ट्याक्टरमा लोड गरिएको ५ सय किलो गाँजासहित ९ जना पक्राउ
काठमाण्डौँ । भोजपुरबाट पाँच क्विन्टल गाँजासहित नौजना पक्राउ परेका छन् । हतुवागढी गाउँपालिका ९ मचुवाबाट ५ सय किलोग्राम गाँजासहित उनीहरूलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ । पक्राउ पर्नेमध्ये आमचोक गाउँपालिका ९ बस्ने २९ वर्षीय रूद्र बहादुर श्रेष्ठको नाम मात्रै प्रहरीले सार्वजनिक गरेको छ ।
प्रहरी चौकी हसनपुरबाट खटिएको प्रहरीले ना ७ त ३५० नम्बरको ट्याक्टरसहित उनीहरूलाई पक्राउ गरेको हो । सो ट्याक्टरबाट ४३ वटा बोरामा राखिएको अवस्थामा पाँच क्विन्टल गाँजा बरामद भएको प्रहरीले जनाएको छ । घटनाका सम्बन्धमा थप अनुसन्धान जारी रहेको प्रहरीको भनाई छ ।
एक्सप्रेस
सम्बन्धित खबर
दुर्घटना न्यूनीकरण लक्षित ट्राफिक सप्ताह मनाइने
काठमाडौँ । सवारी दुर्घटना न्यूनीकरण गर्ने उद्देश्यले काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले सवारी दुर्घटना न्यूनीकरण विशेष अभियान तथा ट्राफिक सप्ताह आयोजना गरेको छ । कार्यालयले बिहीबार पत्रकार सम्मेलन गरी माघ ३ गतेसम्म विभिन्न सचेतनामूलक कार्य...
नेपाली युवतीलाई चिनियासँग बिहे गराइदिने गिरोह पक्राउ
काठमाडौँ । नेपालमा अवैध रूपमा ‘म्यारिज ब्युरो’ चलाएको आरोपमा चार जना चिनियाँ नागरिक पक्राउ परेका छन् । उनीहरूलाई अध्यागमन विभागको टोलीले काठमाडौँको सोह्रखुट्टे–मिलीजुली चोक क्षेत्रबाट नियन्त्रणमा लिएक...
मन्दिरमा भेटिएको पेस्तोल खेलाउने क्रममा बालक घाइते
काठमाडौँ । सर्लाहीको मलङ्गवामा आज १५ वर्षीय बालक आकाश राम गोली लागेर घाइते भएका छन् । बालकको दाहिने हातको पञ्जामा चोट लागेको छ ।
घटना मलङ्गवा–४, ढाकाबोर्डर क्षेत्रमा भएको हो । प्रहरीले जानकारी दिएको अनुसार, बालक बेवारिसे पेस्तोल खेलाउने क्रम...
छ महिनामा इन्टरपोलको समन्वयमा दश जनालाई विदेशबाट नेपाल फिर्ता ल्याइयो
काठमाडौँ । स्वदेशमा अपराध गरी विदेश भागेका दश जनालाई नेपाल प्रहरीले अन्तरराष्ट्रिय प्रहरी संगठन इन्टरपोलसँगको समन्वयमा नेपाल फिर्ता ल्याएको छ । चालु आर्थिक वर्षमा ११ जनाविरूद्ध ‘रेड नोटिस’ र तीन जनाविरूद्ध ‘डिफ्युजन’...
हेलमेटबिना बुलेट हाँकेका सुदूरपश्चिमका मुख्यमन्त्री शाहलाई निवासमै पुगेर ५ सय जरिबाना
कैलाली । कानुन र नियम सर्वसाधारणका लागि मात्र होइन, उच्च पदमा आसीन विशिष्ट व्यक्तिहरूलाई पनि समान रूपमा लागू हुन्छ भन्ने गतिलो उदाहरण सुदूरपश्चिम प्रदेशमा देखिएको छ । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाह सरकारी निवास परिसरभित्रै हेलमेट...
आईजीपी नारायणदत्त पौडेलले २२ महिना सम्हाल्नेछन् सशस्त्र प्रहरीको कमाण्ड
काठमाडौँ । सरकारले सशस्त्र प्रहरी बल, नेपालको १३ औं आईजीपीमा नारायणदत्त पौडेललाई बढुवा गर्ने निर्णय गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले अतिरिक्त महानिरीक्षक एआईजी पौडेललाई आईजीपी सशस्त्र प्रहरी प्रमुखमा बढुवा गर्ने निर्णय गरेको हो ।
...



