पश्चिमी न्यून चापीय प्रणालीको प्रभावले देशका विभिन्न भागमा बदली, वर्षा र हिमपातको सम्भावना
काठमाडौँ । हाल देशमा पश्चिमी न्यून चापीय प्रणाली तथा स्थानीय वायुको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखा ले जनाएको छ । कर्णाली र सुदूरपश्चिम प्रदेशका साथै गण्डकी र लुम्बिनी प्रदेशका पहाडी तथा हिमाली भागमा साधारणतया बादल लागेको छ भने अन्य प्रदेशका हिमाली क्षेत्रमा पनि बदली भएको छ । कोशी र बागमती प्रदेशका पहाडी भू–भागमा आंशिक बदली रहेको छ तथा बाँकी भागमा मौसम मुख्यतया सफा रहेको छ ।
महाशाखाका अनुसार दिउँसो देशका अधिकांश स्थानमा बदली हुनेछ । कर्णाली र सुदूरपश्चिम प्रदेशका धेरै स्थान, गण्डकी, लुम्बिनी र कोशी प्रदेशका पहाडी तथा हिमाली भू–भागका केही स्थान तथा अन्य प्रदेशका केही स्थानमा मेघगर्जन, चट्याङ र असिनासहित मध्यम वर्षा तथा हिमपातको सम्भावना छ । कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा भारी वर्षा वा हिमपात हुने सम्भावना छ ।
त्यसैगरी, आज राति देशका अधिकांश स्थानमा बदली रहनेछ । कर्णाली, सुदूरपश्चिम र गण्डकी प्रदेशका धेरै स्थानमा तथा अन्य प्रदेशका केही स्थानमा मेघगर्जन, चट्याङ र असिनासहित मध्यम वर्षा तथा हिमपातको सम्भावना रहेको छ । हिमपात र वर्षा हुने पूर्वानुमान गरिएका स्थानका सर्वसाधारण, कृषिमा संलग्न हुने किसानका साथै ती भेगमा यात्रा गर्ने र यातायातका साधन सञ्चालनमा संलग्न सबैलाई महाशाखाले सावधानी अपनाएर आफ्ना नियमित गतिविधि सञ्चालन गर्न अनुरोध पनि गरेको छ ।
एक्सप्रेस
सम्बन्धित खबर
स्थानीय तहको संख्या र सिमाना हेरफेर गर्न मन्त्रालयले माग्यो सुझाव
काठमाडौँ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले गाउँपालिका, नगरपालिका र वडाको संख्या तथा सिमाना हेरफेरसम्बन्धी प्रारम्भिक मस्यौदामा राय तथा सुझाव माग गरेको छ । मन्त्रालयले वैशाख ३ गते सबै जिल्ला समन्वय समिति, स्थानीय तह र सरोकारवाला निकायल...
राम्चेडाँडालाई पर्यटकीय क्षेत्रका रूपमा विकास गरिँदै
स्याङ्जा । स्याङ्जाको वालिङ नगरपालिका–१२ स्थित राम्चेडाँडा पछिल्लो समय आन्तरिक पर्यटकको रोजाइमा पर्दै गएको छ । पहाडको टाकुरोमा अवस्थित समथर र केही भिरालो खुला चौर रहेको सो स्थानबाट स्याङ्जा, पर्वत, गुल्मी, पाल्पा, कास्की जिल्लाका केही स्थान देखिन्...
प्रेस युनियनले सरकारी विज्ञापन रोक्ने निर्णयको देशव्यापी विरोध गर्ने
काठमाडौँ । नेपाल प्रेस युनियनले सरकारी विज्ञापन निजी मिडियामा प्रकाशन-प्रसारण गर्न रोक लगाउने सरकारको निर्णयविरुद्ध देशव्यापी अन्तरक्रिया कार्यक्रम सञ्चालन गर्ने घोषणा गरेको छ ।
युनियनका महासचिव दिलीप पौडेलद्वारा जारी परिपत्रमार्फत नेप...
हिमाली भूभागमा वर्षाको सम्भावना, तराई क्षेत्रमा तातो हावा चल्ने
काठमाडौँ । हाल नेपालमा पश्चिमी र स्थानीय वायूको आंशिक प्रभाव रहेको छ । देशको हिमाली भूभागमा साधारणतया बादल लागेको छ, कोशी, बागमती र गण्डकी प्रदेशको पहाडी भूभागमा आंशिक बादल लागेको छ र बाँकी भूभागमा मौसम मुख्यतया सफा रहेको छ । देशको पहाडी र हिमाली...
दाङबाट काठमाडौं आउँदै गरेको बस दुर्घटना ३८ जना घाइते
काठमाडौँ । दाङबाट काठमाडौं आउँदै गर्दा चितवनको मुग्लिन–नारायणगढ सडकखण्डमा बस दुर्घटना भएको छ । दुर्घटनामा ३८ जना घाइते भएका छन् । तीमध्ये १० जनाको अवस्था मध्यम र २८ जनाको अवस्था सामान्य भएको प्रहरीले जनाएको छ ।
मौलाकालिका अस्पताल भरतपुरमा १५...
धोबी खोला करिडोरका पक्की घर भत्काउन थालियो
काठमाडौँ ।। काठमाडौं महानगरपालिका–१० धोबी खोला क्षेत्रमा रहेको देवीनगरमा अतिक्रमण गरी बनाइएका पक्की भवनहरू भत्काउन सुरु गरिएको छ । आजदेखि यहाँ रहेका घरटहरा हटाउन सुरु गरिएको महानगर प्रहरी बलका प्रमुख विष्णु जोशीले जानकारी दिए । उनले भने, ‘उपत्यका...



