बुधबार, ३१ असार २०८३
नेपाली

किशोरको हत्या आरोपमा उनको ‘प्रेमिका’सहित ३ जना पक्राउ

Main News Image

काठमाडौँ । दाङमा एक किशोरको हत्या आरोपमा ३ जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा २० वर्षीय सन्दीप वली, १८ वर्षीय निश्चल चौधरी र १८ वर्षीया आकृति बुढा रहेका छन् । प्रारम्भिक अनुसन्धानमा भेट्न बोलाएर कुटपिट गर्ने क्रममा राप्ती गाउँपालिका–२ बाह्रखुट्टीका १७ वर्षीय स्मिथ प्रधानको बिहीबार राति हत्या भएको प्रहरीले जनाएको छ ।

स्मिथलाई नियन्त्रणमा लिएर हात बाँधिएको, मुख थुनेर चक्कुले पटक–पटक आक्रमण गरिएको र त्यसपछि शव नालामा फालिएको प्रहरीले जनाएको छ ।

स्मिथका साथी १६ वर्षीय आयुषमान थापा मगर घाइते भएका छन् । उनलाई प्रारम्भिक उपचारपछि थप उपचारका लागि बुटवल पठाइएको छ ।


mediabaaji add

सम्बन्धित खबर

जेनजीमाथि कुटपिट गरेको आरोपमा दुई वडाअध्यक्षपछि एमालेका अर्का नेता पक्राउ

काठमाडौँ । बाराको सिमरामा जेनजीलाई कुटेको आरोपमा प्रहरीले नेकपा एमालेका थप एक नेतालाई पक्राउ गरेको छ । प्रहरीेले एमालेका स्थानीय नेता अरबिन्द साहलाई पक्राउ गरेको हो । जेनजी कुटेको आरोपमा यसअघि नै एमालेबाट निर्वाचित जित...

लागुपदार्थ सेवन गरी सवारी साधन चलाउने चालकसहित ४ जना प्रहरी नियन्त्रणमा

काठमाण्डौँ । काठमाडौँको  सितापाइलामा  ट्राफिक सप्ताह  अन्तर्गत  आज ट्राफिक प्रहरीले गरेको चेकजाँचका क्रममा  लागुपदार्थ सेवन गरी सवारी साधन चलाउने ४ जना चालकहरू नियन्त्रणमा आएका छन् । जसमा यात्रुवाहक बसका चालक ३  जना&n...

सशस्त्र प्रहरीमाथि आक्रमण गर्ने चार व्यवसायी पक्राउ

वीरगन्ज । जिल्ला प्रहरी कार्यालयले वीरगनजको अवैध गोदाममा छापा मार्न जाँदा सशस्त्र प्रहरीमाथि आक्रमण गर्ने चार जनालाई पक्राउ गरेको छ । वीरगन्ज भन्सार कार्यालय र सशस्त्र प्रहरी बलले सोमबार वीरगन्जको आदर्शनगरथित अवैध गोद...

पोखरामा तास खेल्ने–खेलाउनेसहित २० जना पक्राउ

काठमाडौं । पोखराका विभिन्न ठाउँमा जुवातास खेल्ने खेलाउने २० जना पक्राउ परेका छन् । कास्की प्रहरीको टोलीले तीन ठाउँबाट उनीहरुलाई पक्राउ गरेको हो । जुवातास खेलिरहेको गोप्ने सूचनाका आधारमा प्रहरीले छापा मारेको थियो । पोखरा ९ नयाँबजारबाट ५ जना पक्राउ...

निर्वाचनमा परिचालित हुन रणनीति बनाउँदै सशस्त्र प्रहरी

काठमाडौँ । सशस्त्र प्रहरीले निर्वाचन सुरक्षाका लागि हेडक्वार्टरदेखि गुल्मसम्म रणनीति बनाएर परिचालन हुने जनाएको छ । सशस्त्र प्रहरी बल प्रधानकार्यालयमा केन्द्रीय कमाण्ड स्थापना गर्दै गुल्मसम्म समन्वय गरेर परिचालन हुने जनाएको हो । सशस्त्र प्रहरी बलले...

नेपाल माइक्रो इन्स्योरेन्सका अध्यक्ष आशिष श्रेष्ठ पक्राउ

काठमाण्डौँ । नेपाल माइक्रो इन्स्योरेन्स कम्पनीका अध्यक्ष आशिष श्रेष्ठ पक्राउ परेका छन् । मंगलबार नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले अध्यक्ष श्रेष्ठलाई कागेश्वरी मनहरा नगरपालिकाबाट पक्राउ परेको हो । उनलाई बिमा सम्बन्धी कसुरमा पक्राउ गरिएको...