सोमबार, २९ असार २०८३
नेपाली

बागमती साहित्य महोत्सव संस्करण दुइ चितवनमा हुने

Main News Image

मिडियाबाजी डटकम,काठमाडौँ । साहित्य, कला र संस्कृतिको प्रवर्द्धन तथा बागमती सभ्यताको संरक्षण गर्ने उद्देश्यका साथ “बागमती साहित्य महोत्सव २०८३” चितवनमा आयोजना हुने भएको छ । महोत्सव आगामी जेठ १६ र १७ गते नारायणगढ उद्योग वाणिज्य संघको हलमा सञ्चालन हुने आयोजकले जनाएको छ। कार्यक्रममा साहित्य, कला, संस्कृति तथा सामाजिक सद्भावसँग सम्बन्धित विविध गतिविधि, अन्तरक्रिया र प्रस्तुति रहनेछन् ।

“साहित्य शब्दको शक्ति र विचारको सिर्जना हो”, “कला रंग, रचना र अभिव्यक्ति हो” तथा “संस्कृति हाम्रो पहिचान र गहना हो” भन्ने मूल भावसहित आयोजना हुन लागेको महोत्सवले समाजमा सहअस्तित्व, संवाद र सांस्कृतिक चेतनाको सन्देश फैलाउने विश्वास लिइएको छ ।


चितवनको प्राकृतिक, सांस्कृतिक र ऐतिहासिक पहिचानलाई समेत समेटेर आयोजना गर्न लागिएको यस महोत्सवमा साहित्यकार, कलाकार, संस्कृतिकर्मी तथा विभिन्न क्षेत्रका व्यक्तित्वहरूको सहभागिता रहने अपेक्षा गरिएको छ । आयोजकका अनुसार महोत्सवले बागमती प्रदेशको कला, साहित्य र संस्कृतिको जगेर्ना गर्दै नयाँ पुस्तामा सिर्जनात्मक चेतना अभिवृद्धि गर्न महत्वपूर्ण भूमिका खेल्नेछ ।


mediabaaji add

सम्बन्धित खबर

डाक्टर,इन्जिनियर र प्रहरीलाई चिनेझैँ लेखकलाई पनि चिन्नु अनिवार्य छ :-कुलपति राई

© प्राज्ञ चेतनाथ धमला

मिडियाबाजी डटकम काठमाडौँ ,मंसिर २४। सोलुखुम्बु । सोलुखुम्बुको महाकुलुङ गाउँपालिका बुङस्थित सगरमाथा माध्यमिक विद्याल...

नेपाल प्रज्ञा-प्रतिष्ठानद्वारा प्रज्ञा पुरस्कार-२०८२ घोषण !

काठमाडौँ ,कमलादी।२०८३ वैशाख १०, गते ,बिहीवार।नेपाल प्रज्ञा-प्रतिष्ठानले हरेक वर्ष भाषा,साहित्य ,संस्कृति ,दर्शनशास्त्र र सामाजिकशास्त्र विधाका विभिन्न प्रज्ञा पुरस्कारहरू-२०८२ घोषणा गरेको छ।साथै,यसपटकदेखि प्रज्ञा प्रादेशिक पुरस्कार समेत प्रारम्भ ग...

गिरीको गजल ऋण लागेपछि !

बाँच्ने भन्दा नि मर्ने , बनाउँछ ऋण लागेपछि

गह भरि आँसु भर्ने, बनाउँछ ऋण लागेपछि


जन्म घर , माया मोह र बुढी आमा छोडेर 

रुदैँ खाडीमा झर्ने , बनाउँछ ऋण लागेपछि


घरबारी सुम्पिएको त्यो ज्याद्रो तमसुक सम्...

नेपाल प्रज्ञा-प्रतिष्ठानद्वारा १९ जना स्रष्टालाई प्रज्ञा पुरस्कार-२०८२ समर्पण !

काठमाडौँ ,कमलादी। २०८३ वैशाख १८ गते ,बिहीवार।    •भाषा,साहित्य ,संस्कृति ,दर्शनशास्त्र  र सामाजशास्त्र लगायतका  विधामा साधनारत १९ जना विशिष्ट स्रष्टालाई नेपाल प्रज्ञा- प्रतिष्ठानले प्रज्ञा पुरस्कार-२०८२  समर्पण गरेको छ।

पहिलोचोटि नेपाल प्रज्ञा-प्रतिष्ठान 'प्रज्ञा-नारी काव्य सङ्‌‌गोष्ठी'सहित दार्चुलामा सम्पन्न

दुरबिन शर्मा विवेक

मिडियाबाजी डटकम, काठमाडौँ। २०८२ चैत ७ गते , शनिबार दार्चुला ,खलङ्गामा नेपाल प्रज्ञा-प्रतिष्ठानका कुलपति भूपाल राईको प्रमुख आतिथ्यमा 'सुदूरपश्चिम प्रदेशस्तरीय प्रज्ञा-नारी काव्य सङ्‌‌गोष्ठी ,गायन,कार्यपत्र प्रस्तुति तथा पूर...

पराजुलीको ऐतिहासिक उपन्यास ‘बखान’को दोस्रो संस्करण सार्वजनिक

काठमाडौँ । वरिष्ठ आख्यानकार तथा पत्रकार वसन्त पराजुलीद्वारा सिर्जित ऐतिहासिक उपन्यास ‘बखान’को दोस्रो संस्करण प्रकाशित भएको छ । शिखा बुक्स प्रालिले प्रकाशनमा ल्याएको सो पुस्तकको स्रष्टा समाज नेपालका अध्यक्ष श्रीओम श्रेष्ठ, साहित्यकार जयदेव भट्टराई,...