शनिबार, ०२ साउन २०८३
नेपाली

निर्वाचन स्वच्छ र भयरहित अनिवार्य सर्त, सुरक्षाकर्मीको मनोबल उच्च

Main News Image

काठमाडौँ । राष्ट्रिय मानव अधिकार आयोगका अध्यक्ष तपबहादुर मगरले लोकतन्त्रको स्थायित्वका लागि स्वच्छ, निष्पक्ष र भयरहित निर्वाचन अनिवार्य सर्त भएको बताएका छन् । बुधबार काठमाडौँमा आयोजित ‘लोकतन्त्रको स्थायित्वका लागि निर्वाचन र सरोकारवालाको भूमिका’ विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले मतदाताले कुनै पनि डर वा धाकधम्की बिना स्वतन्त्र रूपमा आफ्नो प्रतिनिधि छान्न पाउने वातावरण हुनुपर्नेमा जोड दिए ।

अध्यक्ष मगरले सामाजिक सञ्जालमार्फत फैलिने भ्रामक सूचनाले मतदातालाई दिग्भ्रमित पार्ने जोखिम रहेको उल्लेख गर्दै त्यसलाई नियन्त्रण गर्न सरोकारवालाहरू चनाखो हुनुपर्ने बताए। मतदाताले सक्षम र योग्य व्यक्तिलाई चयन गर्न पाउनुपर्छ, तर गलत सूचनाले उनीहरूलाई प्रभावित पार्ने काम हुनुहुँदैन उनले भने।

निर्वाचन आचारसंहिता उल्लंघनका घटना र कारबाहीबारे उठ्ने गरेका प्रश्नप्रति लक्षित गर्दै अध्यक्ष मगरले उम्मेदवारहरू आफैँ बढी जिम्मेवार हुनुपर्ने धारणा राखे। सरकारमा जाने, भ्रष्टाचार निर्मूल गर्ने र सुशासन कायम गर्ने प्रतिबद्धता जनाउने उम्मेदवारहरूले निर्वाचन आचारसंहिता कोड अफ कन्डक्ट पालना नगर्ने हो भने उनीहरूको प्रतिबद्धताको अर्थ रहँदैन, उनले स्पष्ट पारे ।


mediabaaji add

सम्बन्धित खबर

पर्सामा १० वर्षीया बालिका माथि जबरजस्ती करणी

काठमाण्डौँ । पर्सा जिल्लाको सखुवा प्रशौनी गाउँपालिका–५, बलुवा टोलमा एक हृदयविदारक र गम्भीर घटना सार्वजनिक भएको छ । स्थानीय स्रोतका अनुसार, १० वर्षीया बालिका माथि दुई जना मिलेर जबरजस्ती करणी गरेको आरोप लागेको छ । पीडित बालिकाका बुवा का अनुसार, घटना...

गोरेलाई थप १० वर्ष कैद, तर सुन काण्डमा संगठित अपराध पुष्टि भएन

मोरङ । मोरङको उर्लाबारीमा सनम शाक्यको विभत्स हत्या प्रकरणमा मुख्य अभियुक्त ‘गोरे’ भनिने चुडामणि उप्रेतीलाई उच्च अदालत विराटनगरले थप १० वर्ष कैद सजाय सुनाएको छ ।  तर, बहुचर्चित ३८ क्विन्टल सुन तस्करी प्रकरणमा भने...

त्रिभुवन विमानस्थलमा सरसफाइ कर्मचारी पक्राउ

काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सरसफाइ गर्ने एक कर्मचारी पक्राउ परेका छन् । पक्राउ पर्नेमा सुनगाभा सगरमाथा सर्भिस प्रालि कम्पनीमार्फत विमानस्थल सरसफाइमा खटिएका ४० वर्षीय डिकबहादुर राउत रहेका छन् ।

उनले विमानस्थलको डस्टबिनमा र...

चोरीको गाडी प्रयोग गर्दै मधेस प्रदेश ट्राफिकका एसपी सिलवाल

रौतहट । मधेस प्रदेशका ट्राफिक प्रमुख राजकुमार सिलवाल विवादको घेरामा परिरहने एक प्रहरी अधिकृत हुन् । विभिन्न समयमा कारबाहीमा परेका उनी अहिले पुनः चोरीको गाडी काण्डमा मुछिएका छ्न् । त्यसो त सिलवालले मधेस प्रदेशका ट्राफिक...

गुण्डागर्दीको आरोपमा सानुभाइ भनिने युवराज गुरुङ पक्राउ

काठमाडौँ । गुण्डागर्दीको आरोपमा सानुभाइ भनिने युवराज गुरुङ पक्राउ परेका छन् । पटक पटक पक्राउ पर्दै र छुट्दै आएका गुरुङलाई महानगरीय प्रहरी परिसर काठमाडौंले पक्राउ गरेको हो ।

२०८० सालको असारमा ठमेलको क्लब ओम्नियाका सञ्चालकलाई कुटपिट गरेको आरोप...

विशेष ट्राफिक चेकिङमा २८ सवारी साधनका चालक कारबाहीमा

काठमाडौँ । काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले सञ्चालन गरेको विशेष सवारी जाँच अभियानका क्रममा यान्त्रिक अवस्था ठीक नभएका २८ वटा सवारी साधनका चालक कारबाहीमा परेका छन् । ट्राफिक प्रहरीले काठमाडौंको बल्खुस्थित कुमारी क्लब अगाडि विशेष चेकिङ अभि...