आइतबार, ०३ जेठ २०८३
नेपाली

राजनीति

Main News Image

उच्च पदस्थ व्यक्तिको धमाधम बयान लिँदै आयोग,आज आइजिपी कार्कीको पालो

काठमाडौँ । जेनजी विद्रोहको जाँचबुझ गर्न गठित आयोगले उच्च पदस्थ व्यक्तिहरुलाई बयानका लागि बोलाउन थालेको छ । आयोगको म्याद सकिन लाग्दा उच्च पदस्थ व्यक्तिहरुलाई बयानमा बोलाउन थालेको हो। भदौ २३ र २४ गतेको घटना जाँचबुझ गर्न गठित आयोगले शुक्रबार प्रहरी महानिरीक्षक दानबहादुर कार्कीलाई बोलाएको छ । बिहीबारदेखि नै बयान दिन पुगेका तत्कालीन प्रहरी महानिरीक्षक चन्द्रकुवेर खापुङ र पूर्व गृहसचिव गोकर्णमणी दुवाडीको बयान सकिएकै छैन। उनीहरुलाई आज पनि बोलाउने तयारी छ ।

पूर्वगृहसचिव गोकर्णमणी दुवाडी र तत्कालीन प्रहरी महानिरीक्षक चन्द्रकुवेर यसअघि काठमाडौ जिल्लाका प्रमुख जिल्ला अधिकारी छवि रिजालको बयान लिइएको थियो। मुख्यसचिवले भने बयान दिइसकेका छन् । सशस्त्र प्रहरीका आइजीपी राजु अर्यालले पनि बयान दिइसकेका छन् । नेपाल प्रहरीको ओम राना, सशस्त्र प्रहरीका एसएसपी राजेश उप्रेति तथा काठमाडौ परिसरका तत्कालीन एसएसपी विश्व अधिकारीले पनि बयान दिइसकेका छन् । सेनाले बयानका लागि कसैलाई पनि नपठाउने भएको छ भने सशस्त्र प्रहरीले पनि आइजीपी आफै उपस्थित भएपछि तलका कर्मचारीलाई जान नपर्ने जनाएको छ ।

जेनजी आन्दोलनको पहिलो दिन प्रहरी प्रधान कार्यालयकै मानव स्रोत विभागमा कार्यरत तत्कालीन एआईजी कार्कीलाई २४ गते बिहान काठमाडौँ उपत्यका प्रहरी कार्यालय रानीपोखरीमा सरुवा गरिएको र कमाण्ड सम्हालेको अवस्थामा आयोगले बयान लिन बोलाएको हो। घटना हुँदा एआईजी रहेका कार्की कात्तिक २७ गते प्रहरी महानिरीक्षक छन्। यी तीन जनाको बयान सकिएपछि पूर्वगृहमन्त्री रमेश लेखक र त्यसपछि पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीसँग बयान लिने आयोगको तयारी छ। उनीहरूको बयान अर्को साता गर्ने तयारी रहे पनि आयोगले अहिलेसम्म दुवै जनालाई पत्र भने पठाइसकेको छैन।

यससँगै आयोग प्रतिवेदनलाई अन्तिम रुप दिनतर्फ लाग्नेछ। असोज ९ गते पूर्वन्यायाधीश गौरीबहादुर कार्कीको अध्यक्षतामा गठित ३ सदस्यीय आयोगलाई तीन महिनाको समयसीमा तोकिएको छ। आयोगले प्रतिवेदन बनाउन ढिलाई गरेमा वा बयान नसकिएमा आयोग म्याद थप गर्ने तयारी समेत भएको छ । तत्कालिन गृहमन्त्री रमेश लेखकले आयोगमा बयान दिन जाने बताइसकेका छन् भने तत्कालीन प्रधानमन्त्री केपी ओलीले नजाने बताएका छन्।

आज ४ जना नयाँ मन्त्री थपिँदै, को-को हुँदैछन् नियुक्त ?

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले आज मन्त्रिपरिषद् विस्तार गर्दैछिन् । आज ४ जना नयाँ मन्त्री थप्ने तयारी गरिएको...

राजनीतिक दललाई निर्वाचन आयोगको २० बुँदे निर्देशन

काठमाडौँ । निर्वाचन आयोगले आगामी माघ ११ मा हुने राष्ट्रियसभा सदस्य र फागुन २१ मा हुने प्रतिनिधिसभा सदस्य निर्वाचन प्रय...

मधेश प्रदेशको मुख्यमन्त्रीमा कांग्रेसका कृष्णप्रसाद यादव नियुक्त

काठमाडौँ । मधेश प्रदेशमा नेपाली कांग्रेस संसदीय दलका नेता कृष्णप्रसाद यादव मुख्यमन्त्री नियुक्त भएका छन् । उनलाई प्रदे...

रवि, कुलमान, बालेन र हर्क साम्पाङलाई मिलाउने प्रयासमा जेनजी अगुवा

काठमाडौँ । आसन्न निर्वाचनका लागि केही राजनीतिक दल र फरक फरक समूहमा रहेका जेनजी अभियानकर्मीहरूलाई मिलाएर एउटा वैकल्पिक...

केपी ओली र शेरबहादुर देउवाबीच भेटवार्ता

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच भेटवार्ता भएको छ । ओली श...

मधेश प्रदेशको मुख्यमन्त्रीमा कांग्रेसका यादवले दाबी पेश

काठमाडौँ । मधेश प्रदेशको मुख्यमन्त्रीका लागि नेपाली कांग्रेस संसदीय दलका नेता कृष्णप्रसाद यादवले दाबी पेश गरेका छन् ।...