आशा भोसलेको निधन
काठमाण्डौँ । भारतीय संगीतकी महान् गायिका आशा भोसलेको ९२ वर्षको उमेरमा निधन भएको छ । केही महिनादेखि अस्वस्थ रहेकी उनलाई शनिबार मुटु र श्वासप्रश्वाससम्बन्धी समस्या देखिएपछि मुम्बईस्थित ब्रिच क्यान्डी अस्पतालमा भर्ना गरिएको थियो । गम्भीर अवस्थामा अस्पताल लगिएकी उनलाई शनिबार राति आईसीयूमा राखेर उपचार भइरहेको थियो ।
७ दशकभन्दा लामो संगीत यात्रामा उनले हजारौँ गीत गाएर भारतीय मात्र होइन, विश्व संगीतमा समेत गहिरो प्रभाव छोडेकी थिइन् । उनका गीतहरू पुस्तौँसम्म लोकप्रिय रहँदै आएका छन् । उनको निधनसँगै भारतीय संगीतले एउटा महत्वपूर्ण युग गुमाएको छ । गायिका भोसलेको निधनको खबर उनका छोरा आनन्दले आइतबार दिउँसो पुष्टि गरेका छन् । भारतीय संचारमाध्यमले पनि उनको निधनको खबर लेखेका छन् । उनको अन्त्येष्टि भोलि सोमबार गरिने परिवारले जनाएको छ ।
एक्सप्रेस
सम्बन्धित खबर
लोक गायक कमल बिके निर्मोहीको निधन
काठमाण्डौँ । लोकगायक तथा सञ्चारकर्मी कमल बिके निर्मोहीको निधन भएको छ । केही वर्षदेखि मिर्गौला सम्बन्धी समस्याका कारण अस्वस्थ उनको मंगलबार साँझ निधन भएको हो । गायिका कोमल वलीले सामाजिक सञ्जालमार्फत श्रद्धाञ्जली व्यक्त गर्दै निर्मोहीको निधनबारे जानक...
पशुपतिनाथ आरतीमा फिल्म प्रचार, सामाजिक सञ्जालमा विवाद
काठमाडौँ । पशुपतिनाथ मन्दिरको साँझको आरतीअघि फिल्म ‘आई एम जित बहादुर’को प्रचार गरिएको विषयले विवाद उत्पन्न गरेको छ । पुरुषोत्तम महिनाको अन्तिम दिन आयोजित आरतीमा फिल्मका कलाकारहरू जितु नेपाल, प्रियंका कार्की र वर्षा राउतसहितको टोली सहभागी भएको थियो...
यस्तो छ तीन चलचित्रको व्यापार
काठमाडौँ । दसैँको अवसर पारेर यही असोज १३ गतेदेखि प्रदर्शनमा आएका तीन चलचित्रले राम्रो व्यापार गरेका छन् ।
चलचित्र विकास बोर्डको ‘बक्सअफिस सिनेमा’का अनुसार यही असोज २३ गते मध्यरातिसम्म चलचित्र बलिदानले रु चार करोड ४२ लाख व्यापार...
गायिका नित्याशिवाले चुमिन् ओप्सना अवार्ड २०२५
मिडियाबाजी डटकम काठमाडौँ मंसिर ७।"ओप्सना फिल्म्स तथा म्युजिक अवार्ड २०२५" मा गायिका नित्याशिवा 'फिदा' चलचित्रको मुटुमै हान्यो मायाले गीतबाट अवार्ड चुम्न सफल भएकी छिन्।
उनले ओप्सना फ...
मोडल आँचल नाथ आत्महत्या प्रकरणमा पाँच जनाविरुद्ध मुद्दा दर्ता
काठमाडौँ । टिकटकर तथा मोडल आँचल नाथको मृत्यु प्रकरणमा पाँच जनाविरुद्ध आत्महत्या दुरुत्साहनको मुद्दा दायर गरिएको छ । जिल्ला प्रहरी परिसर, काठमाडौंले अनुसन्धानपछि पाँच जनाविरुद्ध मुद्दा दायर गरिएको जनाएको छ । जिल्ला अदाल...
प्रेमको स्पन्दन दिने चलचित्र ‘कुमारी’को दोस्रो गीत ‘तिमी बिना …’ सार्वजनिक
काठमाडौँ । प्रेम कथानक नेपाली चलचित्र ‘कुमारी’को दोस्रो गीत ‘तिमी बिना ‘’ सार्वजनिक गरिएको छ। केन्द्र मोसन पिक्चर्सबाट डिजिटल प्रिमियर गरिएको यो गीतमा केहर सिं लिम्बुको स्वर रहेको छ। यसमा शब्द सुमन तामाङको रहेको छ भने सङ्गीत सुमन र केहरको रहेको छ।...



