राजनीति
कुलमानले गरे विपद् प्रभावित रोशी क्षेत्रको निरीक्षण
काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात तथा सहरी विकास मन्त्री कुलमान घिसिङले गत वर्ष असोजमा परेको अविरल वर्षासँगै आएको बाढी र पहिरोले क्षति पुर्याएको काभ्रेपलान्चोकको रोशी गाउँपालिका र नमोबुद्ध नगरपालिकाका विभिन्न वडाको स्थलगत निरीक्षण गरेका छन् ।
क्षति प्रभावित क्षेत्रका बासिन्दाहरूले सडक, पुल, खानेपानी र स्वास्थ्य चौकीहरू अझै पुनर्निर्माण नभएको गुनासो गरेपछि मन्त्री घिसिङले सडक विभागका महानिर्देशक, स्थानीय पूर्वाधार विकास विभागका महानिर्देशक, सिँचाइ डिभिजन प्रमुखलगायतको टोलीसहित निरीक्षण गरेका हुन् ।
निरीक्षणको क्रममा मन्त्री घिसिङले रोशी नदीले पुर्याएका क्षति भएका संरचनाको पुनर्निर्माण प्राथमिकतामा राखेर काम अगाडि बढाइने बताए । उनले भने, ुसरकारको प्राथमिकता चुनाव सम्पन्न गर्नु भए पनि प्रभावकारी सेवा प्रवाह र विपद् प्रभावित क्षेत्रको पुनर्स्थापना छिटो सम्पन्न गर्न बजेट विनियोजन गरी काम भइरहेको छ।
गत वर्षको १०, ११ र १२ गतेको अविरल वर्षाले रोशी गाउँपालिका(१, २ र ३ तथा नमोबुद्ध नगरपालिका–८ र ९ का सडक, फलामे साँघु पुल र अन्य पूर्वाधारमा क्षति पुर्याएको थियो । नदी किनार संरक्षण नगरेमा पुल नै बग्ने सम्भावना रहेको बताइएको छ ।
ताजा समाचार
प्रधानमन्त्री कार्कीको सेनालाई निर्देशन : चुनावमा एक जना पनि घाइते नहोस्
काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले आगामी चुनावमा ुएक थोपा पनि रगत नबग्ने र एक जना पनि घाइते नहुनेु सुनिश्चित गर्...
महाधिवेशन प्रतिनिधि छनौटको विषयमा एमाले नेताबीच कुटाकुट
- सुनसरी । नेकपा एमाले सुनसरी क्षेत्र नम्बर–१ मा महाधिवेशन प्रतिनिधि छनौटको विषयलाई लिएर नेताहरूबीच कुटाकुट...
कांग्रेसले छोड्यो पुस्तान्तरणको बाटो, आगामी चुनाबको टिकट देउवाले नै बाँड्ने
काठमाडौँ । जेनजी विद्रोहपछि पुराना दलहरुमा पुस्तान्तरणको बहस चर्किंदा नेतृत्व हस्तान्तरणका लागि ‘लचिलो’ दे...
कांग्रेसलाई अनिर्णयको बन्दी बनाइँदै, आज हुने भनिएको बैठक आइतबारसम्मका लागि सारिय...
काठमाडौँ । नेपाली कांग्रेसको आज बस्ने भनिएको केन्द्रीय कार्यसमितिको बैठक फेरि सरेको छ । आज दिउँसो बस्ने भनिएको बैठक आइ...
कमला नगरपालिकाका तत्कालीन मेयरसहित दश जनाविरुद्ध भ्रष्टाचार मुद्दा
काठमाडौँ । धनुषाको कमला नगरपालिकाका तत्कालीन नगर प्रमुख राम उदगार गोइतविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ । अख्तियार...
निर्वाचनका लागि सेना परिचालन, लुटेका हतियार र फरार कैदी समाउन विशेष अपरेसन
काठमाडौँ । आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधि सभा निर्वाचनको सुरक्षार्थ सेना परिचालन हुने भएको छ । मन्त्रिपरि...


