शनिबार, ०२ जेठ २०८३
नेपाली

राजनीति

Main News Image

नयाँ पार्टीमा ‘बा’ भन्ने प्रवृत्तिको अन्त्य हुनुपर्छ : माधव नेपाल

काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टीका सहसंयोजक माधव नेपालले नयाँ पार्टीमा ‘बा’ भन्ने प्रवृत्ति हाबी हुन दिन नहुने बताएका छन् । मंगलबार काठमाडौंमा आयोजित अखिल नेपाल ट्रेड युनियन महासंघमा विभिन्न संगठनबाट प्रवेश कार्यक्रममा उनले इतिहास र सबै नेताहरुले खेलेको महत्वपूर्ण भूमिकालाई स्मरण नगरे पार्टीभित्र ‘बा’ भन्ने प्रवृत्ति हाबी हुने भन्दै यस्तो प्रवृत्तिबाट मुक्त हुनुपर्ने बताए ।

उनले भने, ‘इतिहासको चर्चा गर्दा पनि ०५२ सालको मात्रै चर्चा गर्ने होइन् ०६ साल, ०२८ सालदेखिको चर्चा हुनुपर्छ। एक नेता मात्रै होइन सबैले खेलेको भूमिकालाई पनि स्मरण गर्नुपर्छ। नभए हामीभित्र पनि ‘बा’ भन्ने प्रवृत्ति हाबी हुनेछ। ‘बा’ प्रवृत्तिबाट मुक्त होऔँ। साथै विचार, सिद्धान्त, रणनीति र कार्यक्रमले मात्रै होइन समाजवादको उद्देश्यले पनि एकताबद्ध होऔँ। नेपाली जनताको आशाको केन्द्रको रुपमा यो पार्टीलाई कसरी बढाउन सकिन्छ भन्ने सन्देश पनि दिने हो।’

यस्तै, उनले नयाँ पार्टीमा आएपछि पुरानो पार्टीबाट मुक्त हुनुपर्ने भन्दै यसको लागि पेरिसडाँडा मेरो, आलोकनगर तपाईंको भन्ने मानसिकताबाट मुक्त हुनुपर्ने बताए । ‘नयाँ पार्टी बनेको छ । हामी पूरानो पार्टीबाट मुक्त हुनुपर्छ । यसमा प्रशिक्षणको पनि आवश्यकता छ। पेरिसडाँडा मेरो, आलोकनगर तपाईंको भन्ने मानसिकताबाट मुक्त हुनुपर्छ । संगठन मेरो वा अर्को संगठन अरुको भन्ने कुराबाट पनि मुक्त हुनुपर्छ। अब एउटै जसरी पार्टी भएको छौ त्यसैगरी सबै जनसंगठनलाई पनि एकताबद्ध गराउनु पर्नेछ ।’

बागमती प्रदेश सरकारले जीप खरिद प्रक्रिया अघि बढाएपछि आलोचना

हेटौंडा । मुलुक गम्भीर आर्थिक सङ्कट, सुस्त विकास निर्माण र राजनीतिक अस्थिरताबाट गुज्रिरहेको बेलामा बागमती प्रदेश सरकार...

६८ वटा दलले दल दर्ता गराए, अन्तिमसम्ममा सबै आउनेछन् : निर्वाचन आयोग

काठमाडौँ । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि मंगलबार दिउसोसम्म ६८ वटा दलले दल दर्ता गराएका छन् । न...

एमालेको महाधिवेशन प्रतिनिधि छनोट गर्न पाँच बुँदे निर्देशन

काठमाडौँ । नेकपा एमालेको आसन्न ११औं राष्ट्रिय महाधिवेशनको प्रतिनिधि छनोट गर्न सो पार्टीको सङ्गठन विभागले पाँच बुँदे नि...

को हुन् जेनजी आन्दोलन भड्काउने टीओबी समूह ?

काठमाडौँ । गत भदौ २३ र २४ गतेको जेनजी प्रदर्शन भड्काएको आरोप लागेका तिब्बतीयन ओरिजिनल ब्लड टीओबी समूह नेपाली बाइक राइड...

प्रतिनिधिसभा पुनर्स्थापनाको माग गर्दै एमालेद्वारा सर्वोच्चमा रिट दायर

काठमाडौँ । प्रतिनिधिसभा पुनर्स्थापनाको मागसहित नेकपा एमालेले सर्वोच्च अदालतमा रिट दायर गरेको छ । एमालेका नेता महेश बर्...

सात महिनापछि गृहमन्त्री अर्यालमाथि मुद्दा चलाउँछौँ : महेश बस्नेत

काठमाडौँ । नेकपा एमालेका पोलिटब्यूरो सदस्य महेश बस्नेतले गृहमन्त्री ओमप्रकाश अर्यालमाथि मुद्दा चलाउने चेतावनी दिएका छन...