सोमबार, ०१ भदौ २०८३
नेपाली

पश्चिमी न्यून चापीय प्रणालीको प्रभावले देशका विभिन्न भागमा बदली, वर्षा र हिमपातको सम्भावना

Main News Image

काठमाडौँ । हाल देशमा पश्चिमी न्यून चापीय प्रणाली तथा स्थानीय वायुको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखा ले जनाएको छ । कर्णाली र सुदूरपश्चिम प्रदेशका साथै गण्डकी र लुम्बिनी प्रदेशका पहाडी तथा हिमाली भागमा साधारणतया बादल लागेको छ भने अन्य प्रदेशका हिमाली क्षेत्रमा पनि बदली भएको छ । कोशी र बागमती प्रदेशका पहाडी भू–भागमा आंशिक बदली रहेको छ तथा बाँकी भागमा मौसम मुख्यतया सफा रहेको छ ।

महाशाखाका अनुसार दिउँसो देशका अधिकांश स्थानमा बदली हुनेछ । कर्णाली र सुदूरपश्चिम प्रदेशका धेरै स्थान, गण्डकी, लुम्बिनी र कोशी प्रदेशका पहाडी तथा हिमाली भू–भागका केही स्थान तथा अन्य प्रदेशका केही स्थानमा मेघगर्जन, चट्याङ र असिनासहित मध्यम वर्षा तथा हिमपातको सम्भावना छ । कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा भारी वर्षा वा हिमपात हुने  सम्भावना छ ।

त्यसैगरी, आज राति देशका अधिकांश स्थानमा बदली रहनेछ । कर्णाली, सुदूरपश्चिम र गण्डकी प्रदेशका धेरै स्थानमा तथा अन्य प्रदेशका केही स्थानमा मेघगर्जन, चट्याङ र असिनासहित मध्यम वर्षा तथा हिमपातको सम्भावना रहेको छ । हिमपात र वर्षा हुने पूर्वानुमान गरिएका स्थानका सर्वसाधारण, कृषिमा संलग्न हुने किसानका साथै ती भेगमा यात्रा गर्ने र यातायातका साधन सञ्चालनमा संलग्न सबैलाई महाशाखाले सावधानी अपनाएर आफ्ना नियमित गतिविधि सञ्चालन गर्न अनुरोध पनि गरेको छ । 


mediabaaji add

सम्बन्धित खबर

सोमबार देशका केही स्थानमा वर्षा हुने

काठमाडौँ । सोमबार कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेश तथा कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी र हिमाली भूभागमा साधारणतया बादल लाग्नेछ। बाँकी भूभागमा आंशिक बादल लाग्ने छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी, मधेश, बागमती, गण्डकी प्रदे...

वर्षाले रोशी खोलामा बाढी, बीपी राजमार्ग फेरि ठप्प

काठमाण्डौँ । । काभ्रेपलाञ्चोक जिल्लामा अविरल वर्षासँगै रोशी खोलामा आएको बाढीले डाइभर्सन बगाएपछि बीपी राजमार्ग पुनः अवरुद्ध भएको छ । सोमबार साँझबाट आंशिक रूपमा सञ्चालनमा आएको उक्त सडक मंगलबार साँझदेखि फेरि बन्द भएको जिल्ला प्रहरी कार्यालय काभ्रेले...

देशका केही प्रदेशमा भारी वर्षाको सम्भावना : बाढी, पहिरो र दुर्घटनाबाट जोगिन उच्च सतर्कता अपनाउन आग्रह

काठमाडौँ । देशभर मनसुनी वायुको प्रभाव कायम रहँदा आज बागमती, गण्डकी र कर्णाली प्रदेशका पहाडी तथा हिमाली भागका एक(दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपासमा...

मौसम पूर्वानुमान : आज यी प्रदेशमा वर्षाको सम्भावना

काठमाडौँ । हाल नेपालमा उपल्लो वायुमण्डलमा पश्चिमी न्यूनचापीय प्रणालीको आंशिक प्रभाव रहेको छ। हाल कोशी, बागमती र गण्डकी प्रदेशको पहाडी तथा हिमाली भूभागमा साधारणतया बादल लागेको छ । देशका बाँकी हिमाली तथा पहाडी भूभागमा आंशिक बादल लागेको छ। तराई भूभाग...

बालेनको चुनाबी अभियानमा दुर्घटनामा परेका सिटौलाको अवस्था गम्भीर, आइसीयुमा उपचार हुँदै

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीको चुनाबी अभियानमा बरिष्ठ नेता बालेन शाहसँगै सुदुरपश्चिम गएका बेला दुर्घटनामा परेका दिनेश सिटौलाको आइसीयुमा राखेर उपचार भइरहेको छ । उनको अवस्था गम्भीर रहेको चिकित्सकले बताएका छन् ।

शुक्रबार बिहान बझाङबाट...

टुँडिखेलको चउरमा तत्कालका लागि सभा समारोह गर्न नपाइने

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले टुँडिखेलको दक्षिण भाग सैनिक मञ्चको दक्षिणतर्फको चउरमा घाँसे मैदान निर्माण गर्ने भएको छ ।  हानगरपालिकाको सार्वजनिक निर्माण विभागले सूचना जारी गर्दै आगामी चैत ८ गतेदेखि निर्माण कार्य सुरु हुने जनाएको हो । महान...