शनिबार, ०२ जेठ २०८३
नेपाली

राजनीति

Main News Image

अब कुनै पनि बहानामा चुनाव रोक्नु हुँदैन : केपी ओली

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले फागुन २१ गते तय गरिएको निर्वाचनप्रति आशंका बढेको बताएका छन् । चुनावी अभियानका क्रममा गृहजिल्ला झापा पुगेका ओलीले सञ्चारकर्मीसँग कुरा गर्दै यस्तो धारणा राखेका हुन् ।

सरकारले देखिएका आशंकाहरू हटाउन पहल गर्नुपर्ने उनको भनाइ थियो । कुनै पनि बहानामा निर्वाचन रोक्न नहुने उल्लेख गर्दै उनले धाँधली हुन सक्ने भन्दै नागरिकस्तरमै गम्भीर चासो व्यक्त भइरहेको बताए । त्यस्ता आशंकाको निवारण गर्ने जिम्मेवारी सरकारको भएको उनले बताए ।

शान्ति(सुरक्षाप्रति पनि सर्वसाधारण ढुक्क हुन नसकेको उल्लेख गर्दै अध्यक्ष ओलीले निर्वाचन निष्पक्ष, स्वतन्त्र र शान्तिपूर्ण वातावरणमा सम्पन्न हुने सुनिश्चितता दिन सरकारलाई सुझाव दिए ।


स्वच्छ वातावरणदेखि हरित अर्थतन्त्रसम्म : कांग्रेसको चुनावी प्रतिबद्धता

काठमाडौँ । नेपाली कांग्रेसले ऊर्जा, यातायात, उद्योग र पूर्वाधार क्षेत्रमा संरचनागत सुधार गर्दै सन् २०४५ सम्म नेटजिरो उत्सर्जन राष्ट्र बनाउने राष्ट्...

निर्वाचनअघि ७२ घण्टा नेपाल–भारत सीमा बन्द गर्ने निर्णय

काठमाडौँ । नेपाल र भारतका सुरक्षा अधिकारीहरूको संयुक्त सीमा समन्वय समितिको बैठकले प्रतिनिधिसभा निर्वाचनभन्दा ७२ घण्टा अघिदेखि भारतसँगको सीमा पूर्ण...

निर्वाचनका लागि सुदूरपश्चिम, कर्णाली र कोशी प्रदेशमा मतपत्रसहित र निर्वाचन सामग्...

काठमाडौँ । निर्वाचन आयोगले देशभरका सबै निर्वाचन क्षेत्रमा मतपत्र सहित अन्य निर्वाचन सामग्री ढुवानी गर्ने कामलाई तीव्र पारेको छ । हालसम्म सुदूरपश्चि...

रास्वपा चुनाव भाँड्न खोज्दैछ : एमाले

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी एमालेले राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाले प्रतिनिधिसभा निर्वाचन भाँड्ने प्रयास गरिरहेको आरोप लगाएको छ । पार्ट...

रास्वपा धनगढीका संस्थापक सभापति विष्टले गरे पार्टी परित्याग

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका धनगढी उपमहानगरपालिकाका संस्थापक नगर सभापति ईश्वरी विष्टले पार्टी परित्यागको घोषणा गरेका छन् । २०७९...

बालेन र ओली एकैपटक झापा जाँदै

काठमाडौँ । झापा ५ मा उम्मेदवार रहेका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र रास्वपाका बरिष्ठ नेता बालेन्द्र शाह दुवै आज झापा जाँदैछन् । दुवैकाई आआफ...