बिहिबार, ३२ असार २०८३
नेपाली

कान्छारामसहित ९ निर्माण कम्पनीलाई कालोसूचीमा राख्ने निर्णय

Main News Image

काठमाण्डौँ । सार्वजनिक खरिद अनुगमन कार्यालयले कान्छाराम कन्स्ट्रक्सन कम्पनी प्रालि सहित ९ वटा निर्माण व्यवसायी तथा आपूर्तिकर्तालाई कालोसूचीमा राख्ने निर्णय गरेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्‌को कार्यालयअन्तर्गत रहेको कार्यालयले विभिन्न सार्वजनिक निकायको सिफारिसका आधारमा सार्वजनिक खरिद ऐन, २०६३ को दफा ६३ को उपदफा १ बमोजिम कालोसूचीमा राख्ने निर्णय भएको बिहीबार एक सूचनामार्फत जानकारी गराएको छ । 

सूचना प्रकाशित भएको मितिदेखि लागू हुने गरी कालोसूचीमा परेका निर्माण व्यवसायी तथा आपूर्तिकर्ताहरूले तोकिएको अवधिभर कुनै पनि सार्वजनिक निकायको खरिद कारबाहीमा भाग लिन नपाउने जनाइएको छ ।

कालोसूचीमा परेकामध्ये कान्छाराम कन्स्ट्रक्सन कम्पनी प्रा।लि।लाई १ वर्षका लागि कालोसूचीमा राखिएको छ । त्यस्तै क्यापिटल इन्टरप्राइजेजलाई ६ महिनाका लागि कालोसूचीमा राखिएको छ ।

आर्टिक कन्ट्रक्सन र ग्रीन वर्ल्ड कन्स्ट्रक्सनलाई १–१ वर्षका लागि कालोसूचीमा राखिएको छ । यस्तै  अग्रिम–लङभिजन–धनलक्ष्मी जे।भी। अन्तर्गतका निर्माण कम्पनीहरूलाई ६ महिनादेखि १ वर्षसम्मका लागि कालोसूचीमा राखिएको छ ।  मार्सेली निर्माण सेवालाई पनि १ वर्षका लागि कालोसूचीमा राखिएको कार्यालयले जनाएको छ ।

सार्वजनिक खरिद अनुगमन कार्यालयका अनुसार कालोसूचीमा परेका कम्पनीहरूले तोकिएको अवधिभर सार्वजनिक निकायसँग सम्बन्धित कुनै पनि ठेक्का, आपूर्ति वा परामर्श सेवामा सहभागिता जनाउन नपाउने सूचनामा उल्लेख छ । 

mediabaaji add

सम्बन्धित खबर

युरो र पाउन्डको मूल्य घट्यो, अस्ट्रेलियन डलर र बहराइन दिनार महँगिए

काठमाण्डौँ । नेपाल राष्ट्र बैंकले आज शुक्रबारका लागि विदेशी मुद्राहरूको विनिमयदर निर्धारण गरेको छ । आज अमेरिकी डलर र कुवेती दिनारको विनिमयदर स्थिर रहँदा बहराइन दिनार, अस्ट्रेलियन डलरसहितका मुद्रा महँगिएका छन्। तर युरो, पाउन्डसहितका मुद्राको मूल्य...

अस्ट्रेलियन डलर, युरो र पाउन्ड महँगिए, अमेरिकी डलरको मूल्य घट्दा

काठमाण्डौँ । नेपाल राष्ट्र बैंकले आज शुक्रबारका लागि विदेशी मुद्राहरूको विनिमयदर निर्धारण गरेको छ । आज अमेरिकी डलर, कुवेती र बहराइन दिनारसहित केही मुद्राको भाउ घटेको छ। तर, अस्ट्रेलियन डलर, युरो, पाउन्डसहितका मुद्राको मूल्य भने बढेको छ । 

...

काठमाडौँ ढाका नियमित उडान गर्ने तयारी

काठमाडौँ । नेपाल वायु सेवा निगमले निकट भविष्यमै काठमाडौंदेखि बंगलादेशको राजधानी ढाकासम्म सिधा उडान गर्ने तयारी गरेको छ । निगमले आवश्यक तयारी थालेको र त्यसका लागि सम्भाव्यता अध्ययन उपसमिति गठन गरी आवश्यक कार्य भइरहेको जनाएको छ । छिमेकी देश भए पनि ब...

नौ महिनामा विकास खर्च २३.५८ प्रतिशत मात्र

काठमाडौँ । चालु आर्थिक वर्ष २०८२/८३ का नौ महिनामा सरकारले करिब ५४ प्रतिशत बजेट खर्च गरेको छ । चालु आर्थिक वर्षका निम्ति सरकारले १९ खर्ब ६४ अर्ब रुपैयाँको बजेट ल्याएको थियो । त्यसमध्ये चैतसम्म सरकारले १० खर्ब ५९ अर्ब बजेट खर्च गरेको अर्थ मन्त्रालयअ...

सोमबार कुन विदेशी मुद्राको विनिमयदर कति ?

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारित विनिमयदर अनुसार अमेरिकी डलर एकको खरिददर १४३ रुपैयाँ ९७ पैसा र बिक्रीदर १४४ रुपैयाँ ५७ पैसा तोकिएको छ । यसैगरी युरोपियन युरो एकको खरिददर १६७ रुपैयाँ ५५...

सुनचाँदीको मूल्य घट्यो, प्रतितोला कति ?

काठमाडौँ । नेपाली बजारमा आइतबार सुनचाँदीको मूल्य घटेको छ । आज सुनको मूल्य तोलामा ६ हजार ९०० रुपैयाँ घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार छापावाल सुनको मूल्य तोलामा २ लाख ४२ हजार ८०० रुपैयाँ कायम भएक...