सोमबार, ११ साउन २०८३
नेपाली

तीन साहित्यकारलाई ‘मधुपर्क सम्मान’को घोषणा

Main News Image

काठमाडौँ । गोरखापत्र संस्थानको मासिक प्रकाशन साहित्यिक पत्रिका मधुपर्कले हरेक वर्ष प्रदान गर्दै आएको ‘मधुपर्क सम्मान’को घोषणा गरिएको छ । यस वर्षको ‘मधुपर्क सम्मान’ पद्यतर्फ अग्रज कवि एवं गीतकार यादव खरेललाई र गद्यतर्फ कथाकार भाउपन्थीलाई प्रदान गर्ने निर्णय गरिएको छ ।

युवा साहित्यकारलाई दिइँदै आएको ‘मधुपर्क प्रतिभा’ यस वर्ष समालोचक गीता त्रिपाठीलाई प्रदान गरिने मधुपर्कका सम्पादक तुलसीहरि कोइरालाले जानकारी दिए । यसअघि मधुपर्क सम्मान प्राप्त गरिसकेका कथाकार ध्रुव सापकोटाको संयोजकत्वमा मधुपर्कका सम्पादक कोइराला र नायब कार्यकारी सम्पादक लक्ष्मी खतिवडासहितको ‘मधुपर्क सम्मान चयन समिति, २०८३’ ले उक्त निर्णय गरेको जनाइएको छ ।


mediabaaji add

सम्बन्धित खबर

मदन पुरस्कारका लागि उत्कृष्ट १० पुस्तकहरूको सूची सार्वजनिक

काठमाडौँ । मदन पुरस्कार गुठीले ‘मदन पुरस्कार २०८२’ का लागि उत्कृष्ट १० पुस्तकहरूको श्रेष्ठ सूची सार्वजनिक गरेको छ । गुठीका अध्यक्ष कुन्द दीक्षितद्वारा जारी विज्ञप्तिअनुसार यस वर्ष प्राप्त कूल २९८ वटा पुस्तकहरूमध्येबाट यी १० उत्कृष्ट कृतिहरू छनौट ग...

गिरीको गजल ऋण लागेपछि !

बाँच्ने भन्दा नि मर्ने , बनाउँछ ऋण लागेपछि

गह भरि आँसु भर्ने, बनाउँछ ऋण लागेपछि


जन्म घर , माया मोह र बुढी आमा छोडेर 

रुदैँ खाडीमा झर्ने , बनाउँछ ऋण लागेपछि


घरबारी सुम्पिएको त्यो ज्याद्रो तमसुक सम्...

उपन्यासकार राजकुमार राईद्वारा २२ वटा पुस्तकालय स्थापना

काठमाडौँ । उपन्यासकार राजकुमार राईले हालसम्म २२ वटा पुस्तकालय पुस्तकालय अभियानबाट   स्थापना गरेका छन् । पछिल्लो पुस्तकालय स्थापनाको लागि करिब १ लाख ७० हजार मूल्य बराबरको १३ सय थान पुस्तक सितलपाटी टोल संस्था स...

सरुभक्त ‘कविता एन्ड द कप’मा गुन्जिए, सरल र जनमुखी कविताको पक्षमा जोड

काठमाडौँ । प्रसिद्ध साहित्यकार तथा बहुआयामिक सर्जक सरुभक्तको प्रमुख आतिथ्यमा ‘कविता एन्ड द कप’ कार्यक्रम सम्पन्न भएको छ । अनामनगरस्थित सिलौटो कटेजमा आयोजित कार्यक्रममा कविता वाचन, साहित्यिक अन्तरक्रिया तथा समकालीन नेपाली कवितामाथि गहन विमर्श गरिएक...

भक्तपुरमा मुक्तक लेखन तथा वाचन कार्यक्रम सम्पन्न !


• दुर्बिन शर्मा 'विवेक'

भक्तपुर ।मुक्तकसागर र प्रोक्सिमा इन्टरनेसनल एकेडेमीको संयुक्त आयोजनामा विद्यार्थीहरूबिच मुक्तक लेखन तथा वाचन प्रतियोगिता कार्यक्रम सम्पन्न भएको छ।

     कार्यक्रमको सञ्चालन एकेडेमीका रा...

'मातृभाषा राष्ट्रिय कविता महोत्सव २०८२' सम्पन्न

 प्राज्ञ चेतनाथ धमला

काठमाडौँ। नेपाल प्रज्ञा-प्रतिष्ठानले अन्तर्राष्ट्रिय मातृभाषा दिवस -२०२६को आयोजना गरेको थियोे। कार्यक्रमको सुरुमा काठमाडौँको कमलादी, घण्टाघर ,रत्नपार्क र दरबारमार्ग लगायतका स्थानको परिक्रमा विभिन्न जनजाति र मातृभाषा...