बिहिबार, ३२ असार २०८३
नेपाली

बालबालिकासम्बन्धी ऐनको कार्यान्वयन मापन प्रतिवेदन पारित

Main News Image

काठमाडौँ । विधायन व्यवस्थापन समितिको बैठकले बालबालिकासम्बन्धी ऐन, २०७५ को कार्यान्वयन अवस्थाबारे तयार पारिएको मापन प्रतिवेदनको मस्यौदा पारित गरेको छ। बिहीबार बसेको बैठकले ऐनमा समेटिएका बाल सहभागितासम्बन्धी प्रावधानहरूको कार्यान्वयन मूल्याङ्कन गर्दै उक्त प्रतिवेदन पारित गरेको हो। 

समितिकी सभापति तुलसाकुमारी दाहालले ऐनमा रहेका बाल सहभागिताका विषयवस्तुमा व्यापक छलफल गरिएको र यस क्रममा समितिले १७ वटा कार्यक्रमका साथै पाँच वटा प्रदेशमा प्रत्यक्ष छलफल गरेको जानकारी दिएकी छन्। उनले सातै प्रदेशमा पुगेर छलफल गर्न सकेको भए प्रतिवेदन अझ प्रभावकारी हुने उल्लेख गर्दै समय अभावका कारण विज्ञहरूसँग थप परामर्श गर्न नपाइएको स्वीकार गरिन्।

समितिले स्थापित गरेको अभ्यास अनुसार प्रत्येक पाँच वर्षमा ऐनको कार्यान्वयन मापन गर्नुपर्ने विषयलाई महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले पनि अघि बढाएको दाहालले बताइन्। उनले मन्त्रालयले विधेयकको मस्यौदा तयार पारिसकेको र प्रक्रिया अगाडि बढिसकेकाले निर्वाचनपछि बालबालिकासम्बन्धी ऐन संशोधनको विधेयक चाँडै संसद्मा आउने जानकारी दिइन्। प्रतिवेदनले बाल सहभागिताका संवैधानिक तथा कानुनी प्रावधान कार्यान्वयनमा सकारात्मक प्रयास भए पनि संस्थागत सुदृढीकरण, समन्वय र प्रभावकारी अनुगमनमा अझै सुधार आवश्यक रहेको देखाएको छ।

mediabaaji add

सम्बन्धित खबर

प्रचण्डको क्षेत्र गोरखा २ बाट एमालेको उम्मेदवार चक्रे मिलन

काठमाडौँ । नेकपा एमाले गोरखाले क्षेत्र नम्बर २ को प्रतिनिधि सभा उम्मेदवारका रूपमा चक्रे मिलन मिलन गुरूङलाई सिफारिस गरेको छ। २०७९ सालको प्रतिनिधिसभा निर्वाचनमा पनि उनलाई एमालेले गोरखा क्षेत्र नम्बर २ बाट उम्मेदवार पनि सिफारिस गरेको थियो । २०७९ सालक...

मुख्यमन्त्री यादवद्वारा मधेशवादी दल र नेताको उक्साहटमा नलाग्न प्रदेशवासीलाई आग्रह

जनकपुर । मधेश प्रदेशका मुख्यमन्त्री सरोज कुमार यादवले प्रदेशवासीका लागि सम्बोधन गरेका छन् । शनिबार विहान जनकपुरधामस्थित आफ्नो निजी निवासमा पत्रकारहरु समक्ष प्रदेशवासीका लागि सम्बोधन प्रस्तुत गरेका छन् । सम्बोधनमा मुख्य...

८० वटै मेसिनको मुचुल्का तयार गरिँदै, सर्वपक्षीय बैठकपछि मात्रै नतिजा घोषणा

काठमाडौँ । नेकपा एमालेको ११ औँ महाधिवेशन अन्तर्गत नयाँ नेतृत्व चयनका लागि भएको मतदानको कार्य बिहीबार बिहान सफलतापूर्वक सम्पन्न भएको छ। निर्वाचन समितिले अहिले मतदानमा प्रयोग भएका ८० वटै विद्युतीय भोटिङ मेसिनहरूको मुचुल...

शिक्षकहरुलाई सरकारले तोकेको न्युनतम पारिश्रमिक दिन स्थानीय सरकारलाई शिक्षामन्त्रीको आग्रह

काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री महावीर पुनले स्थानिय सरकारहरुलाई विद्यालय कर्मचारी र बाल शिक्षकहरुलाई सरकारले तोकेको न्युनतम तलव दिन आग्रह गरेका छन् । मंगलबार फेसबुकमा स्टेटस राख्दै उनले शिक्षामन्त्रालयल...

राष्ट्रिय सभा निर्वाचनः सात प्रदेशमा मतदान केन्द्र तोकियो

काठमाडौँ । राष्ट्रिय सभा सदस्य निर्वाचन, २०८२ का लागि सात प्रदेशमा मतदान स्थल तथा मतदान केन्द्र तोकिएको छ । आयोगका सहसचिव तथा प्रवक्ता नारायण प्रसाद भट्टराईका अनुसार पुस २ गते बधुबार सातै वटा प्रदेशको प्रदेश राजधानी रहेका जिल्लामा मतदान स्थलरकेन्द...

राष्ट्रिय सभाको चालु अधिवेशन आज रातिदेखि अन्त्य हुँदै

काठमाडौँ । राष्ट्रिय सभाको चालु अधिवेशन आज राति १२:०० बजेदेखि लागू हुने गरी अन्त्य हुँदैछ । मन्त्रिपरिषद्को माघ २६ गतेको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले संविधानको धारा ९३ को उपधारा ३ बमोजिम अधिवेशन अन्त्य गरेका हुन् ।

राष्ट्रियसभाका अ...