उपत्यकामा पुष ७ गते शैक्षिक हड्ताल घोषणा, १२ बुँदे माग अघि सार्दै जनपक्षीय विद्यार्थी युनियन
काठमाडौँ । जनपक्षीय विद्यार्थी युनियन, नेपालले शिक्षा, न्याय र स्वतन्त्रताका सवालमा सरकार गम्भीर नभएको आरोप लगाउँदै पुष ७ गते काठमाडौं, ललितपुर र भक्तपुरमा उपत्यकाव्यापी शैक्षिक हडताल घोषणा गरेको छ । केन्द्रीय समितिद्वारा जारी प्रेस विज्ञप्तिमार्फत युनियनले वर्तमान राजनीतिक संकट, बढ्दो आर्थिक असमानता, शिक्षाको व्यापारीकरण र विद्यार्थीमाथि बढ्दो आर्थिक–सामाजिक दबाबप्रति आपत्ति जनाउँदै आन्दोलनको कार्यक्रम सार्वजनिक गरेको हो ।
विज्ञप्तिमा विदेशमा रहेका नेपाली विद्यार्थी, श्रमिक तथा नागरिकलाई निर्वाचनमा मतदानको अधिकार सुनिश्चित गर्नुपर्ने, संविधानअनुसार माध्यमिक तहसम्म निःशुल्क शिक्षा कार्यान्वयन गर्नुपर्ने माग गरिएको छ। साथै कक्षा १२ सम्मका विद्यार्थीलाई मासिक पाँच हजार रुपैयाँ भत्ता, छात्रवृत्ति पारदर्शी वितरण, सबै विद्यार्थीका लागि निःशुल्क इन्टरनेट र विद्यार्थीलाई अध्ययन गर्न स्वराज्य कोषमार्फत न्यूनतम १० लाख रुपैयाँ उपलब्ध गराउने व्यवस्था गर्न सरकारसँग माग गरिएको छ ।
युनियनले निजी विद्यालयको शुल्कमा ४० प्रतिशतसम्म कटौती गर्नुपर्ने, विद्यालयको आम्दानी–खर्च पारदर्शी बनाइनुपर्ने, व्यावहारिक र उत्पादनमुखी शिक्षा लागू गर्नुपर्ने तथा शिक्षा क्षेत्रको निजीकरण र व्यापारीकरण अन्त्य गर्नुपर्ने माग अघि सारेको छ । यसका साथै विद्यार्थी रासनकार्ड, प्राविधिक शिक्षा विस्तार तथा नैतिक र देशभक्तिपूर्ण शिक्षा नीति लागू गर्नुपर्ने माग पनि समेटिएको छ ।
जनपक्षीय विद्यार्थी युनियनका अनुसार यी १२ बुँदे माग नेपाली विद्यार्थी, अभिभावक र नागरिक समाजका साझा माग हुन् । ती मागको प्रभावकारी कार्यान्वयनका लागि पुष ७ गते उपत्यकाव्यापी शैक्षिक हडताल सफल पार्न विद्यार्थी, शिक्षक, अभिभावक, बुद्धिजीवी र नागरिक समाजलाई आ–आफ्नो ठाउँबाट सहयोग र ऐक्यबद्धता जनाउन आह्वान गरिएको छ ।
विज्ञप्तिमा अध्यक्ष सुनिता बुढाथोकीले हस्ताक्षर गरेकी छन् ।
एक्सप्रेस
सम्बन्धित खबर
गुरुङ समुदायले आज तमु ल्होसार पर्व मनाउँदै
काठमाडौँ । गुरुङ समुदायले पुरानो वर्षलाई बिदाइ गरी नयाँ वर्षलाई स्वागत गरेर आज तमु ल्होसार पर्व मनाउँदैछन् । ल्हो को अर्थ ‘वर्ष’ र ‘सार’को अर्थ फेरिनु भएकाले वर्ष फेरिने दिनलाई ‘तमु ल्होसार’ भनिएको हो। तमु ल्होसारलाई गुरुङ समुदायले नयाँ वर्षका रूप...
शीतलहरबाट बालबालिका जोगाउन स्थानीय तहका विद्यालयमा जाडो बिदा
महोत्तरी । पुसको पहिलो सातादेखि नै सुरु भएको शीतलहरले महोत्तरीको जनजीवन प्रभावित पारेपछि जिल्लाका सबै स्थानीय तहले विद्यालयमा बिदा दिने निर्णय गरेका छन्। पछिल्लो पटक बर्दिबास, जलेश्वर, मटिहानी, लोहारपट्टी र मनराशिशवा नगरपालिकाले आइतबार साँझ सूचना...
धनुषामा कारको ठक्करबाट श्रीमतीको मृत्यु, श्रीमान घाइते
सर्लाही । धनुषामा कारको ठक्करबाट श्रीमतीको मृत्यु भएको छ भने श्रीमान घाइते भएका छन् । प्रहरीका अनुसार आइतबार बिहान मिथिला नगरपालिका-२ नकटाझिजस्थित जनकपुरबाट ढल्केवरतर्फ आउँदै गरेको बागमती प्रदेश ०१– ०३१ च २०३६ नम...
रातो मच्छिन्द्रनाथको रथ ठटीटोल पुर्याइयो, आज साँझ ‘नरिवल खसाल्ने जात्रा’
काठमाडौँ । वर्षा र सहकालका देवता मानिने प्रसिद्ध रातो मच्छिन्द्रनाथको रथलाई आज ललितपुरको लगनखेलस्थित ठटीटोल पुर्याइएको छ । रथ यात्राको निर्धारित तालिकाअनुसार भक्तजन र जात्राका सहभागीहरूले उत्साहपूर्वक रथ तानेर ठटीटोल पुर्याएका हुन् ।
रथ ठट...
विद्युत् माग र आपूर्ति व्यवस्थापनको लागि प्राधिकरणको स्यूचाटारस्थित प्रेषण केन्द्रको अनुगमन
काठमाडौँ । ऊर्जा जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र शहरी विकासमन्त्री कुलमान घिसिङले लक्ष्मीपूजाका साथै, तिहारका विशेष दिनहरुमा विद्युत् माग र आपूर्ति व्यवस्थापनको जानकारी लिएका छन् । सोमबार साँझ नेपाल व...
एकैदिन देशभर १८ विपद्का घटना, सावधानी अपनाउन अपिल
काठमाडौँ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले हिजो शनिबार देशभर १८ विपद्का घटना घटेको जनाएको छ । उदयपुर, रौतहट, बारा, काठमाडौं र कपिलवस्तुमा आगलागीका दुई दुईवटा घटना घटेका छन् । आगलागीका मात्र १...



