शनिबार, ०२ साउन २०८३
नेपाली

विभिन्न घटनामा मानव बेचबिखनका ४ जनालाई पक्राउ, पीडितको उद्धार

Main News Image

काठमाडौँ । विभिन्न मितिमा भएका मानव बेचबिखन तथा ओसारपसारसम्बन्धी घटनामा संलग्न चार जना प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ । उनीहरूविरुद्ध अलग–अलग घटनामा अनुसन्धान अघि बढाइएको छ भने पीडितहरूको उद्धारसमेत गरिएको प्रहरीले जनाएको छ ।

मकवानपुरको बकैया गाउँपालिका–१२ की ३० वर्षीया वास्ना माया योञ्जनलाई जबरजस्ती यौन शोषणमा संलग्न गराएको आरोपमा पक्राउ गरिएको हो। उनले काम लगाइदिने बहानामा पीडितलाई ललितपुरस्थित खाजाघरमा लगेर विभिन्न ग्राहकसँग यौन क्रियाकलाप गर्न बाध्य बनाएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ। पछि अर्को स्थानमा समेत कामको प्रलोभन देखाउँदै डर–धम्की र आर्थिक लोभ देखाई वेश्यावृत्तिमा लगाइएको अवस्थामा प्रहरीले पीडितको उद्धार गरेको थियो।

त्यस्तै, काठमाडौँ चन्द्रागिरी–१४ का २३ वर्षीय आयुष केसीले वैदेशिक रोजगारीको प्रलोभनमा पारी एक युवतीलाई कम्बोडिया पुर्‍याएर अनलाइन स्क्याममा जबरजस्ती लगाएको आरोप छ। मासिक एक लाख रुपैयाँ तलब हुने काम दिलाइदिने भन्दै तीन लाख रुपैयाँ उठाएर उनलाई भारत हुँदै कम्बोडिया लगिएको थियो। त्यहाँ पुगेपछि पासपोर्ट र मोबाइल नियन्त्रणमा लिई बन्धक बनाउँदै गैरकानुनी काममा लगाइएको थियो। पछि पीडित भागेर नेपाल फर्किन सफल भएकी थिइन्।

यसैगरी, दोलखाकी ५६ वर्षीया सुष्मा तामाङ र धादिङका ४२ वर्षीय हरी शम्शेर रायमाझीले काठमाडौँको कलंकी क्षेत्रमा कोठा भाडामा लिएर ८ जना महिला तथा नाबालिकालाई वेश्यावृत्तिमा लगाएको आरोपमा पक्राउ परेका छन्। उनीहरूले विभिन्न प्रलोभन र डर–त्रास देखाई दैनिक रूपमा ग्राहकसँग शारीरिक सम्पर्क गर्न बाध्य बनाउने गरेको पाइएको छ। प्रहरी टोलीले छापा मारेर सबै पीडितको उद्धार गरेको जनाएको छ। पक्राउ परेका सबै प्रतिवादीविरुद्ध सम्बन्धित जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

mediabaaji add

सम्बन्धित खबर

काठमाडौंको ट्राफिक व्यवस्थापनमा सुधारको संकेत : कारबाही घट्दै, अनुशासन बढ्दै

काठमाडौँ । राजधानी काठमाडौंमा ट्राफिक व्यवस्थापन सुधार गर्ने प्रयासहरू तीव्र बन्दै गएका छन् । बढ्दो सवारी चाप, साँघुरा सडक र नागरिकको कमजोर ट्राफिक अनुशासनबीच पनि काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले प्रविधि, जनचेतना र कडाइको संयोजनमार्फत के...

छ महिनामा इन्टरपोलको समन्वयमा दश जनालाई विदेशबाट नेपाल फिर्ता ल्याइयो

काठमाडौँ । स्वदेशमा अपराध गरी विदेश भागेका दश जनालाई नेपाल प्रहरीले अन्तरराष्ट्रिय प्रहरी संगठन इन्टरपोलसँगको समन्वयमा नेपाल फिर्ता ल्याएको छ । चालु आर्थिक वर्षमा ११ जनाविरूद्ध ‘रेड नोटिस’ र तीन जनाविरूद्ध ‘डिफ्युजन’...

स्रोत नखुलेको १५ लाखसहित चार जना प्रहरी नियन्त्रणमा

रामेछाप । सिन्धुलीको हरिहरपुरगढी गाउँपालिका–२, झनझने चेकपोष्ट प्रहरीले स्रोत नखुलेको रकमसहित चार जनालाई नियन्त्रणमा लिएको छ। नियन्त्रणमा परेकामध्ये एक जना चिनियाँ नागरिक पनि रहेका छन् । जिल्ला प्रहरी कार्यालय सिन...

काठमाडौंमा भारतीय नागरिकले भारतीयलाई नै बन्धक बनाएर मागे फिरौती

काठमाडौँ । एक भारतीय नागरिकलाई नेपालमा बन्धक बनाएर फिरौती अशुल्न खोज्ने दुईजना पक्राउ परेका छन् । अस्ट्रेलिया पठाउने बहानामा ती युवकलाई काठमाडौं बोलाएर बन्धक बनाई २० लाख भारु ३२ लाख रुपैयाँ फिरौती मागेको आरोपमा प्रहरील...

एमालेको झण्डा जलाएको आरोपमा थप दुई जना पक्राउ

काठमाडौँ । दाङ को तुलसीपुरमा नेकपा एमालेको झण्डा जलाएको आरोपमा थप दुई जनालाई पक्राउ गरिएको छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक रेशम बोहराले तुलसीपुर उपमहानगरपालिका–४ हलवार निवासी ३० वर्षीय रमेश राना मगर र तुलसीपुर–६ गाइडहर निवासी २४...

हजुरआमाको हत्या गरेर सुनका गहना लुट्ने नाती पक्राउ

कास्की । कास्कीमा २२ वर्षीय युवक हजुरआमाको हत्या आरोपमा पक्राउ परेका छन् । पोखरा महानगरपालिका–३१ बाँसपानीकी ७५ वर्षीया दालकुमारी परियारको यही पुस ३ गते धारिलो हतियार प्रयार गरी हत्या भएको थियो । प्रहरीले घटनामा सङ्लग्न रहेको अभियोगमा मृतकका नाति २...