बिहिबार, ३२ असार २०८३
नेपाली

सञ्जुको विष्फोटक शतकमा चेन्नईको पहिलो जित,दिल्ली २३ रनले पराजित

Main News Image

काठमाडौँ । इण्डियन प्रिमियर लिग आईपीएलको जारी सिजनमा लगातार तीन हार बेहोरेको चेन्नई सुपर किंग्सले शनिबार राति दिल्ली क्यापिटल्सलाई २३ रनले पराजित गर्दै पहिलो जित दर्ता गरेको छ। चेपौक स्टेडियममा भएको खेलमा चेन्नईले प्रस्तुत गरेको २१३ रनको विशाल लक्ष्य पछ्याएको दिल्लीले २० ओभरमा सबै विकेट गुमाएर १८९ रन मात्र बनाउन सक्यो ।

टस हारेर पहिले ब्याटिङ गरेको चेन्नईका लागि सञ्जु सामसनले विष्फोटक शतकीय पारी खेले। उनले मात्र ५६ बलमा अविजित ११५ रन बनाउँदै टोलीलाई २ विकेटको क्षतिमा २१२ रनको बलियो योगफलसम्म पुर्‍याए । यो उनको आइपिएल करियरको फरक–फरक तीन टोली राजस्थान, दिल्ली र चेन्नईबाट प्रहार गरिएको तेस्रो शतक हो । उनलाई युवा ब्याटर आयुष म्हात्रेले ३६ बलमा ५९ रन जोडेर उत्कृष्ट साथ दिए भने अन्त्यतिर शिवम दुबेले १० बलमा २० रनको आक्रामक योगदान दिए ।

दिल्लीका ब्याट्सम्यानहरूले मध्यम सुरुवात गरे पनि चेन्नईका ज्यामी ओभरटनको घातक बलिङसामु उनीहरू टिकिरहन सकेनन्। ओभरटनले मात्र १८ रन खर्चेर ४ महत्त्वपूर्ण विकेट लिएपछि दिल्ली लक्ष्यभन्दा २३ रनले पछि परेको हो ।  सानदार प्रदर्शनका लागि सञ्जु सामसन प्लेयर अफ द म्याच घोषित भए।


mediabaaji add

सम्बन्धित खबर

इंग्ल्यान्डविरुद्ध पहिलो खेल खेल्दै नेपाल

काठमाडौँ । आईसीसी टी-२० पुरुष विश्वकप क्रिकेटको पहिलो खेलमा आज नेपालले इंग्ल्यान्डसँग प्रतिस्पर्धा गर्दैछ । भारत र श्रीलंकाले संयुक्त रुपमा आयोजना गरेको आईसीसी टी-२० विश्वकप क्रिकेट २०२६ को पहिलो खेलमा आइतबार नेपालले...

हैदराबादसँग चेन्नई १० रनले स्तब्ध, हारको चौकासँगै अंक तालिकामा धक्का

काठमाडौँ । इन्डियन प्रिमियर लिग आईपीएलको जारी सिजनमा साविक विजेता चेन्नई सुपर किंग्सको सङ्घर्ष जारी रहेको छ। शनिबार राति राजीव गान्धी स्टेडियममा भएको रोमाञ्चक भिडन्तमा सनराइजर्स हैदराबादले चेन्नईलाई १० रनले पराजित गर्दै स्तब्ध बनाएको हो। यो हारसँग...

आर्मीका राजन र धादिङकी सन्तोषी गरिमा रोड रेस विजेता

काठमाडौँ । नेपाल आर्मीका राजन रोकाया र धादिङकी सन्तोषी श्रेष्ठ दोश्रो गरिमा रोड रेसमा च्याम्पियन बनेका छन् । १० किलोमिटर दूरीको दौडमा राजन पुरुष र सन्तोषी महिलामा पहिलो भएका हुन् । राजनले निर्धारित दूरी २९ मिनेट १२.१२...

टी-२० आई सिरिजको दोस्रो खेलमा नेपाल र यूएई भिड्दै

काठमाडौँ । काठमाडौँमा जारी टी-२० आई सिरिजको दोस्रो तथा अन्तिम खेलमा नेपालले आज यूएईसँग खेल्दैछ । खेल कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा साँझ ५ बजेदेखि शुरू हुनेछ । डे नाइट खेल पहिलो पटक फ्लडलाइटमा भइरहेको हो । यसअघि सोमबार भएको पहिलो खेलमा नेपा...

क्रिकेट टोलीको नयाँ जर्सी सार्वजनिक

काठमाण्डौँ । नेपाल क्रिकेट संघ क्यानले सन् २०२६ को आईसीसी टी २० विश्वकप क्रिकेट खेल्ने नेपाली राष्ट्रिय टोलीको नयाँ आधिकारिक जर्सी सार्वजनिक गरेको छ । क्यानले विश्वकपको ट्रफीसँगै नयाँ जर्सी सार्वजनिक गरेको हो ।

मेस्सीको ऐतिहासिक कीर्तिमानसँगै अर्जेन्टिना विश्वकपको नकआउट चरणमा

काठमाडौँ । कप्तान लियोनल मेस्सीको उत्कृष्ट लय र ऐतिहासिक कीर्तिमानको मद्दतमा साविक विजेता अर्जेन्टिना जारी फिफा विश्वकप २०२६ को नकआउट चरणमा प्रवेश गरेको छ । नेपाली समय अनुसार आज सम्पन्न समूह ‘जे’ को रोमाञ्चक खेलमा अर्जेन्टिनाले युरोपेली प्रतिद्वन्...