मन्दिरमा भेटिएको पेस्तोल खेलाउने क्रममा बालक घाइते
काठमाडौँ । सर्लाहीको मलङ्गवामा आज १५ वर्षीय बालक आकाश राम गोली लागेर घाइते भएका छन् । बालकको दाहिने हातको पञ्जामा चोट लागेको छ ।
घटना मलङ्गवा–४, ढाकाबोर्डर क्षेत्रमा भएको हो । प्रहरीले जानकारी दिएको अनुसार, बालक बेवारिसे पेस्तोल खेलाउने क्रममा गोली लागेर घाइते भएका हुन् । निर्माणाधीन हनुमान मन्दिरभित्र रातो कपडाले बेरिएको अवस्थामा पेस्तोल भेटिएको थियो । बालकले सो पेस्तोल नक्कली होला भनी चलाउँदा पड्किएको थियो ।
घाइते बालकलाई प्रादेशिक अस्पताल मलङ्गवामा उपचार भइरहेको छ र हाल खतरामुक्त रहेको प्रहरीले जनाएको छ । यसअघि गत आइतबार, मलङ्गवामा भौतिक पूर्वाधार विकास कार्यालय सर्लाहीमा कार्यरत सब–इञ्जिनियर प्रमोदकुमार यादवको गोली प्रहारबाट हत्या भएको थियो । प्रहरीले आजको घटनामा प्रयोग भएको हतियार पनि सो हत्या घटनासँग सम्बन्धित हुनसक्ने आशंकामा अनुसन्धान गरिरहेको छ ।
एक्सप्रेस
सम्बन्धित खबर
जेनजी आन्दोलनमा प्रहरी कार्यालयमा आगजनी र प्रहरीमाथि कुटपिट : थप दुई आरोपी पक्राउ
काठमाडौँ । जेनजी आन्दोलनको क्रममा प्रहरी प्रभाग साँखुमा आगजनी गरेको आरोपमा दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा मकवानपुरको मकवानपुरगढी गाउँपालिका– ३ घर भई हाल काठमाडौंको शंखरापुर नगरपालिका– ७ बस्ने ४३ वर्षीय प्रल्हाद दाहाल र शंखरा...
साइबर ब्युरोमा अपराध अनुसन्धान गर्न आवश्यक डिजिटल फरेन्सिक ल्याब नै छैन : महानिरीक्षक कार्की
काठमाडौँ । प्रहरी महानिरीक्षक आईजीपी दानबहादुर कार्कीले साइबर ब्युरोमा साइबर अपराध अनुसन्धान गर्न डिजिटल फरेन्सिक ल्याब नै नभएको बताएका छन् । सोमबार प्रतिनिधिसभाअन्तर्गतको महिला तथा सामाजिक मामिला समितिमा भएको साइबर सुरक्षासम्बन्धी छलफलमा उनले साइ...
इन्स्पेक्टर वाङ्गेल लामा उत्कृष्ट प्रहरी घोषित
काठमाडौँ । प्रहरी निरीक्षक इन्स्पेक्टर वाङ्गेल लामा माघ महिनाको उत्कृष्ट प्रहरी घोषित भएका छन् । जिल्ला प्रहरी परिसर काठमाडौंको इन्टेलिजेन्स शाखामा कार्यरत लामा परिसर काठमाडौंको उत्कृष्ट प्रहरी घोषित भएका हुन् । परिसरका एसएसपी रमेश थापाले लामालाई...
ट्राफिक सप्ताहको दोस्रो दिन: उपत्यकामा २० हजार हाराहारी सडक प्रयोगकर्तामा सुरक्षा सन्देश
काठमाण्डौँ । सडक दुर्घटना न्यूनीकरणलाई प्राथमिकतामा राख्दै सञ्चालन भइरहेको ‘दुर्घटना न्यूनीकरण विशेष अभियान तथा ट्राफिक सप्ताह २०८२’ अन्तर्गत काठमाडौं उपत्यकामा दोस्रो दिन व्यापक सचेतनामूलक गतिविधि सञ्चालन गरिएको छ। अभियानबाट एकै दिन झण्डै १...
२४ घण्टामा एक हजार ७१९ जना चालक ट्राफिक कारबाहीमा
काठमाडौँ । बितेका चौबिस घण्टामा सवारी नियम पालना नगर्ने एक हजार ७१९ जना चालक ट्राफिक कारबाहीमा परेका छन् । काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार मादक पदार्थ सेवन गरेर सवारी चलाएका ११३ जना, यान्त्रिक अवस्था ठीक नभएका ३५, सङ्केट बत्ती उल...
भक्तपुरमा छोराको कुटपिटबाट आमाको मृत्यु, कुटपिट गर्ने छोरा पक्राउ
काठमाण्डौँ । भक्तपुरको सूर्यविनायक नगरपालिका–९ भातेढिकुर चोकमा छोराको कुटपिटबाट एक महिलाको मृत्यु भएको छ । कुटपिटबाट भातेढिकुरमा बस्दै आएकी उदयपुरको कटारी नगरपालिका–५ घर भएकी ४० वर्षीया मेघिया चौधरीको मृत्यु भएको प्रहरी जनाएको छ ।
शुक्रबार स...



