फिफाद्वारा एन्फा निलम्बित, तेस्रो पक्षको हस्तक्षेप भएको निष्कर्ष
काठमाडौँ । विश्व फुटबलको सर्वोच्च निकाय फिफाले अखिल नेपाल फुटबल संघ एन्फालाई निलम्बन गरेको छ । फिफा काउन्सिलको ब्युरोले एन्फामाथि फिफा विधानको गम्भीर उल्लंघन भएको ठहर गर्दै निलम्बनको निर्णय गरेको हो । फिफाले जारी गरेको विज्ञप्तिअनुसार एन्फामा तेस्रो पक्षको हस्तक्षेप भएको पाइएको र यसले फिफा विधानको धारा १४ को उपधारा १ तथा उपधारा ३ को उल्लंघन गरेको निष्कर्ष निकालिएको छ ।
फिफाले एन्फाको गतिविधिमा बाह्य हस्तक्षेप भएको भन्दै उक्त हस्तक्षेपलाई फुटबल संघको स्वतन्त्रता र स्वायत्तताविरुद्धको कदमका रूपमा व्याख्या गरेको छ । फिफा विधानअनुसार सदस्य संघहरूले आफ्ना कामकारबाही स्वतन्त्र रूपमा सञ्चालन गर्नुपर्ने व्यवस्था रहेको छ ।
एक्सप्रेस
सम्बन्धित खबर
टी–२० विश्वकपका लागि नेपाली टिमको घोषणा
काठमाडौँ । भारत र श्रीलंकाको संयुक्त आयोजनामा हुने टी–२० विश्वकप क्रिकेटका लागि नेपाली टिमको घोषणा भएको छ । नेपाल क्रिकेट संघ क्यानले मंगलबार बेलुकी टिमको घोषणा गरेको हो । रोहित पौडेलको कप्तानीमा रहने टिमको उपकप्तानी दिपेन्द्र सिंह ऐरीले गर्नेछन्...
एनपिएलमा सुदूरपश्चिम रोयल्सको लगातार तेस्रो जीत
काठमाडौँ । नेपाल प्रिमियर लिग एनपिएलमा सुदूरपश्चिम रोयल्सले आफ्नो तेस्रो जित दर्ता गरेको छ । सोमबार कीर्तिपुरको टियु क्रिकेट रङ्गशालामा सुदूरपश्चिमले कर्णाली याक्सलाई ४५ रनले पराजित गर्यो । सुदूरपश्चिमले दिएको १४०...
सञ्जुको विष्फोटक शतकमा चेन्नईको पहिलो जित,दिल्ली २३ रनले पराजित
काठमाडौँ । इण्डियन प्रिमियर लिग आईपीएलको जारी सिजनमा लगातार तीन हार बेहोरेको चेन्नई सुपर किंग्सले शनिबार राति दिल्ली क्यापिटल्सलाई २३ रनले पराजित गर्दै पहिलो जित दर्ता गरेको छ। चेपौक स्टेडियममा भएको खेलमा चेन्नईले प्रस्तुत गरेको २१३ रनको विशाल लक्...
एनपीएलः आज पोखरा एभेञ्जर्स र सुदूरपश्चिम रोयल्स भिड्दै
काठमाडौँ । नेपाल प्रिमियर लिग एनपीएल अन्तर्गत आज त्रिभुवन विश्वविद्यालयको अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा पोखरा एभेञ्जर्स र सुदूरपश्चिम रोयल्स आमनेसामने हुँदैछन् । अपराह्न ४ः०० बजे हुने खेलमा पोखरा एभेञ्जर्सको नेतृत्व...
एनपीएल : आज विराटनगर किंग्स र चितवन राइनोज भिड्दै
काठमाडौँ । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग एनपीएल अन्तर्गत आज विराटनगर किंग्स र चितवन राइनोज भिड्दैछन् । बुधबार दिउँसो ४ बजे त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा सुरु हुने खेलमा आज विराटनगर किंग्स र चितवन राइनोज प्रतिस...
महिला गोल्डकपमा उद्घाटन खेल जितेर पुलिस फाइनलमा, विजेतालाई पाँच लाख
कास्की । देशको पर्यटकीय राजधानी पोखरामा शुक्रबारदेखि महिला गोल्डकप फुटबल प्रतियोगिता शुरू भएको छ । यो प्रतियोगिता पोखरामा आयोजना भएको महिलाको पहिलो प्रतियोगिता हो ।
आरएस पोखरा फुटबल क्लबको आयोजनामा पोखरा रङ्गशालामा सञ्चालन भएको प्रतियोगिताको...



