सोमबार, ०४ साउन २०८३
नेपाली

टी–२० विश्वकपका लागि नेपाली टिमको घोषणा

Main News Image

काठमाडौँ । भारत र श्रीलंकाको संयुक्त आयोजनामा हुने टी–२० विश्वकप क्रिकेटका लागि नेपाली टिमको घोषणा भएको छ । नेपाल क्रिकेट संघ क्यानले मंगलबार बेलुकी टिमको घोषणा गरेको हो । रोहित पौडेलको कप्तानीमा रहने टिमको उपकप्तानी दिपेन्द्र सिंह ऐरीले गर्नेछन् । 

त्यस्तै टिममा सन्दीप लामिछाने, कुशल भुर्तेल, आसिफ शेख, सन्दीप जोरा, आरिफ शेख, बसिर अहमद, सोमपाल कामी, करण केसी, नन्दन यादव, गुल्शनकुमार झा, ललित राजवंशी, शेर मल्ल र लोकेश म रहेका छन् । शेर पहिलो पटक राष्ट्रिय टिममा परेका हुन् । नेपाल प्रिमियर लिग एनपीएलमा गतिलो प्रदर्शन गरेका आधारमा उनलाई छानिएको हो । 

विश्वकप आगामी फेब्रुअरी ७ देखि मार्च ८ तारिखसम्म हुनेछ । नेपाल समूह सीमा रहेको छ । नेपालको समूहमा इङ्गल्याण्ड, वेष्ट इन्डिज, बंगलादेश र इटाली रहेका छन् । 


mediabaaji add

सम्बन्धित खबर

मार्टिनेलीको इन्जुरी समयको गोलमा ब्राजिल विश्वकपको अन्तिम १६ मा, जापान पराजित

काठमाडौँ । अमेरिकामा जारी फिफा विश्वकप अन्तर्गत सोमबार राति भएको निकै नै रोमाञ्चक र प्रतिस्पर्धात्मक खेलमा पाँच पटकको विजेता ब्राजिलले जापानलाई २,१ गोल अन्तरले पराजित गर्दै अन्तिम १६ को यात्रा तय गरेको छ । निर्धारित ९० मिनेटको खेल १,१ को बराबरीमा...

रोमाञ्चक पुनरागमनसँगै इजिप्टलाई हराएर साविक विजेता अर्जेन्टिना विश्वकपको क्वाटरफाइनलमा

काठमाडौँ । साविक विजेता अर्जेन्टिना संयुक्त राज्य अमेरिका, क्यानडा र मेक्सिकोद्वारा संयुक्त रूपमा आयोजित ‘फिफा विश्वकप(२०२६’ को क्वाटरफाइनलमा प्रवेश गरेको छ ।

अमेरिकाको एटलान्टास्थित मर्सिडिज(बेन्ज स्टेडियममा नेपाली समयअनुसार असार २४ गते भएक...

फिफा विश्वकप २०२६ : स्कटल्यान्डमाथि ब्राजिलको सानदार जित

काठमाडौँ । फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘सी’ को रोमाञ्चक एवं निर्णायक भिडन्तमा बलियो टोली ब्राजिलले स्कटल्यान्डमाथि ३,० को सहज जित दर्ता गरेको छ । अमेरिकाको मायामीस्थित प्रतिष्ठित हार्ड रक स्टेडियममा भएको उक्त खेलमा ब्राजिलले सुरुदेखि नै बलियो...

नेपाल टी-२० विश्वकपमा छनोट

काठमाडौँ । नेपालले अर्को वर्ष भारत र श्रीलंकामा आयोजना हुने टी–२० आइसिसी विश्वकप, २०२६ का लागि छनोट भएको छ । ओमानमा जारी एसिया एण्ड इएपी छनोटमा शीर्ष तीनमा परेसँगै नेपाल विश्वकपका लागि छनोट भएको हो ।

जारी प्रतियोगिता...

टी-२० विश्वकपमा आज तीन खेल हुदै

काठमाडौँ । जारी टी-२० विश्वकपमा आज तीन खेल हुदैछन् । आज पहिलो खेल समुह बी अन्तर्गत आयरल्याण्ड र ओमानबीच हुदैछ । श्रीलंकाको कोलम्बोमा हुने यो खेल नेपाली समय अनुसार बिहान ११स् १५ बजेदेखि शुरु हुदैछ । जारी विश्वकपमा आयरल्याण्ड र ओमान दुवैले आफ्ना शुर...

त्रिवि क्रिकेट रंगशाला ३५ दिनभित्र खाली गर्न अल्टिमेटम

काठमाडौँ । त्रिभुवन विश्वविद्यालयले त्रिवि क्रिकेट रगंशाला खाली गर्न नेपाल क्रिकेट संघ ९क्यान०लाई ३५ दिने अल्टिमेटम दिएको छ । अतिक्रमित जग्गा फिर्ता ल्याउन गत ४ वैशाखमा त्रिविले ३५ दिनको सूचना जारी गरेकोमा सो अन्तर्गत क्रिकेट रगंशाला पनि परेको छ ।...