राजनीति
जेनजी र सरकारबीच सोमबार लिखित सम्झौता हुने
काठमाडौँ । जेनजी आन्दोलनकारीले अघि सारेको मस्यौदालाई अन्तिम रूपमा तयार गरी सोमबार सरकार र जेनजीबीच लिखित सम्झौता गर्ने तयारी भएको छ । आन्दोलनका मुद्दा संस्थागत गर्ने उद्देश्यसहित शुक्रबार जेनजी प्रतिनिधिहरू र प्रधानमन्त्री सुशीला कार्कीबीच प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा मस्यौदामाथि छलफल भएको थियो । कोशी प्रदेश संयोजक उपार्जुन चाम्लिङका अनुसार प्रधानमन्त्रीले मस्यौदा सोमबारसम्ममा टुङ्ग्याउने प्रतिबद्धता जनाएकी छन् ।
चाम्लिङले भने, ‘हाम्रो मस्यौदामा सम्झौता हुन किन ढिलाइ भइरहेको छ भनेर बुझ्न गएका थियौँ । प्रधानमन्त्रीज्यूले सोमबारसम्ममा टुङ्गो लगाउने बताउनुभएको छ।’ गत कात्तिक २८ गते जेनजीका विभिन्न समूहले एकीकृत मस्यौदा तयार गरी सरकारलाई बुझाएका थिए। मस्यौदामा आन्दोलनका शहीद तथा घाइते परिवारलाई अन्तरिम राहत र निःशुल्क उपचारको व्यवस्था गरिएको छ।जघन्य अपराध बाहेकका घटनामा पक्राउ परेकालाई थुनामुक्त गर्ने प्रस्ताव समेटिएको छ। प्रवासी नेपालीको मताधिकारका लागि आवश्यक पूर्वाधार विकास गर्ने एजेन्डा राखिएको छ। दलीय भागबन्डामा हुने नियुक्ति अन्त्य गर्ने प्रावधान छ।प्रत्यक्ष निर्वाचित कार्यकारीबारे देशभर नागरिक भेला गर्ने योजना समेत समावेश गरिएको छ।
प्रधानमन्त्री कार्कीले आफूले सबै पक्षलाई समेत अध्ययन गर्न दिएको बताइन् । मंसिर १ गते नै सम्झौता अपेक्षित भए पनि ढिलाइ भएकाले जेनजी टोली पुनः प्रधानमन्त्री कार्यालय पुगेको चाम्लिङले बताए।
ताजा समाचार
आज देशभरबाट महाधिवेशन प्रतिनिधि छनोट गर्दै एमाले
काठमाडौँ । नेकपा एमालेले एघारौँ महाधिवेशनका लागि आज देशैभरि प्रतिनिधि छनोट गर्दै छ । विहान ८ बजेदेखि दिउँसो २ बजेसम्म...
निर्वाचनका लागि मतदान केन्द्र निर्धारण र म्यादी प्रहरी भर्नाको तयारी
काठमाडौँ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि मतदान केन्द्र र निर्वाचन सुरक्षाका लागि म्यादी अ...
गोपाल किरातीको प्रश्न : ज्ञानेन्द्र शाह र प्रचण्डमा कसरी फरक छुट्टाउने ?
काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टीका नेता गोपाल किरातीले पार्टी नेताहरूको शैली राजा महाराजाको जस्तो रहेकोमा कटाक्ष गर...
कुलमानले गरे विपद् प्रभावित रोशी क्षेत्रको निरीक्षण
काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात तथा सहरी विकास मन्त्री कुलमान घिसिङले गत वर्ष असोजमा...
प्रधानमन्त्री कार्कीको सेनालाई निर्देशन : चुनावमा एक जना पनि घाइते नहोस्
काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले आगामी चुनावमा ुएक थोपा पनि रगत नबग्ने र एक जना पनि घाइते नहुनेु सुनिश्चित गर्...
महाधिवेशन प्रतिनिधि छनौटको विषयमा एमाले नेताबीच कुटाकुट
- सुनसरी । नेकपा एमाले सुनसरी क्षेत्र नम्बर–१ मा महाधिवेशन प्रतिनिधि छनौटको विषयलाई लिएर नेताहरूबीच कुटाकुट...


