संविधान कार्यान्वयनका लागि १४६ वटा ऐन जारी : मन्त्री सिन्हा
काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री अनिल कुमार सिन्हाले नेपालको संविधान जारी भएसँगै त्यसको प्रभावकारी कार्यान्वयनका लागि आवश्यक कानुन निर्माणलाई सरकारले उच्च प्राथमिकतामा राखेर अघि बढाइरहेको बताएका छन् । सोमबार राष्ट्रिय सभाको बैठकमा बोल्दै मन्त्री सिन्हाले संविधान कार्यान्वयनका लागि पहिचान, प्राथमिकीकरण तथा कानुन निर्माणको कार्य निरन्तर भइरहेको जानकारी दिए । उनले संविधान जारी भएपछि हालसम्म १४६ वटा छुट्टाछुट्टै ऐन जारी भइसकेको बताए ।
उनले भने, ‘नेपालको संविधान जारी भएसँगै संविधान कार्यान्वयनका लागि बनाउनुपर्ने कानुनहरु पहिचान, प्राथमिकीकरण तथा कानुन निर्माणको कार्यालय नेपाल सरकारले उच्च प्राथमिकताका साथ सम्पादन गर्दै आइरहेको छ । नेपालको संविधान जारी भएपछि हालसम्म १४६ वटा छुटछुट्टै ऐनहरु जारी भएको अवस्था छ। यसैगरी मौजुदा ऐनहरुलाई नेपालको संविधान अनुकुल बनाउन तथा संघीय शासन प्रणाली बमोेजिम सुधार गर्न विभिन्न मितिमा केही नेपाल ऐनलाई संशोधन गर्ने ऐनहरु जारी भएका छन् ।’
मन्त्री सिन्हाले मौजुदा ऐनहरूलाई संविधानअनुकूल र संघीय शासन प्रणालीअनुसार सुधार गर्न विभिन्न मितिमा ‘केही नेपाल ऐनलाई संशोधन गर्ने ऐन’हरू जारी गरिएको बताए। ती संशोधनमार्फत प्रचलित ऐनहरूलाई संविधान र संघीयताको मर्मअनुसार परिमार्जन गरिएको उनले स्पष्ट पारे।
एक्सप्रेस
सम्बन्धित खबर
मधेश प्रदेशको मुख्यमन्त्रीमा कांग्रेसका कृष्णप्रसाद यादव नियुक्त
काठमाडौँ । मधेश प्रदेशमा नेपाली कांग्रेस संसदीय दलका नेता कृष्णप्रसाद यादव मुख्यमन्त्री नियुक्त भएका छन् । उनलाई प्रदेश प्रमुख डा। सुरेन्द्र लाभले संविधानको धारा १६८ को उपधारा २ बमोजिम मुख्यमन्त्री नियुक्त गरेका हुन् ।...
पूर्वसभामुख महराविरुद्ध भ्रष्टाचार मुद्दा
काठमाडौँ । पूर्वसभामुख कृष्णबहादुर महराविरुद्ध अख्तियार दुरुपयोग अन्सन्धान आयोगले भ्रष्टाचार मुद्दा दर्ता गर्ने भएको छ । मुद्दा दर्ता गर्नका लागि आयोगको टोली विशेष अदालतमा पुगेको छ । महराविरुद्ध विद्युतीय चुरोट भेपमा लुकाएर सुन तस्करी गरेको अभियोग...
महाधिवेशनमा पछिल्लो राजनीतिक अवस्थाबारे छलफल हुनुपर्छ : वरिष्ठ उपाध्यक्ष पोखरेल
काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले बदलिँदो परिस्थितिमा पार्टीको आसन्न ११औँ राष्ट्रिय महाधिवेशनमा संशोधित विधान र राजनीतिक अवस्थाबारे समीक्षा हुनुपर्ने बताएका छन् । वरिष्ठ उपाध्यक...
केपी ओली रिहा
काठमाडौँ । पूर्व प्रधानमन्त्री एवम् नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई प्रहरीले रिहा गरेको छ । उनलाई अस्पतालमै परिवारको जिम्मा लगाइएको हो । जेनजी आन्दोलनमा दमन गरेको आरोपमा प्रहरीले उनलाई चैत १४ गते गुण्डु निवासबाट पक्राउ गरेको थियो । जटिल स्...
रास्वपाले चयन गर्यो मुख्य सचेतक र सचेतक
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाले प्रतिनिधिसभाका लागि मुख्य सचेतक र सचेतक चयन गरेको छ । बिहीबार बसेको संसदीय दलको बैठकले मुख्य सचेतकमा कबिन्द्र बुर्लाकोटीलाई चयन गर्ने निर्णय गरेको हो ।
यस्तै, सचेतकमा प्रकाशचन्द्र परियार र क्रा...
सरकार र दुर्गा प्रसाईं समूहबीच सहमति, आमहड्ताल फिर्ता
काठमाडौँ । सरकार र दुर्गा प्रसाईं नेतृत्वको राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियान नेपालका प्रतिनिधिबिच बालुवाटारमा वार्ता भएको छ । वार्तामा महाअभियानले उठाएका २७ बुँदे मागहरूका सन्दर्भमा विस्तृत...



