कारोबार दिन नेप्से परिसूचक १.५३ अंकले बढेर २६९५.७३ को विन्दुमा कायम भएको छ । आज दिनभरिमा ३३० कम्पनीको १ करोड ७५ लाख ७ हजार ७७६ कित्ता सेयर किनबेच हुँदा ८ अर्ब २२ करोड ३९ लाखको सेयर कारोबार भएको छ । आज ११४ कम्पनीको से...
नेप्सेमा ८.९७ अंकको वृद्धि, ११ अर्ब १० करोड माथिको कारोबार
काठमाडौँ । साताको पाँचौ कारोबार दिन नेप्से परिसूचक ८.९७ अंकले बढेर २६७१.०७ को विन्दुमा कायम भएको छ । आज दिनभरिमा ३३७ कम्पनीको २ करोड ७७ लाख ८० हजार ५८४ कित्ता सेयर किनबेच हुँदा ११ अर्ब १० करोड २५ लाखको सेयर कारोबार भएको छ । आज १३८ कम्पनीको स...
काठमाडौंमा १८ गतेदेखि रात्रिकालीन व्यवसाय बन्द
काठमाडौँ । काठमाडौंमा फागुन १८ गतेदेखि राति ९ बजेपछि रात्रिकालीन व्यवसाय गर्न बन्देज लगाइएको छ । जिल्ला प्रशासन कार्यालय काठमाडौंले फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनलाई मध्यनजर गर्दै रात्रिकालीन व्यवसाय सञ्चालनमा बन्देज लगाएको हो।
...सोमबारदेखि नेप्सेमा नयाँ नियम, सेयर मूल्य एकै दिन १५ प्रतिशतसम्म घटबढ
काठमाडौँ । अब सेयर मूल्य एकैदिन १५ प्रतिशतसम्म घटबढ हुनसक्ने भएको छ । नेपाल धितोपत्र बोर्ड सेवोनबाट ‘धितोपत्र कारोबार सञ्चालन चौथो संशोधन विनियमावली, २०८२’ स्वीकृत भएसँगै नेप्सेले यो नयाँ व्यवस्था कार्यान्वयनमा ल्याउन लागेको हो ।
सोमबारबाट ल...
दोस्रो आर्थिक गणना, देशभरिका गणकलाई आजदेखि पाँचदिने तालिम
काठमाडौँ । राष्ट्रिय तथ्याङ्क कार्यालयले सञ्चालन गर्न लागेको दोस्रो राष्ट्रिय आर्थिक गणना, २०८२ का लागि छनोट भएका गणकका लागि पाँचदिने तालिम कार्यक्रम आजदेखि देशभर एकैसाथ सुरु हुँदैछ । आर्थिक गतिविधिहरूको वास्तविक अवस्था, स्वरूप तथा संरचना पहिचान ग...


