शनिबार, ०२ साउन २०८३
नेपाली

नेपाली युवतीलाई चिनियासँग बिहे गराइदिने गिरोह पक्राउ

Main News Image

काठमाडौँ । नेपालमा अवैध रूपमा ‘म्यारिज ब्युरो’ चलाएको आरोपमा चार जना चिनियाँ नागरिक पक्राउ परेका छन् । उनीहरूलाई अध्यागमन विभागको टोलीले काठमाडौँको सोह्रखुट्टे–मिलीजुली चोक क्षेत्रबाट नियन्त्रणमा लिएको हो । अध्यागमन विभागका निर्देशक टीकाराम ढकालका अनुसार उनीहरूले आर्थिक रूपमा कमजोर नेपाली युवतीहरूलाई चिनियाँ पुरुषसँग विवाह गराइदिने काम गर्दै आएको प्रारम्भिक अनुसन्धानले देखाएको छ । विभागका अनुसार पक्राउ पर्नेहरूमा तीन पुरुष र एक महिला छन् ।

हाउजिङमा बस्दै आएका उनीहरूको भिसा भने व्यावसायिक भए पनि वास्तविक व्यवसाय के हो भन्ने प्रश्नमा उनीहरू स्पष्ट हुन नसकेको विभागले जनाएको छ । साथै, उनीहरूले नेपाली किशोरीहरूलाई टिकटक बनाउन लगाई त्यसकै माध्यमबाट चिनियाँ व्यक्तिहरूसँग सम्पर्क स्थापित गराई विवाहसम्म पुर्‍याउने काम सञ्चालन गरेको पाइएको विभागले बताएको छ ।

केही युवतीहरूलाई विवाहका नाममा चीन पठाइएको जानकारी पनि अनुसन्धानमा खुलेको छ । पक्राउ परेका दुई जनाले विगत करिब १० वर्षदेखि पर्यटक, विद्यार्थी तथा व्यावसायिक भिसाको आधारमा नेपालमै बस्दै आएको भेटिएको छ ।

कानुनअनुसार अवैध रूपमा बस्ने विदेशी नागरिकलाई ५० हजार रुपैयाँसम्म जरिवाना र देश निकाला गर्ने प्रावधान छ ।

mediabaaji add

सम्बन्धित खबर

मापसेका कारण वैशाख महिनामा देशभर १२४ सवारी दुर्घटना, १२ जनाको मृत्यु र १७४ घाइते

काठमाडौँ । गत वैशाख महिनामा मात्रै देशभर मादक पदार्थ सेवन ९मापसे० गरेर सवारी साधन चलाउँदा १२४ वटा सवारी दुर्घटना भएका छन् । नेपाल प्रहरीका अनुसार ती दुर्घटनामा परी १२ जनाले ज्यान गुमाएका छन् भने १७४ जना घाइते भएका छन् । मापसेका कारण सवारी दुर्घटना...

६१ किलो सुन तस्करी प्रकरणमा जीवन चलाउनेविरुद्ध सम्पत्ति शुद्धीकरण मुद्दा दायर

काठमाडौँ । ६१ किलो सुन तस्करी प्रकरणमा संलग्न मष्टा ग्रुप प्रालिका सञ्चालक जीवन चलाउनेविरुद्ध काठमाडौं जिल्ला अदालतमा सम्पत्ति शुद्धीकरणको मुद्दा दायर गरिएको छ। सम्पती शुद्धीकरण विभागले उनीविरुद्ध मुद्दा दायर गरेको हो...

गृह मन्त्रालयद्वारा सशस्त्र प्रहरीका १४ डीआईजीको सरुवा र पदस्थापन

काठमाडौँ । गृह मन्त्रालयले सशस्त्र प्रहरी बलका ७ जना नायव महानिरीक्षक डीआईजीको सरुवा र अन्य ७ जना नयाँ डीआईजीको पदस्थापन गरेको छ । मन्त्रालयको निर्णयअनुसार नम्बर २ छिन्नमस्ता बाहिनी मुख्यालय महोत्तरीमा विष्णुप्रसाद भट्ट, नम्बर ५ विन्ध्यवासिनी मुख्...

दुई हजार ६९२ जना ट्राफिक कारबाहीमा

काठमाडौँ । बितेका २४ घण्टामा दुई हजार ६९२ जना सवारी चालक सवारी नियम उल्लङ्घनको कारबाहीमा परेका छन् । यसबाट राज्यकोषमा रु सात लाख ६० हजार राजस्व दाखिला भएको छ । काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार मादक पदार्थ सेवन गरेको ९१, यान्त्रिक...

प्रहरीको गोलीबाट वडाध्यक्षको हत्या

जनकपुरधाम । धनुषाको मिथिला बिहारी नगरपालिका–९ का अध्यक्ष विन्देश्वर यादवको हत्याको आरोपमा प्रहरी जवान शम्भु यादव पक्राउ परेका छन् । भोज खाने विषयमा विवाद हुँदा प्रहरी जवान यादवले वडाध्यक्ष यादवमाथि गोली प्रहार गर...

जेनजी आन्दोलनमा प्रहरीको हत्यामा संलग्न थप एक जना पक्राउ

काठमाडौँ । प्रहरी वृत्त महाराजगन्जमा कार्यरत प्रहरी जवान उत्तम थापाको हत्यामा संलग्न रहेको आरोपमा प्रहरीले थप एक जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी परिसर काठमाडौँको टोलीले २१ वर्षीय सोङ गुरुङलाई काठमाडौँको धुम्बाराह...