अन्तरजातीय विवाह गरेका २५ जोडी सम्मानित
म्याग्दी । म्याग्दीको मालिका गाउँपालिकाले दलित समुदायसँग अन्तरजातीय विवाह गरेका २५ जोडीलाई नगदसहित सम्मान गरेको छ । लक्षित समुदाय कार्यक्रमअन्तर्गत विनियोजित बजेटबाट आइतबार आयोजित कार्यक्रममा अन्तरजातीय विवाह गरेका २५ जोडीलाई प्रतिजोडी तीन हजार ५०० नगदसहित सम्मान गरिएको गाउँपालिकाले जनाएको छ ।
गाउँपालिकाका अध्यक्ष बेगप्रसाद गर्बुजाले समाजमा अझै पनि जातीय विभेद विद्यमान रहेकाले अन्तरजातीय विवाहलाई प्रोत्साहन गर्दै विभेद अन्त्यको सन्देश प्रवाह गर्ने उद्देश्यले सम्मान कार्यक्रम आयोजना गरिएको बताए । उनले भने, ‘हाम्रो समाजमा अझै पनि जातीय विभेदको ठूलो पर्खाल छ ।
सदियौँदेखि कायम रहेको जातीय विभेद अन्त्य गर्न आवश्यक छ । पालिकाका सातवटै वडाबाट दलित समुदायसँग अन्तरजातीय विवाह गरेका ज्येष्ठ नागरिकदेखि युवा–युवतीसम्मलाई सम्मान गरेर जातीय विभेद अन्त्य गर्नुपर्ने सन्देश दिन खोजेका हौँ ।
एक्सप्रेस
सम्बन्धित खबर
सहरलाई सुन्दर बनाउन सडक किनारामा गमलामा फूल रोप्दै महानगरपालिका
काठमाडौँ । काठमाडौँलाई सुन्दर बनाउन महानगरपालिकाले सडक किनारामा गमला राखेर फूल फुलाउन थालेको छ । पार्क तथा हरियाली प्रवर्धन आयोजनाले गौरव योजना मेरो रहर, सुन्दर र हरित सहर कार्यक्रम अन्तर्गत गमलामा फूल राख्न थालिएको हो ।
आयोजनाका इञ्जिनियर स...
इन्धनखपत घटाउन विद्युतीय ऊर्जाको प्रयोग बढाउन सुझाव
काठमाडौँ । इन्धनखपत घटाउन विद्युतीय ऊर्जाको प्रयोग बढाउन वातावरणविद्हरूले सुझाव दिएका छन् । कैलाशकुट सामाजिक अभियानले हाँडीगाउँमा आयोजना गरेको ‘स्वस्थ वातावरण आजको आवश्यकता’ विषयक कार्यक्रममा वक्ताहरूले भान्छालगायत दैनिक कामका लागि विद्युतीय उपकरण...
तामाकोसी बस दुर्घटनामा दुई बालकसहित तीन जना अझै बेपत्ता, प्रहरीले जारी गर्यो हुलिया
काठमाण्डौँ । रामेछापको मन्थली नगरपालिका–६, बेनीघाटस्थित तामाकोसी नदीमा भएको बस दुर्घटनाका तीन जना यात्रु अझै बेपत्ता रहेका छन् । जिल्ला प्रहरी कार्यालय रामेछापले उनीहरूको फोटोसहितको हुलिया सार्वजनिक गर्दै खोजी कार्यमा सहयोग गर्न सर्वसाधारण र सम्बन...
म्याग्दी, पर्वत र कास्कीको संगमस्थल जलजला क्षेत्रमा ताल बनाउन सम्भाव्यता अध्ययन
म्याग्दी । म्याग्दी, पर्वत र कास्की जिल्लाको सिमानामा रहेको प्राकृतिक एवम् धार्मिक पर्यटकीयस्थल कालाञ्जर हम्पालको जलजला क्षेत्रमा ताल निर्माण गर्न सम्भाव्यता अध्ययन थालिएको छ । म्याग्दीको अन्नपूर्ण गाउँपालिका, पर्वतको...
कृत्रिम खुट्टाकै बलमा सेभेन समिट पूरा: हरि बुढामगरले अन्टार्टिकाको शिखरमा गाडे नेपाली झण्डा
बेलायत। ‘शरीरको कुनै अङ्ग नहुँदैमा सपना सकिँदैन’ भन्ने सन्देशलाई जीवनमै उतार्दै हरि बुढामगरले विश्वकै सबैभन्दा कठिन मानिने सेभेन समिट (सातै महादेशका अग्ला शिखर) आरोहण पूरा गरेका छन्। यही पुस २२ गते करिब माइनस २५ डिग्री चिसोबीच अन्टार्टिकाको माउन्ट...
महानिरीक्षक कार्कीले लगाए दर्ज्यानी चिह्न, सम्हाले प्रहरी कमान्ड
काठमाडौँ । नवनियुक्त प्रहरी महानिरीक्षक आईजीपी दानबहादुर कार्कीले दर्ज्यानी चिह्न लगाएका छन् । गृहसचिव रामेश्वर दंगालले मन्त्रालयमा आयोजित कार्यक्रममा कार्कीलाई प्रहरी महानिरीक्षकको दर्ज्यानी चिह्न लगाइदिएका हुन् । कात...


