आइतबार, २१ भदौ २०८३
नेपाली

फेरि नयाँ मौसमी प्रणाली भित्रिँदै, पूर्वका दर्जनौँ जिल्लामा भारी वर्षाको सम्भावना

Main News Image

काठमाडौँ । अरब सागरमा बनेको मौसमी प्रणालीका कारण देशका विभिन्न स्थानमा हाल वर्षा र हिमपात भइरहेको छ । सो प्रणाली बाहिरिएर बुधबारेदेखि सुधार आउने भए पनि बिहीबार साँझदेखि फेरि अर्को मौसम प्रणाली भित्रिने भएको छ । मौसमविद् उज्ज्वल उपाध्यायका अनुसार बंगालको खाडीमा विकसित ‘मोन्था’ नामक चक्रवातको प्रभावले पुनः मौसम प्रतिकूल हुने भएको हो । अरब सागरको प्रभाव सोमबार रातिसम्म कमजोर हुँदै जाँदा बुधबार धेरै ठाउँमा आंशिक घाम लाग्नेछ । तर, बिहीबारदेखि बंगालको खाडीमा विकसित चक्रवात उत्तर पश्चिमतिर सर्दै नेपालमा प्रवेश गर्ने भएकाले पुनः भारी वर्षा र हिमपातको जोखिम बढेको उनले बताए ।

गत असोजमा भीषण बाढी पहिरोबाट प्रभावित इलामलगायतका जिल्ला यस पटक पनि बढी जोखिममा रहेको मौसमविद्हरूको भनाइ छ । बिहीबार साँझदेखि शुक्रबार मध्यान्हसम्म इलाम, धनकुटा, संखुवासभा, सोलुखुम्बु, तेह्रथुम, पाँचथर, खोटाङ र झापा जिल्लामा दुई सय मिलिमिटरसम्म वर्षा हुन सक्ने सम्भावना रहेको छ ।

‘मोन्था’ चक्रवात १३ गते साँझ पर्सा, बारा, रौतहट हुँदै नेपाल प्रवेश गर्नेछ । यसको इपिसेन्टर नारायणी र त्रिशूली नदीको पूर्वी भागमा पर्ने भएकाले बागमती र तराईका जिल्लाहरूमा व्यापक वर्षा हुने अनुमान छ । यस प्रणालीको प्रभाव त्रिशूली नदीदेखि कर्णाली नदीसम्म मध्यम रहने र पश्चिम नेपालतर्फ न्यून असर पर्ने पूर्वानुमान गरिएको छ। अरब सागरको प्रभावले पहिले नै मुगु, डोल्पा, हुम्ला, जुम्ला, मनाङ, मुस्ताङ, म्याग्दी, रुकुम पूर्वलगायतका उच्च स्थानहरूमा भारी हिमपात भइसकेको छ । यसले धेरै स्थानमा पदयात्रा कठिन बनाएको छ।

बिहीबार मध्याह्नदेखि बिपी राजमार्ग, पृथ्वी राजमार्ग र काठमाडौँ–हेटौँडा जोड्ने सडक खण्डमा यात्रा गर्दा उच्च सतर्कता अपनाउन मौसमविद्को आग्रह छ । काठमाडौँ उपत्यका र आसपासका क्षेत्रमा ७० देखि ८० मिलिमिटरसम्म वर्षा हुनसक्ने मौसम विभागको पूर्वानुमान रहेको छ ।

mediabaaji add

सम्बन्धित खबर

BREAKING : काठमाडौंबाट ओखलढुंगा गइरहेको बस तामाकोशीमा खसेर डुब्यो

काठमाडौँ । काठमाडौंबाट ओखलढुंगाको लागि छुटेको बस तामाकोशी नदीमा खसेर डुबेको छ । प्रहरी चौकी सेलेघाटका अनुसार बस पानीमा चुर्लुम्म डुबेको छ र धेरैको ज्यान गएको हुन सक्ने आशंका गरिएको छ ।

विभिन्न कार्यक्रमका साथ ज्येष्ठ नागरिक दिवस मनाइँदै

काठमाडौँ ।  ‘हाम्रो साझा अभियानः ज्येष्ठ नागरिकप्रति श्रद्धा र सम्मान’ भन्ने आदर्श वाक्यका साथ आज विभिन्न कार्यक्रम आयोजना गरी ज्येष्ठ नागरिक दिवस मनाइँदैछ । ज्येष्ठ नागरिकको हक, हित तथा अधिकारको संरक्षण गर्दै सम्मान, संरक्षण र सहभागिता प्रवर...

विश्व मातृ पृथ्वी दिवसः दिगो भविष्यका लागि सामूहिक प्रयासको आह्वान

काठमाडौँ । दिगो भविष्यका लागि सामूहिक प्रयासको आह्वान गर्दै आज विश्व मातृ पृथ्वी दिवस विश्वका विभिन्न मुलुकमा विविध कार्यक्रमाका साथ मनाइँदैछ। संयुक्त राष्ट्रसंघको आह्वानमा सन् २००९ देखि प्रत्येक वर्ष अप्रिल २२ मा यो दिवस मनाउन प्रारम्भ भएको हो ।<...

सडकमा धुलो झारेर प्रदूषण गर्ने घरधनीलाई २५ हजार रुपैयाँ जरिवाना

काठमाडौँ । काठमाडौं महानगरपालिकाले सडकमा धुलो खसालेर वातावरण प्रदूषण गर्ने घरधनीलाई २५ हजार रुपैयाँ जरिवाना गरेको छ । महानगरपालिका वडा नं १५ किमाडोलस्थित निर्माणाधीन आवासीय घरमा आवश्यक सावधानी नअपनाई निर्माण सामग्री ओसारपसार गर्दा सडकमा धुलो खसाले...

तामाकोसी बस दुर्घटना : प्रशासन-पीडितबीच ८ बुँदे सहमति, पोस्टमार्टम प्रक्रिया अघि बढ्ने

रामेछाप । मन्थली नगरपालिका-६ स्थित तामाकोसी नदीमा मंगलबार भएको यात्रुवाहक बस दुर्घटनापछि उत्पन्न विवाद समाधानका लागि जिल्ला प्रशासन कार्यालय रामेछापमा स्थानीय प्रशासन र पीडित परिवारबीच सहमति भएको छ । सहमति भएसँगै रोकिएको पोस्टमार्टम प्रक्रिया अघि...

पशुपतिनाथमा महाशिवरात्रीको तयारी तिब्र

काठमाडौँ । पशुपतिनाथमा यस वर्षको महाशिवरात्रीको तयारी तिब्र पारिएको छ ।  पशुपति क्षेत्र विकास कोषले मन्दिर परिसरमा मर्मत, सरसफाई र रंगरोगन गरिरहेको छ । यही फागुन ३ गते आइतबार त्रयोदशीका दिन पर्ने महाशिवरात्री पर्वमा पशुपति क्षेत्रमा दर्शन गर्...