दिउँसो १ बजेसम्म खस्यो ४४ लाख ५५ हजार मत
काठमाडौँ । देशभर जारी मतदानमा मतदाताको उत्साहजनक सहभागिता देखिएको छ । बिहीबार बिहान ७ बजेबाट सुरु भएको मतदान प्रक्रियामा दिउँसो १ बजेसम्म कुल ४४ लाख ५५ हजार ७९० मत खसेको छ । निर्वाचन आयोगको पछिल्लो तथ्याङ्क अनुसार यो देशभरको कुल मतदाता संख्याको करिब २४ प्रतिशत हो ।
सबैभन्दा बढी मतदान काठमाडौं उपत्यकामा भएको छ । उपत्यकाका काठमाडौं, भक्तपुर र ललितपुर गरी तीन जिल्लामा औसत ३६ प्रतिशत मत खसिसकेको छ। काठमाडौं जिल्लामा मात्रै ४१ प्रतिशत मत खसेको देखिएको छ । जुन अहिलेसम्मकै उच्च हो।
प्रदेशगत आधारमा हेर्दा कर्णाली प्रदेशमा ३१ प्रतिशत र लुम्बिनीमा २६ प्रतिशत मतदान भएको छ । यस्तै सुदूरपश्चिममा २५, कोशीमा २३ र मधेश प्रदेशमा २० प्रतिशत मत खसेको छ । बागमती प्रदेशमा भने तुलनात्मक रूपमा कम अर्थात् १९ प्रतिशत मात्र मतदान भएको छ । अहिले देशभरका १६५ वटा निर्वाचन क्षेत्रका १० हजार ९६७ मतदान स्थलमा मतदान प्रक्रिया शान्तिपूर्ण रूपमा जारी छ ।
एक्सप्रेस
सम्बन्धित खबर
रवि र बालेनको सहमतिको दस्तावेज तयार हुँदै, यस्ता छन् सहमतिका प्रमुख बुँदाहरू
काठमाडौँ । रास्वपा सभापति रवि लामिछाने र काठमाडौं मेयर बालेन शाहबीच सहमति विकास हुँदै गएको उनीहरुका निकटस्थ व्यक्तिहरुले बताएका छन् । उनीहरुबीचको छलफल सहमति उन्मुख रहेको र सहमतिलाई दस्तावेजीकरण गर्नका लागि सहमति पत्रको खाका तयार पार्ने काम भइरहेको...
रास्वपा सभापति रवि लामिछाने अस्पताल भर्ना
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका सभापति रवि लामिछाने त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल, महाराजगञ्जमा उपचाररत हुन् । देव्रे खुट्टामा लागेको चोट बढेर संक्रमण भएकाले उनी अस्पतालमा भर्ना भएर उपचाररत रहे...
सामाजिक सञ्जालको प्रभावले सञ्चार माध्यमको स्थायित्वमा चुनौती : सञ्चारमन्त्री
काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले हाल आम सञ्चार माध्यमहरूलाई टिक्न कठिन अवस्था सिर्जना भएको बताएका छन् । आइतबार सार्वजनिक सेवा प्रसारण र ‘एनटिभी वर्ल्ड’ च्यानलको औपचारिक उद्घाटन समारोह...
सन्तोष, सुदन र मानुषीलगायतका नेता मिलेर दल दर्ता गर्दै
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाबाट राजीनामा दिएका नेता सन्तोष परियारले नयाँ राजनीतिक दल गठन गर्ने भएका छन् । उनले मानुषी यमी भट्टराई र सुदन किराँती लगायतका नेताहरूसँग मिलेर नयाँ पार्टी बनाउने तयारी थालेका...
नयाँ मतदाता संख्या २ लाख ५७ हजार नाघ्यो
काठमाडौँ । बिहीबारसम्म देशभर दुई लाख ५७ हजारभन्दा बढी नयाँ मतदाता सूचीकृत भएका छन् । निर्वाचन आयोगका तथ्यांकअनुसार ९ असोजदेखि २७ कात्तिकसम्म २ लाख ५७ हजार ५०५ जनाले नयाँ नाम दर्ता गराएका हुन् । जेनजी आन्दोलनपछि बनेको स...
को हुन् जेनजी आन्दोलन भड्काउने टीओबी समूह ?
काठमाडौँ । गत भदौ २३ र २४ गतेको जेनजी प्रदर्शन भड्काएको आरोप लागेका तिब्बतीयन ओरिजिनल ब्लड टीओबी समूह नेपाली बाइक राइडरहरूको समूह भएको खुलेको छ । उक्त समूहका एक जना दाबा लामाबाहेक सबै नेपाली रहेको प्रहरीले निष्कर्ष निक...



