नेपाली युवतीलाई चिनियासँग बिहे गराइदिने गिरोह पक्राउ
काठमाडौँ । नेपालमा अवैध रूपमा ‘म्यारिज ब्युरो’ चलाएको आरोपमा चार जना चिनियाँ नागरिक पक्राउ परेका छन् । उनीहरूलाई अध्यागमन विभागको टोलीले काठमाडौँको सोह्रखुट्टे–मिलीजुली चोक क्षेत्रबाट नियन्त्रणमा लिएको हो । अध्यागमन विभागका निर्देशक टीकाराम ढकालका अनुसार उनीहरूले आर्थिक रूपमा कमजोर नेपाली युवतीहरूलाई चिनियाँ पुरुषसँग विवाह गराइदिने काम गर्दै आएको प्रारम्भिक अनुसन्धानले देखाएको छ । विभागका अनुसार पक्राउ पर्नेहरूमा तीन पुरुष र एक महिला छन् ।
हाउजिङमा बस्दै आएका उनीहरूको भिसा भने व्यावसायिक भए पनि वास्तविक व्यवसाय के हो भन्ने प्रश्नमा उनीहरू स्पष्ट हुन नसकेको विभागले जनाएको छ । साथै, उनीहरूले नेपाली किशोरीहरूलाई टिकटक बनाउन लगाई त्यसकै माध्यमबाट चिनियाँ व्यक्तिहरूसँग सम्पर्क स्थापित गराई विवाहसम्म पुर्याउने काम सञ्चालन गरेको पाइएको विभागले बताएको छ ।
केही युवतीहरूलाई विवाहका नाममा चीन पठाइएको जानकारी पनि अनुसन्धानमा खुलेको छ । पक्राउ परेका दुई जनाले विगत करिब १० वर्षदेखि पर्यटक, विद्यार्थी तथा व्यावसायिक भिसाको आधारमा नेपालमै बस्दै आएको भेटिएको छ ।
कानुनअनुसार अवैध रूपमा बस्ने विदेशी नागरिकलाई ५० हजार रुपैयाँसम्म जरिवाना र देश निकाला गर्ने प्रावधान छ ।
एक्सप्रेस
सम्बन्धित खबर
बालेनको घरमा चोरीको आशंका, गेट फुटाइयो
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका वरिष्ठ नेता बालेन्द्र शाह बालेनको काठमाडौंस्थित घरमा चोरीको आशमकामा प्रहरीले अनुसन्धान अगाडि बढाएको छ । घरको गेटमा तोडफोड भएपछि प्रहरीले अनुसन्धान थालेको हो ।
नागढुङ्गाबाट ७ लाख मूल्यका १४ थान पुराना आईफोन बरामद
काठमाडौँ । काठमाडौँको मुख्य नाका नागढुङ्गाबाट प्रहरीले भन्सार छली गरी ल्याइएका करिब सात लाख रुपैयाँ बराबरका १४ थान पुराना आईफोन बरामद गरेको छ। जिल्ला प्रहरी परिसर काठमाडौँका अनुसार मंगलबार राति पौने १० बजे चन्द्रागिरि नगरपालिका(२ स्थित नागढुङ्गा च...
सशस्त्र प्रहरीमाथि आक्रमण गर्ने छ जना पक्राउ, मुख्य अभियुक्त अझै फरार
वीरगञ्ज । वीरगन्जको आदर्शनगरमा प्रहरीमाथि आक्रमण गरेको अभियोगमा पर्सा प्रहरीले छ जनालाई पक्राउ गरेको छ । भन्सार छली गरी भण्डारण गरिएका सामान नियन्त्रणमा लिन गएका सुरक्षाकर्मीमाथि भौतिक आक्रमण गरेको चार जना नेपाली र दुई जना भारतीयहरूलाई ज्यान मार्न...
ट्राफिक प्रहरीद्वारा एकै दिन २० लाख बढी राजस्व संकलन
काठमाडौँ । पछिल्लो २४ घण्टामा दुई हजार जना सवारी चालक सवारी नियम उल्लङ्घनको कारबाहीमा परेका छन् । ट्राफिक प्रहरीका अनुसार उक्त कारबाहीबाट राज्यकोषमा रु २० लाख चार हजार १४ राजस्व दाखिला भएको छ ।
काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुस...
जंगी अड्डाले भन्यो__ राहत र उद्धार सहज बनाउन सुकुम्बासीको विवरण मागेका हौं
काठमाडौँ । नेपाली सेनाले आसन्न वर्षातको समयमा हुनसक्ने सम्भावित प्राकृतिक विपद्को पूर्व तयारीका लागि तथ्याङ्क अद्यावधिक गरेको जनाएको छ । सेनाको जनसम्पर्क तथा सूचना निर्देशनालयले सोमबार एक विज्ञप्ति जारी गर्दै सुकुम्बासीहरूको विवरण माग गरिएको विषयम...
सिरहा कारागारमा तनाव, नाइके पक्राउपछि कैदीबन्दीको आगजनी र तोडफोड
सिरहा । सिरहा कारागारमा नाइके पक्राउ परेपछि तनावपूर्ण अवस्था सिर्जना भएको छ । कारागारभित्र नाइकेको विषयलाई लिएर विवाद चर्किएपछि कैदीबन्दीहरूले तोडफोड तथा आगजनी गरेका हुन् । प्रहरीका अनुसार कारागारभित्र अराजक गतिविधि भएपछि नाइके इन्द्रजित यादवसहित...


