खाडी देशहरूमा आक्रमण सुरु, अबुधाबीमा एकको मृत्यु, लाखौं नेपाली खतरामा
काठमाडौँ । इजरायलले शनिबार बिहान इरानको राजधानी तेहरान सहित धेरै शहरहरूमा आक्रमण गरेको थियो । प्रतिक्रियामा इरानले इजरायल विरुद्ध बदला लिने हमला गरेको छ । मिडिया रिपोर्टका अनुसार इरानले बदलामा लगभग ४०० वटा मिसाइल प्रहार गरेको छ ।
इजरायलका साथै, इरानले कतार, बहराइन, युएई, साउदी अरेबिया र कुवेतमा रहेका अमेरिकी अड्डाहरूमा पनि आक्रमण गरेको छ। इजरायलले इरानको गुप्तचर मन्त्रालय, रक्षा मन्त्रालय, सर्वोच्च नेता खामेनीको कार्यालय र इरानको आणविक ऊर्जा संगठनलाई निशाना बनाएको छ। आक्रमणपछि खामेनीलाई सुरक्षित स्थानमा सारिएको छ ।
खाडी देशहरूमा लाखौं नेपाली बस्छन् । साउदीमा ५ लाखभन्दा बढी, युएइमा ३ लाखभन्दा बढी, कतारमा ४ लाखभन्दा बढि र कुनेतमा करिब १ लाख नेपाली रहेको अनुमानित तथ्यांक छ । इरानले इजरायलको छिमेकी बहराइनमा रहेको अमेरिकी सैन्य अड्डा र कतारमा रहेको अमेरिकाको अल उदेइद हवाई अड्डामाथि पनि धेरै क्षेप्यास्त्र प्रहार गरेको छ । कतारमाथि इरानी क्षेप्यास्त्र रोकियो। कतारको रक्षा मन्त्रालयले आफ्नो प्याट्रियट प्रतिरक्षा प्रणालीले इरानी क्षेप्यास्त्र रोकेको बताएको छ । सुरक्षा चिन्ताका कारण मध्य पूर्वमा धेरै अन्तर्राष्ट्रिय उडानहरू रद्द गरिएका छन् र धेरै देशहरूले आफ्नो हवाई क्षेत्र बन्द गरेका छन्।
एक्सप्रेस
सम्बन्धित खबर
महाराष्ट्रका उपमुख्यमन्त्री अजित पवारको विमान दुर्घटनामा निधन
काठमाडौँ । महाराष्ट्रका उपमुख्यमन्त्री तथा राष्ट्रवादी कांग्रेस पार्टी एनसीपीका अध्यक्ष अजित पवारको बुधबार बिहान विमान दुर्घटनामा निधन भएको छ । भारतको नागरिक उड्डयन महानिर्देशनालयका अनुसार मुम्बईबाट बारामती जाँदै गरेको चार्टर्ड विमान बिहान करिब ८ः...
भेनेजुएलामा लगातार दुई शक्तिशाली भूकम्प : राजधानी काराकाससहित विभिन्न सहरमा ठूलो विनाश
काठमाडौँ । दक्षिण अमेरिकी राष्ट्र भेनेजुएलामा बुधबार साँझ भीषण प्राकृतिक विपत्ति आइलागेको छ । देशको इतिहासकै विनाशकारी मानिएको यस विपत्तिमा केही सेकेन्डको अन्तरालमा ७.२ र ७.५ म्याग्निच्युडका दुईवटा शक्तिशाली भूकम्प गएका छन् ।
लगातारको तीव्र...
हङकङमा नेपाली अल्ट्रा ट्रेल रनिङ संघ (HKNUTRA) को आयोजनामा दौड प्रतियोगिता सम्पन्न !
मिडियाबाजी डटकम काठमाडौँ। हङकङ नेपाली अल्ट्रा ट्रेल रनिङ संघ (HKNUTRA) को आयोजनामा २२ तारिख आइतबार टाइमोसन कन्ट्री पार्कमा अल्ट्राट्रेल रनिङ सम्पन्न भएको छ । विभिन्न देशका १७६ जना धावकहरूको प्रतिस्पर्धा रहेको दौड प्रतियोगितामा ५० किलोमिटर...
जर्मनीको बाल तथा मातृ कल्याण केन्द्रमा अन्धाधुन्ध गोली प्रहार, छ जनाको मृत्यु
काठमाडौँ । जर्मनीको उत्तरी सहर स्टेडस्थित एक बाल तथा मातृ कल्याण केन्द्रमा सोमबार दिउँसो भएको अन्धाधुन्ध गोली प्रहारमा परी ६ जनाको मृत्यु भएको छ । आफ्नी तीन महिने छोरीको संरक्षणको विषयलाई लिएर भएको विवादका कारण एक बन्दुकधारीले उक्त विभत्स हत्याकाण...
बंगलादेशमा ३५ वर्षपछि पुरुष प्रधानमन्त्री बन्दै, संविधान संशोधन गरिँदै
काठमाडौँ । बंगलादेशमा बिहीबार भएको आम चुनावमा बंगलादेश राष्ट्रवादी पार्टी बीएनपीले भारी विजय हासिल गरेको छ। बीएनपीले २९९ सिटमध्ये २०९ सिट जितेको छ, जुन बहुमतका लागि आवश्यक १५० भन्दा बढी हो। यो दुई तिहाई बहुमत हो । अहिलेसम्म २८६ सिटको नतिजा घोषणा भ...
यूएईको दुबई विमानस्थल नजिक ड्रोन आक्रमण, यस्तो छ क्षति
दुबई । यूएईको दुबईमा रहेको अन्तर्राष्ट्रिय विमानस्थल नजिक ड्रोन सम्बन्धी घटना भएपछि सोमबार केही समयका लागि सबै उडानहरू अस्थायी रूपमा रोकिएका छन् । सहरका अधिकारीहरूले यात्रु र कर्मचारीहरूको सुरक्षालाई ध्यानमा राख्दै यस्तो निर्णय गरिएको बताएका छन् ।...


