अस्पतालबाटै किशोरीको शव हराएपछि गोलबजारमा चक्का जाम
सिरहा । सिरहाको गोलबजार नगरपालिका–३, जमदहकी करिब १६ वर्षीया किशोरी निशा बानियाँको शव अस्पतालबाटै हराएको घटनाले क्षेत्र तनावग्रस्त बनेको छ । घटनाको विरोधमा आक्रोशित आफन्त र स्थानीयवासीले हिजो माघ ११ गते पूर्व–पश्चिम राजमार्ग अन्तर्गत गोलबजार क्षेत्रमा चक्का जाम गरेका थिए ।
रमेश बानियाँकी छोरी निशा बानियाँको शव पोष्टमार्टमका लागि लहानस्थित रामकुमार उपेन्द्रप्रसाद प्रादेशिक अस्पतालमा राखिएको थियो । तर शव नै हराएको जानकारी पाएपछि दोषीमाथि कडा कारबाहीको माग गर्दै आफन्त र स्थानीय सडकमा उत्रिएका हुन् ।
एक्सप्रेस
सम्बन्धित खबर
फेरि नयाँ मौसमी प्रणाली भित्रिँदै, पूर्वका दर्जनौँ जिल्लामा भारी वर्षाको सम्भावना
काठमाडौँ । अरब सागरमा बनेको मौसमी प्रणालीका कारण देशका विभिन्न स्थानमा हाल वर्षा र हिमपात भइरहेको छ । सो प्रणाली बाहिरिएर बुधबारेदेखि सुधार आउने भए पनि बिहीबार साँझदेखि फेरि अर्को मौसम प्रणाली भित्रिने भएको छ । मौसमविद...
भीमफेदी कारागारका १ सय ६८ कैदीबन्दी अझै फरार
बागमती । मकवानपुरको भीमफेदीस्थित क्षेत्रीय कारागारबाट फरार भएकामध्ये दुई सय ७२ जना कैदीबन्दी कारागार फर्किएका छन् भने एक सय ६८ जना कैदीबन्दी अझै फरार छन् । गत भदौ २४ गते राति कारागारको पर्खाल भत्काएर फरार भएका चार सय ४...
डेडिकेटेड तथा ट्रकलाइनसम्बन्धी प्रिमियम शुल्क विवाद समाधानको पहल सकरात्मक
काठमाडौँ । नेपाल विद्युत प्राधिकरण र ठूला उद्योगहरूबीच लामो समयदेखि जारी डेडिकेटेड तथा ट्रकलाइनसम्बन्धी प्रिमियम शुल्क विवाद समाधानका लागि सरकारले चालेको पहललाई उद्योगीहरूले स्वागत गरेका छन् । नेपाल उद्योग वाणिज्य महास...
नेता र व्यवसायीकै घर पर्ने भएपछि पेचिलो बन्दै हेटौंडामा सडक विस्तारको योजना
हेटौंडा । सडक डिभिजन कार्यालय हेटौंडाले बजार क्षेत्रका संरचना हटाउन १५ दिने सूचना जारी गरेसँगै पुन विवाद बल्झिएको छ । डिभिजन कार्यालयले मुख्य सडक दुवैतर्फ २५(२५ गज सीमा कायम गरी नापजाँचको काम अघि बढाएपछि स्थानीय व्यवसा...
यी प्रदेशका पहाडी भू-भागमा हल्का वर्षा र हिमपातको सम्भावना
काठमाडौँ । हाल देशभर कुनै उल्लेखनीय मौसम प्रणाली सक्रिय रहेको छैन । जल तथा मौसम विज्ञान विभागका अनुसार हाल कोशी प्रदेश, गण्डकी प्रदेश र कर्णाली प्रदेशका पहाडी तथा हिमाली भू–भागमा बदली रहि बाँकी भू–भागमा मौस...
विश्व दूरसञ्चार तथा सूचना समाज दिवस आज, डिजिटल विभाजन कम गर्ने लक्ष्य
काठमाडौँ । इन्टरनेट तथा सूचना–सञ्चार प्रविधि आइसिटीको माध्यमबाट समाज र अर्थतन्त्रमा सकारात्मक परिवर्तन ल्याउने तथा डिजिटल असमानता घटाउने उद्देश्यका साथ आज मे १७ मा विश्वभर ‘विश्व दूरसञ्चार तथा सूचना समाज दिवस’ विविध कार्यक्रम गरी मनाइँदैछ ।
...


