काठमाडौंका १० वटै क्षेत्रमा रास्वपाको ‘क्लिन स्वीप’ संकेत
काठमाडौँ । प्रतिनिधिसभा निर्वाचन २०८२ अन्तर्गत मतगणना जारी रहँदा काठमाडौंका सबै १० निर्वाचन क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका उम्मेदवारहरूले अग्रता लिएका छन्। प्रारम्भिक मतपरिणामले काठमाडौंमा रास्वपाको पक्षमा उल्लेखनीय लहर देखिएको छ ।
काठमाडौं–१ मा रास्वपाकी रञ्जु दर्शना अग्रस्थानमा छिन्। उनले १० हजार ५८१ मत प्राप्त गर्दा नेपाली कांग्रेसका प्रबल थापा क्षेत्रीले ४ हजार ७३३ मत पाएका छन्। राप्रपाका रवीन्द्र मिश्र २ हजार ७४४ मतसहित तेस्रो स्थानमा छन् ।
काठमाडौं–२ मा रास्वपाका सुनिल केसी ४२४ मतसहित अगाडि छन् भने नेकपा एमालेका मणिराम फुयाल २३६ मतसहित पछ्याइरहेका छन्। नेपाली कांग्रेसका कबिर शर्माले १८९ मत र राप्रपाकी कुन्तिदेवी पोखरेलले ५७ मत पाएका छन्।
काठमाडौं–३ मा रास्वपाका राजुनाथ पाण्डे ४,६४९ मतसहित अग्रस्थानमा छन्। उनलाई उज्यालो नेपाल पार्टीका कुलमान घिसिङ ३,३४१ मतसहित पछ्याइरहेका छन्। नेपाली कांग्रेसका रमेश अर्यालले १,४८१ मत र एमालेका रामेश्वर फुयालले ९४९ मत प्राप्त गरेका छन्।
एक्सप्रेस
सम्बन्धित खबर
मिराज नेतृत्वको जेनजी समूहको माइतीघरमा धर्ना !
काठमाडौँ । मिराज ढुंगाना नेतृत्वको जेनजी समूहले काठमाडौंको माइतीघरमा आन्दोलन जारी राखेका छन् ।
प्रधानमन्त्री सुशीला कार्की र गृहमन्त्री ओम प्रकाश अर्यालको राजीनामा माग गर्दैै अन्तरिम सरकारलाई दबाब दिन हिजो सोमबारदेखि उनीहरुले शान्तिपूर्ण आन...
संसद्को चालु अधिवेशन शुक्रबारदेखि अन्त्य हुने
काठमाडौँ । संघीय संसद्अन्तर्गत दुवै सदनको चालु अधिवेशन शुक्रबार राति १२ बजेबाट अन्त्य हुने भएको छ । मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले अधिवेशन अन्त्य गर्ने भएका हुन् । शुक्रबार दिउँसो ३ बजे राष्ट्रपति पौडेलले संसद्को संयुक्त सद...
निर्णय विपरीत उम्मेदवारी दिएपछि नेकपाद्वारा सात नेता–कार्यकर्ता निष्कासित
काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टी नेकपाले पार्टी अनुशासन उल्लंघन गरेको ठहर गर्दै सात जना नेता तथा कार्यकर्तालाई संगठनबाट हटाएको छ । पार्टीको आधिकारिक निर्णयलाई चुनौती दिँदै उम्मेदवारी दिएको तथा त्यस्ता उम्मेदवारलाई साथ दिएको आरोपमा उनीहरूलाई निस...
नवनियुक्त मन्त्री शर्माले लिए पद तथा गोपनीयताको शपथ
काठमाडौँ । नवनियुक्त परराष्ट्रमन्त्री बालानन्द शर्माले राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष पद तथा गोपनीयताको शपथ लिएका छन्। राष्ट्रपति कार्यालय शितल निवासमा आज आयोजित विशेष समारोहमा उनले शपथ लिएका हुन् । प्रधानमन्त्री सुशीला कार्कीले शर्मालाई आजै पररा...
पूर्वगृहमन्त्री गुरुङ छानबिन सकियो, प्रतिवेदन तयार पार्न समितिले माग्यो ५ दिन
काठमाडौँ । पूर्वगृहमन्त्री सुधन गुरुङमाथि छानबिन गर्न गठित उच्चस्तरीय समितिले आफ्नो अनुसन्धानको मुख्य काम सकेको छ । तोकिएको समयसीमा सोमबार सकिए पनि प्रतिवेदनलाई पूर्णता दिन समितिले सरकारसँग थप ५ दिनको समय माग गरेको छ ।
समितिका अनुसार गुरुङको...
भेटघाटमा ओली, देश विकासका लागि विश्राम नलिन मतदाताको आग्रह
झापा । झापा कमल गाउँपालिकाका बासिन्दाहरुले आफुहरु बहक्याउने होइन, देश बनाउने नेतालाई रोज्ने बताएका छन् । नेकपा एमालेका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीसँगको भेटमा उनीहरुले झापा ५ चेतनशिल नागरिक भएको ठाउँ भएकाले यहाँ कोहीपनि बहकिने मत...


