शनिबार, ०२ जेठ २०८३
नेपाली

राजनीति

Main News Image

रास्वपाको बहुमत नआए भ्रष्टाचारी खुसी हुन्छन् : रवि लामिछाने

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका सभापति रवि लामिछाने ले रास्वपाले बहुमत नल्याए सबैभन्दा बढी खुसी भ्रष्टाचारीहरू हुने बताएका छन् । चुनावी सभालाई सम्बोधन गर्न गोरखा पुगेका लामिछानेले पाँच वर्षको स्थायी सरकारका लागि घण्टी चुनाव चिह्नमा मतदान गर्न आग्रह गरे। ‘कहिलेकाहीँ सुनिन्छ, एउटा भोट समानुपातिकलाई एकातिर, प्रत्यक्षलाई अर्कातिर अथवा आलोपालो भन्ने मैले सुनेको छु। भोट बाँडियो भने सिट बाँडिन्छ। सिट बाँडियो भने रास्वपाले बहुमत ल्याउँदैन,’ उनले भने ।

उनले वर्षौँदेखि मिलेर बसेका समुदायबीच धर्म, जात र सम्प्रदायका नाममा राजनीतिक विभाजन गर्न खोज्ने प्रयासप्रति सचेत रहन आग्रह गरे। ‘चुनाव आउँछ जान्छ, तर तपाईँ हाम्रो सद्भाव आजको सद्भाव होइन, एक युगदेखिको सद्भाव हो। मेरो धर्म एउटै हो, म धर्मका नाममा राजनीति गर्नेलाई युगलाई हामीले अन्त्य गर्नुपर्नेछ। राजनीति र सम्प्रदायलाई अलग गराएर राजनीति गर्ने र भोट बैंक बनाउन खोज्नेलाई फल्न दिनुहुँदैन,’ उनले भने ।


सभापति लामिछानेले गोरखा १ बाट सुधन गुरुङ र गोरखा २ बाट कविन्द्र बुर्लाकोटीलाई विजयी गराउन मतदातासँग आग्रह गरे।

चुनावको मुखैमा सिंगापुर उडे देउवा

काठमाडौँ । नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवा स्वास्थ्य उपचारका लागि सिंगापुर प्रस्थान गरेका छन् । नेपाली कांग्रेसका पूर्व सभापति स...

एमाले र रास्वपाबिच झडप, एमालेका दुई कार्यकर्ता घाइते

धनगढी । बैतडीमा नेकपा एमाले र रास्वपाका कार्यकर्ताबिच झडप हुँदा एमालेका दुई जना घाइते भएका छन्। चुनावी प्रचारप्रसारका प्रचारप्रसारको लागि घरदैलो गर...

निर्वाचनलाई मध्यनगर गर्दै निगमले बढायो एलपी ग्यासको आयात

काठमाडौँ । आसन्न निर्वाचनलाई मध्यनगर गरेर नेपाल आयाल निगमले एलपी ग्यास आयात उल्लेख्य रुपमा वृद्धि गरेको छ । निगमले निर्वाचनलाई मध्यनजर गरेर थप ग्या...

पैसा बाँड्छन् भने लिँदा पाप लाग्दैन तर गलत मान्छेलाई भोट हाल्यो भने पाप लाग्छ :...

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले गलत व्यक्तिलाई भोट नदिन मतदातालाई आग्रह गरेका छन् । बुधबार सिरहाको मिर्चैयामा आयोजित...

निर्वाचन सामग्री र मतपत्र पचहत्तर जिल्लामा पुर्‍याइयो

काठमाडौँ । यही फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि ७५ जिल्लामा निर्वाचन सामग्रीसहित मतपत्र पुर्‍याइएको छ । काठमाडौं र भक्तपुरबाहेक...

चुनावमा मुख्य चुनौती : लुटिएका हतियार र सामाजिक सञ्जालको दुरुपयोग

काठमाण्डौा । लुटिएका हतियार र फरार कैदीबन्दी आसन्न प्रतिनिधि सभाको निर्वाचन सुरक्षाको मुख्य चुनौती रहेको एक अध्ययनले देखाएको छ ।  नेपाल कानुन...