लागुपदार्थ सेवन गरी सवारी साधन चलाउने ६ जना चालक नियन्त्रणमा
काठमाण्डौँ । काठमाडौँको चन्द्रागिरी नगरपालिका वडा नम्बर २ नागढुङ्गा चेक पोष्ट अगाडी आज गरिएको लापसे चेकिङमा लागुपदार्थ सेवन गरी सवारी साधन चलाउने ६ जना चालकलाई ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको छ ।
जसमा ट्रक चालक ४ जना, सार्वजानिक यात्रुवाहक सवारी साधन भाडाबस चालक १ जना , माईक्रोबस चालक १ जना रहेका छन् । नेपाल प्रहरी अस्पतालको प्राविधिक टोली सहितको सहयोगमा काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालय, लागुऔषध नियन्त्रण व्युरो र ट्राफिक प्रहरी प्रभाग नागढुङ्गाको संयुक्त टोलिले चेक गर्दा लागुपदार्थ सेवन गरी सवारी साधन चलाइरहेको अवस्थामा ६ जना चालक फेला परेका थिए । नियन्त्रणमा आएका उनिहरूलाई थप अनुसन्धान तथा कारवाहीका लागि प्रहरी प्रभाग नागढुङ्गा काठमाडौं पठाइएको छ ।
यात्रु बोक्ने जस्तो संबेदनशिल सवारी साधन चलाउने चालकले नै लागुपदार्थ सेवन गरी सवारी साधन चलाउनु आफैमा नियम विपरित तथा दण्डनीय कार्य भएकोले सवारी साधन चलाउँदा चालकको मात्र नभइ यात्रुहरूको जीवन समेत जोखिममा पर्ने हुनाले आफु सवार सवारी साधनका चालकले लागुपदार्थ तथा मादक पदार्थ सेवन गरेको शंका लागेमा यात्रुले तत्काल नजिकैको प्रहरी कार्यालय, ट्राफिक कन्ट्रोल रूमको हटलाइन नम्बर १०३ र प्रहरीको हटलाइन नम्बर १०० मा खबर गर्नुहुन अनुरोध गरिएको छ ।
एक्सप्रेस
सम्बन्धित खबर
‘फेक रेस्क्यु’मा संलग्न रहेको आरोपमा धादिङ ज्वालामुखीका तिवारीसहित दुई जना पक्राउ
काठमाण्डौँ । पर्वतारोहण क्षेत्रमा भएको ‘फेक रेस्क्यु’मा संलग्न रहेको आरोपमा थप दुई जनालाई पक्राउ गरिएको छ । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले ठमेलस्थित रोयल होलिडेज एडभेञ्चर एन्ड ट्राभल कम्पनी प्रालिका प्रतिनिधि २८ वर्षीय सन्दीप तिवारी र...
सक्रिय प्रहरी : चार दिनमा दुई सय २६ जना पक्राउ
काठमाडौँ । नेपाल प्रहरीले गुण्डागर्दी, बिचौलिया, अभद्र व्यवहारलगायतका गैरकानुनी कार्यविरुद्ध विभिन्न स्थानमा सञ्चालन गरेको खोजी अभियानका क्रममा चार दिनमै दुई सय २६ जना पक्राउ गरेको छ । केन्द्रीय प्रहरी प्रवक्ता प्रहरी नायब महानिरीक्षक अविनारायण का...
वन हेरालुको वीभत्स हत्या : शरीरभन्दा सय मिटर टाढा भेटियो टाउको, एक पक्राउ
काठमाडौँ । सर्लाहीको ईश्वरपुरस्थित सागरनाथ वन परियोजनामा कार्यरत वन हेरालु रामईश्वर महतोको वीभत्स हत्या प्रकरणमा नयाँ तथ्य बाहिर आएको छ। शनिबार घाटी काटेर हत्या गरिएको अवस्थामा टाउको बिनाको शव फेला परेका महतोको काटिएको टाउको आज आइतबार घटनास्थलबाट...
चोरीको मोटरसाइकलसहित एक युवक पक्राउ
भक्तपुर । भक्तपुरको सूर्यविनायक नगरपालिका–८ बाट चोरीको मोटरसाइकलसहित एक युवकलाई ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको छ। नियन्त्रणमा पर्नेमा सूर्यविनायक–८ निवासी २६ वर्षीय समिर त्वाटी रहेका छन् । बागमती प्रदेश ०२–०२९ प २...
सशस्त्र प्रहरीमाथि आक्रमण गर्ने छ जना पक्राउ, मुख्य अभियुक्त अझै फरार
वीरगञ्ज । वीरगन्जको आदर्शनगरमा प्रहरीमाथि आक्रमण गरेको अभियोगमा पर्सा प्रहरीले छ जनालाई पक्राउ गरेको छ । भन्सार छली गरी भण्डारण गरिएका सामान नियन्त्रणमा लिन गएका सुरक्षाकर्मीमाथि भौतिक आक्रमण गरेको चार जना नेपाली र दुई जना भारतीयहरूलाई ज्यान मार्न...
३१ विमानस्थल र ७० कारागार सुरक्षाको जिम्मा सेनालाई
काठमाडौँ । ७० कारागार, ३१ विमानस्थल र १३ अन्य कार्यालयको सुरक्षाको जिम्मा नेपाली सेनाले पाएको छ । कारागार र विमानस्थलबाहेक नेपाल आयल निगम, टेलिकमका टावर तथा अन्य सरकारी निकायको सुरक्षामा सेना खटिएका छन् ।
नेपाली सेनाका प्रवक्ता सहायकरथी राजा...



