शनिबार, ०२ साउन २०८३
नेपाली

लागुपदार्थ सेवन गरी सवारी साधन चलाउने ६ जना चालक नियन्त्रणमा

Main News Image

काठमाण्डौँ । काठमाडौँको चन्द्रागिरी नगरपालिका वडा नम्बर २ नागढुङ्गा चेक पोष्ट अगाडी आज गरिएको लापसे चेकिङमा लागुपदार्थ सेवन गरी सवारी साधन चलाउने ६ जना चालकलाई ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको छ ।

जसमा ट्रक चालक ४ जना, सार्वजानिक यात्रुवाहक सवारी साधन भाडाबस चालक १ जना , माईक्रोबस चालक १ जना रहेका छन् । नेपाल प्रहरी अस्पतालको प्राविधिक टोली सहितको सहयोगमा काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालय, लागुऔषध नियन्त्रण व्युरो र ट्राफिक प्रहरी प्रभाग नागढुङ्गाको संयुक्त टोलिले चेक गर्दा लागुपदार्थ सेवन गरी सवारी साधन चलाइरहेको अवस्थामा ६ जना चालक फेला परेका थिए । नियन्त्रणमा आएका उनिहरूलाई थप अनुसन्धान तथा कारवाहीका लागि प्रहरी प्रभाग नागढुङ्गा काठमाडौं पठाइएको छ  ।

यात्रु बोक्ने जस्तो संबेदनशिल सवारी साधन चलाउने चालकले नै लागुपदार्थ सेवन गरी सवारी साधन चलाउनु आफैमा नियम विपरित तथा दण्डनीय कार्य भएकोले सवारी साधन चलाउँदा चालकको मात्र नभइ यात्रुहरूको जीवन समेत जोखिममा पर्ने हुनाले आफु सवार सवारी साधनका चालकले लागुपदार्थ तथा मादक पदार्थ सेवन गरेको शंका लागेमा यात्रुले तत्काल नजिकैको प्रहरी कार्यालय, ट्राफिक कन्ट्रोल रूमको हटलाइन नम्बर १०३ र प्रहरीको हटलाइन नम्बर १०० मा खबर गर्नुहुन अनुरोध गरिएको छ । 


mediabaaji add

सम्बन्धित खबर

जेनजी आन्दोलनमा प्रहरीको हत्यामा संलग्न थप एक जना पक्राउ

काठमाडौँ । प्रहरी वृत्त महाराजगन्जमा कार्यरत प्रहरी जवान उत्तम थापाको हत्यामा संलग्न रहेको आरोपमा प्रहरीले थप एक जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी परिसर काठमाडौँको टोलीले २१ वर्षीय सोङ गुरुङलाई काठमाडौँको धुम्बाराह...

चुनावमा भरपर्दो सुरक्षा योजना बनाएर परिचालित हुन आईजीपीको निर्देशन

काठमाडौँ । प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले आसन्न निर्वाचनलाई भयरहित र निष्पक्ष वातावरणमा सम्पन्न गराउन भरपर्दो सुरक्षा योजना बनाएर प्रहरी परिचालन गर्न निर्देशन दिएका छन् । नक्सालस्थित नेपाल प्रहरी प्रधान कार्याल...

सप्तरीमा पुजारीको गोली हानि हत्या

सर्लाही । सप्तरीको बोदेबर्साइन नगरपालिका – ८ रजकपट्टीस्थित कबिर बाबा मन्दिरका पुजारीको गोली हानी हत्या गरिएको छ। शनिबार राति ७० वर्षीय राम दुलार साहलाई अज्ञात समूहले गोली प्रहार गर्दा घटनास्थलमै मृत्यु भएको जिल्ल...

गौरमा कर्फ्यु हटाइए लगत्तै वीरगञ्जमा लाग्यो अनिश्चितकालीन कर्फ्यु

काठमाडौँ । रौतहटको सदरमुकाम गौरमा लगाइएको अनिश्चितकालीन कर्फ्यु आदेश हटाइए लगत्तै जिल्ला प्रशासन कार्यालय, पर्साले वीरगञ्ज महानगरपालिकामा कर्फ्यु आदेश जारी गरेको छ । गौर नगरपालिका–६ सबगढामा दुई समुदायबिच उत्पन्न विवाद सामान्य बन्दै गएपछि जिल्ला सु...

बैंकिङ कसूरमा गुण एयरलाइन्सका सञ्चालक राजेन्द्र शाक्य पक्राउ

काठमाडौँ । प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरोले गुण एयरलाइन्सका अध्यक्ष राजेन्द्र श्रेष्ठलाई पक्राउ गरेको छ। बैंकिङ कसूरमा शाक्य पक्राउ गरिएको हो । बुधबार उनलाई प्रहरीले ललितपुरको जावलाखेलबाट पक्राउ गरेको हो । उनीमाथि...

ट्राफिकसँग रहेका नौ हजार सक्कली कागजपत्र लिन कोही आएनन्

काठमाडौँ । जिल्ला ट्राफिक कार्यालय चितवनले जाँचका क्रममा नियन्त्रणमा लिइएको सवारीचालक अनुमतिपत्रसहितका कागजपत्र फिर्ता लैजान अनुरोध गरेको छ । ट्राफिक नियम उल्लङ्घनको अभिलेख प्रणाली लागू भएसँगै जिल्ला ट्राफिक प्रहरी कार्यालयमा रहेका आठ हजार ९८२ वटा...