विभिन्न घटनामा मानव बेचबिखनका ४ जनालाई पक्राउ, पीडितको उद्धार
काठमाडौँ । विभिन्न मितिमा भएका मानव बेचबिखन तथा ओसारपसारसम्बन्धी घटनामा संलग्न चार जना प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ । उनीहरूविरुद्ध अलग–अलग घटनामा अनुसन्धान अघि बढाइएको छ भने पीडितहरूको उद्धारसमेत गरिएको प्रहरीले जनाएको छ ।
मकवानपुरको बकैया गाउँपालिका–१२ की ३० वर्षीया वास्ना माया योञ्जनलाई जबरजस्ती यौन शोषणमा संलग्न गराएको आरोपमा पक्राउ गरिएको हो। उनले काम लगाइदिने बहानामा पीडितलाई ललितपुरस्थित खाजाघरमा लगेर विभिन्न ग्राहकसँग यौन क्रियाकलाप गर्न बाध्य बनाएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ। पछि अर्को स्थानमा समेत कामको प्रलोभन देखाउँदै डर–धम्की र आर्थिक लोभ देखाई वेश्यावृत्तिमा लगाइएको अवस्थामा प्रहरीले पीडितको उद्धार गरेको थियो।
त्यस्तै, काठमाडौँ चन्द्रागिरी–१४ का २३ वर्षीय आयुष केसीले वैदेशिक रोजगारीको प्रलोभनमा पारी एक युवतीलाई कम्बोडिया पुर्याएर अनलाइन स्क्याममा जबरजस्ती लगाएको आरोप छ। मासिक एक लाख रुपैयाँ तलब हुने काम दिलाइदिने भन्दै तीन लाख रुपैयाँ उठाएर उनलाई भारत हुँदै कम्बोडिया लगिएको थियो। त्यहाँ पुगेपछि पासपोर्ट र मोबाइल नियन्त्रणमा लिई बन्धक बनाउँदै गैरकानुनी काममा लगाइएको थियो। पछि पीडित भागेर नेपाल फर्किन सफल भएकी थिइन्।
यसैगरी, दोलखाकी ५६ वर्षीया सुष्मा तामाङ र धादिङका ४२ वर्षीय हरी शम्शेर रायमाझीले काठमाडौँको कलंकी क्षेत्रमा कोठा भाडामा लिएर ८ जना महिला तथा नाबालिकालाई वेश्यावृत्तिमा लगाएको आरोपमा पक्राउ परेका छन्। उनीहरूले विभिन्न प्रलोभन र डर–त्रास देखाई दैनिक रूपमा ग्राहकसँग शारीरिक सम्पर्क गर्न बाध्य बनाउने गरेको पाइएको छ। प्रहरी टोलीले छापा मारेर सबै पीडितको उद्धार गरेको जनाएको छ। पक्राउ परेका सबै प्रतिवादीविरुद्ध सम्बन्धित जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
एक्सप्रेस
सम्बन्धित खबर
सासुलाई कुटपिट गरी गहना लुटेको आरोपमा बुहारी पक्राउ
काठमाण्डौँ । सासुमाथि कुटपिट गरी गहना लुटेको आरोपमा प्रहरीले एक बुहारीलाई पक्राउ गरेको छ । यो घटना गोरखाको सहिद लखन गाउँपालिका वडा नम्बर ४ ताक्लुङ बाझोजराको हो ।
८५ वर्षीया सासु दिलमाया रानामाथि कुटपिट गरी दुवै कानको लोतीसमेत चुडाएर सुनको रि...
करिब ११ लाख बराबरको काँचो केरासहित ४ जना पक्राउ
काठमाडौँ । सुनसरीको हरिनगर गाउँपालिका–४ भुटहा बजारबाट प्रहरीले ११ लाख रुपैयाँभन्दा बढीको काँचो केरासहित चार जनालाई शुक्रबार पक्राउ गरेको छ । पक्राउ पर्नेमा गाडिका चालक मोरङग रतुवामाई गाउँपालिका–८ का २२ वर्षीय प्रल्हाद दाहाल, मोरङग उर्लाबारी नगरपाल...
नक्कली भुटानी शरणार्थी प्रकरण : पूर्वमन्त्री रायमाझीलाई चार र खाँणलाई दुई वर्ष कैद
काठमाडौँ । बहुचर्चित नक्कली भुटानी शरणार्थी प्रकरणमा काठमाडौं जिल्ला अदालतले कसुरदार ठहर भएका मुख्य अभियुक्त र मतियारहरूको सजाय निर्धारण गरेको छ। अदालतले पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी, पूर्वगृहमन्त्री बालकृष्ण खाँण र पूर्वगृहसचिव टेकनाराय...
ठमेलमा अवाञ्छित गतिविधिमा सङ्लग्न सात विदेशी नागरिक पक्राउ
काठमाण्डौँ । पर्यटकीय गन्तव्य ठमेलमा अवाञ्छित गतिविधिमा सङ्लग्न सात विदेशी नागरिकलाई पक्राउ गरिएको छ । प्रहरी वृत्त लैनचौरको टोलीले ठमेलमा सर्वसाधारणलाई दुःख दिने र ड्युटीमा रहेका प्रहरीमाथि नै अभद्र व्यवहार गर्ने सात जनालाई पक्राउ गरी सोमबार सार्...
बाघ गणनाको लागि राखिएका ६० क्यामेरा चोरी
काठमाडौँ । चितवन राष्ट्रिय निकुञ्ज र पर्सा राष्ट्रिय निकुञ्ज कम्प्लेक्समा बाघ गणनाका लागि जडान गरिएका ६० वटा क्यामेरा हराएका छन् । चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी अविनास थापा मगरका अनुसार समस्याग्रस्त ८५ क्यामेरामध्ये ६० वटा हराएका छन् भने...
काठमाडौँमा ट्राफिक सप्ताह २०८२ जारी : सडक प्रयोगकर्तामा सचेतना फैलाउने अभियान भब्य ढंगले सञ्चालन
काठमाण्डौँ । ट्राफिक सचेतनाको कमि र लापरवाहीले सवारी दुर्घटना नहोस् र कसैले पनि धनजनको क्षति ब्यहोर्न नपरोस् भन्ने उदेश्यका साथ काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालय रामशाहपथले सुरु गरेको “सवारी दुर्घटना न्यूनीकरण विशेष अभियान तथा ट्राफिक सप्ता...



