पर्सामा १० वर्षीया बालिका माथि जबरजस्ती करणी
काठमाण्डौँ । पर्सा जिल्लाको सखुवा प्रशौनी गाउँपालिका–५, बलुवा टोलमा एक हृदयविदारक र गम्भीर घटना सार्वजनिक भएको छ । स्थानीय स्रोतका अनुसार, १० वर्षीया बालिका माथि दुई जना मिलेर जबरजस्ती करणी गरेको आरोप लागेको छ । पीडित बालिकाका बुवा का अनुसार, घटना २०८२ साल चैत १७ गते दिउँसो करिब १ बजे भएको हो । आरोपितहरूले बालिकालाई फकाएर आफ्नो घरतर्फ लगेर पटक–पटक जबरजस्ती करणी गरेको बताइएको छ ।
घटनापछि गरिएको स्वास्थ्य परीक्षणमा समेत जबरजस्ती करणी भएको पुष्टि भइसकेको छ, जसले घटनालाई थप गम्भीर बनाएको छ । उक्त घटनापछि २०८२ साल चैत १८ गते औपचारिक रूपमा जाहेरी दर्ता गरिएको छ । यस घटनामा संलग्न रहेको आरोपमा सोही स्थानका रुपेश यादव र लडु यादव कजन दाजुभाइ फरार रहेका छन् र उनीहरूको खोजी कार्य जारी रहेको बताइएको छ ।
घटनापछि पीडित परिवारले न्यायको अपेक्षा राख्दा, समाजकै केही व्यक्तिबाट धम्की, दबाब तथा घटना लुकाउने प्रयास भइरहेको आरोपसमेत लागेको छ । पीडित पक्षका अनुसार, मुचुल्का लिन गएको प्रहरी टोलीलाई समेत गाउँका केही व्यक्तिहरूले अवरोध गर्दै फर्काएको बताइएको छ, जसले घटनामा निष्पक्ष अनुसन्धानमा चुनौती थपिएको देखिन्छ । स्थानीय स्तरमा जातीय तथा सामाजिक दबाबका कारण घटना दबाउने प्रयास भएको र पीडित परिवारलाई झन् मानसिक तथा सामाजिक पीडा दिइएको अवस्था रहेको जनाइएको छ ।
यस घटनाले समाजमा बालबालिका र महिलाको सुरक्षामाथि गम्भीर प्रश्न उठाएको छ भने, कानुन कार्यान्वयन र सामाजिक उत्तरदायित्वमाथि पनि ठूलो चिन्ता व्यक्त गरिएको छ । हाल पीडित परिवारले दोषीहरूलाई यथाशीघ्र पक्राउ गरी कडा कानुनी कारबाही गर्न तथा निष्पक्ष न्याय दिन सम्बन्धित निकायसँग माग गरेका छन् ।
एक्सप्रेस
सम्बन्धित खबर
नागढुङ्गाबाट ७ लाख मूल्यका १४ थान पुराना आईफोन बरामद
काठमाडौँ । काठमाडौँको मुख्य नाका नागढुङ्गाबाट प्रहरीले भन्सार छली गरी ल्याइएका करिब सात लाख रुपैयाँ बराबरका १४ थान पुराना आईफोन बरामद गरेको छ। जिल्ला प्रहरी परिसर काठमाडौँका अनुसार मंगलबार राति पौने १० बजे चन्द्रागिरि नगरपालिका(२ स्थित नागढुङ्गा च...
वीरगञ्जमा धार्मिक सद्भाव कायम राख्न सर्वपक्षीय सहमति, अनुमति बिना प्रदर्शन गर्न नपाइने
रौतहट । धनुषा घटनापछि वीरगञ्जमा उत्पन्न तनाव न्यूनीकरणका लागि जिल्ला प्रशासन कार्यालय पर्सामा मंगलबार सर्वपक्षीय बैठक सम्पन्न भएको छ। प्रमुख जिल्ला अधिकारी भोला दाहालको अध्यक्षतामा बसेको बैठकले शान्ति सुरक्षा र सामा...
आर्थिक अपराध नियन्त्रणमा प्रहरी सक्रिय, एक महिनामा एक हजार १६६ मुद्दा दर्ता
काठमाडौँ । जिल्ला प्रहरी परिसर काठमाडौंले एक महिना चैतको अवधिमा एक हजार १६६ वटा मुद्दा दर्ता गरेको छ । त्यसमा जघन्य अपराधका २१४, महिला, बालबालिका तथा ज्येष्ठ नागरिकसँग सम्बन्धित ४६, आर्थिक अपराधका ५६४ र अन्य अपराधका ३४२ मुद्दा छन् ।
सम्पत्ति...
ट्राफिकसँग रहेका नौ हजार सक्कली कागजपत्र लिन कोही आएनन्
काठमाडौँ । जिल्ला ट्राफिक कार्यालय चितवनले जाँचका क्रममा नियन्त्रणमा लिइएको सवारीचालक अनुमतिपत्रसहितका कागजपत्र फिर्ता लैजान अनुरोध गरेको छ । ट्राफिक नियम उल्लङ्घनको अभिलेख प्रणाली लागू भएसँगै जिल्ला ट्राफिक प्रहरी कार्यालयमा रहेका आठ हजार ९८२ वटा...
काठमाडौंमा श्रृंखलावद्ध चोरी गर्नेलाई प्रहरीले गोली हानेर समात्यो
काठमाडौँ । काठमाडौं महानगरपालिका-६, बौद्ध टुसालस्थित रिन्जी लामाको घरबाट करिब १ करोड ४ लाख ५३ हजार रुपैयाँ बराबरको ६५ तोला सुन तथा चाँदीका गहना चोरी गर्ने व्यक्तिलाई प्रहरीले गोली प्रहार गरेर पक्राउ गरेको छ । जिल्ला प्रहरी परिसर काठमाडौं र प्रहरी...
सासुलाई कुटपिट गरी गहना लुटेको आरोपमा बुहारी पक्राउ
काठमाण्डौँ । सासुमाथि कुटपिट गरी गहना लुटेको आरोपमा प्रहरीले एक बुहारीलाई पक्राउ गरेको छ । यो घटना गोरखाको सहिद लखन गाउँपालिका वडा नम्बर ४ ताक्लुङ बाझोजराको हो ।
८५ वर्षीया सासु दिलमाया रानामाथि कुटपिट गरी दुवै कानको लोतीसमेत चुडाएर सुनको रि...


