शनिबार, ०६ भदौ २०८३
नेपाली

चितवनका एसपी पुरी र डिएसपी खनालको एकैसाथ सरुवा !

Main News Image

मिडियाबाजी डटकम काठमाडौँ जेठ २, जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी उपरीक्षक (एसपी) गोविन्द पुरी र प्रहरी नायब उपरीक्षक (डिएसपी) रविन्द्र खनालको एकैसाथ सरुवा भएको छ। प्रहरी प्रधान कार्यालयले हिजो (शुक्रबार) एकसाथ देशभरका ४६ एसपी र १४९ डिएसपीको सरुवा गर्दा उक्त सूचीमा पुरी र खनाल परेका हुन्। उनीहरूलाई क्रमशः पुरीलाई काजमा  नेपाल प्रहरी प्रधान कार्यालय अपराध अनुसन्धान विभाग नक्साल,काठमाडौँमा   र खनाललाई   काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालय, रामसाहपथ काठमाडौँमा सरुवा गरिएको छ।


चितवनमा अब प्रहरीको नेतृत्व गर्न प्रहरी उपरीक्षक रामेश्वर पौडेल आउने भएका छन्। पौडेल हाल काठमाडौँको महारजगञ्जस्थित राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान तालिम शाखामा थिए।  रिक्त हुने डिएसपीको दरबन्दीमा चन्द्र भुसन यादवलाई खटाइने प्रहरी प्रधान कार्यालयको सूचनामा उल्लेख छ। यादव हाल लागूऔषध नियन्त्रण ब्युरो मानव स्रोत  व्यवस्थापन शाखा कोटेश्वर, काठमाडौँ शाखामा कार्यरत छन्।

mediabaaji add

सम्बन्धित खबर

गौरमा पुनः निषेधाज्ञा जारी

रौतहट । जिल्ला प्रशासन कार्यालयले गौर नगर क्षेत्रभित्र पुनः निषेधाज्ञा जारी गरेको छ । स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ क अनुसार गौर नगरपालिकाको पूर्व मुडबलवा गेट, पश्चिम लालबकैया बाँध, उत्तरमा बम नहर र दक्षिणमा गौर भन्सार कार्यालयभित्र आज बिहान ८...

काठमाडौंबाट हराएका ५३ वटा मोटरसाइकल सवारीधनीले पाए

काठमाडौँ । ट्राफिक प्रहरीले काठमाडौं उपत्यकाका विभिन्न स्थानबाट चोरी भएका ५३ वटा मोटरसाइकल र स्कुटर सवारीधनीलाई बुझाएको छ । काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले बिहीबार आज सम्बन्धित धनीलाई हस्तान्तरण गरेको हो । काठमाडौं उपत्यका ट्रफिक प्रहरी...

काठमाडौँ र ललितपुरका विभिन्न स्थानबाट ५७ लाखको धनमाल चोरी

काठमाडौँ । काठमाडौँ र ललितपुरका विभिन्न स्थानबाट सोमबार एकैदिन लाखौँ मूल्य बराबरको धनमाल चोरी भएको छ । केन्द्रीय प्रहरी समाचार कक्षका अनुसार विभिन्न पाँच स्थानबाट सुनका गरगहना र नगदसहित करिब ५७ लाख रुपैयाँ बराबरको धनमा...

प्रहरीको रातभर ‘अपरेशन सेफ्टी’: गुण्डागर्दीमा संलग्न पाँच, विमानस्थलबाट १८ जना समातिए

काठमाडौँ । काठमाडौँ प्रहरीले गएराति ‘अपरेशन सेफ्टी’ सञ्चालन गरी उपत्यकाका विभिन्न ठाउँमा गुण्डागर्दीमा संलग्न पाँच जनालाई पक्राउ गरेको छ भने विमानस्थलमा यात्रुलाई दुःख र हैरानी दिने १८ जना पनि नियन्त्रणमा लिएको छ । जिल्ला प्रहरी परिसर काठमाडौँका प...

हनिट्रयाप प्रकरण : इन्स्पेक्टर शाहीसहित ५ जनाले पाए सफाइ

काठमाडौँ । भैंसेपाटीमा घरजग्गा कारोबारीलाई हनिट्रयापमा पारेर रकम असुलेको आरोप लागेको प्रकरणमा नेपाल प्रहरीकी इन्स्पेक्टर बिनु शाहीसहित ५ जनाले अदालतबाट सफाइ पाएका छन् । मंगलबार ललितपुर जिल्ला अदालतका न्यायाधीश ढाकाराम पौडेलको इजलासले शाहीसहित भिमा...

सामाजिक तथा धार्मिक सद्भाव कायम राख्न सबै नागरिकलाई जिम्मेवार बन्न आग्रह

काठमाडौँ । प्रहरी महानिरीक्षक आईजीपी दानबहादुर कार्कीले देशमा सामाजिक तथा धार्मिक सद्भाव कायम राख्न सबै नागरिकलाई संयमित र जिम्मेवार बन्न आग्रह गरेका छन् । भिडियो सन्देशमार्फत उनले नेपाल विविधतामा एकताको गौरवमय इतिहास बोकेको सुन्दर देश भएको बताएका...