बुधबार, २७ साउन २०८३
नेपाली

राजनीति

Main News Image

निर्वाचन आयोगमा १४३ दल दर्ता, नयाँ २५ दल थपिए

काठमाडौँ । निर्वाचन आयोगमा दर्ता हुने दलको संख्या १४३ पुगेको छ । आगामी फागुन २१ गतेका लागि घोषित प्रतिनिधिसभा निर्वाचनका लागि निर्वाचन आयोगले सुरुमा मंसिर १ देखि १० गतेसम्म दल दर्ताको लागि निवेदन दिने समय छुट्याएको थियो । त्यसपछि आयोगले चार दिन समय थपेको थियो। थपिएको समय पनि आइतबार सकिएको छ। यो अवधिमा आयोगमा २५ वटा नयाँ दल दर्ता भएका छन् ।

नयाँ दर्ता भएका २५ सँगै आयोगमा यसपटक एकसय १९ दल दर्ता भएका छन् । नयाँ र पुरानासँगै निर्वाचन आयोगमा दर्ता भएका दलको संख्या १४३ पुगेको छ । दल दर्ताका लागि एकसय २० दलले निवेदन दिए पनि ११९ दल दर्ता भएका निर्वाचन आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले जानकारी दिए । अब निवेदनको छानबिनपछि २० मंसिरमा दर्ता भएका दलहरुको अन्तिम सूची प्रकाशन गरिने आयोगले जनाएको छ ।

 

कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक बस्दैः १५ औँ महाधिवेशनको कार्यतालिकामा छलफल...

काठमाडौँ । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक आज बस्दै छ । बैठक आज दिउँसो २ बजे पार्टी कार्यालय सानेपामा बस्न...

काठमाडौँमा ४८ मध्ये विद्या पक्षका ३५ जना प्रतिनिधि छनोट, ३ अध्यक्ष बने अभिभावक

काठमाडौँ । नेकपा एमालेको एघारौँ राष्ट्रिय महाधिवेशनमा काठमाडौँ जिल्लाका १० निर्वाचन क्षेत्रबाट ४८ जना प्रतिनिधि छानिएक...

कांग्रेसको विशेष महाधिवेशन नटार्न चेतावनी

काठमाडौँ । नेपाली कांग्रेसका विशेष महाधिवेशन पक्षधर प्रदेश तथा जिल्ला सभापतिहरुले विशेष महाधिवेशन नटार्न चेतावनी दिएका...

जनता सचेत र जागरूक नभए फेरि सङ्कट आउन सक्छ : प्रचण्ड

काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जनता सचेत र जागरूक नभए देशमा पुनः...

रास्वपा र विवेकशील साझा पार्टीबीच एकता घोषणा

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपा र विवेकशील साझा पार्टीबीच एकता घोषणा भएको छ । काठमाडौंमा आइतबार आयोजित ए...

एमाले महाधिवेशन : मकवानपुरका अध्यक्ष श्रीधर पोखरेल पराजित

बागमती । नेपाल कम्युनिष्ट पार्टी एमालेको ११औं महाधिवेशनका लागि मकवानपुर क्षेत्र नं १ मा निर्वाचनमार्फत प्रतिनिधि चयन भ...