राजनीति
एमाले महाधिवेशन : सल्लाघारी क्षेत्र झकिझकाउ, कार्यकर्ताहरुको भीड बढ्दो
काठमाडौँ । नेकपा एमालेको ११औँ महाधिवेशनको उद्घाटन सुरु हुन लागेको छ । उद्घाटन समारोह भक्तपुरको सल्लाघारीस्थित तीनकुने मैदानमा एमाले कार्यकर्ताहरुको भीड देखिन्छ । बिहानैदेखि स्थल तथा वरपरका क्षेत्रमा कार्यकर्ता, प्रतिनिधि र समर्थकहरूको भीड बाक्लिँदै गएको छ । उद्घाटनका लागि मन्च झकिझकाउ बनाइएको छ । उद्घाटन समारोह १ बजेलाई राखिएको छ । त्यसअघि र्यालीको आयोजना गरिएको छ ।
देशभरिबाट आएका हजारौँ प्रतिनिधि, पर्यवेक्षक र कार्यकर्ताहरू बिहानैदेखि उपत्यकाका मुख्य नाकाहरू हुँदै सल्लाघारीतर्फ प्रवेश गरिरहेका छन् । सवारी साधनको लामो लाइन र भीडका कारण काठमाडौं–भक्तपुर क्षेत्रमा चहलपहल बढेको छ भने अरनिको राजमार्गमा सवारीको चाप देखिन्छ ।
उद्घाटनका लागि स्टेज, सजावट, ध्वनि प्रणाली, झण्डा–ब्यानरदेखि सुरक्षासम्बन्धी सबै काम बिहानसम्म पूरा गरिएको आयोजक समितिले जनाएको छ । तीनवटै सुरक्षा निकाय उच्च सतर्कतामा छन्, भने ट्राफिक प्रहरीले विशेष व्यवस्थापन लागू गरेको छ ।
स्थल वरपर स्वच्छता, स्वास्थ्य सहायता कक्ष, पानी र स्वयंसेवक परिचालन जस्ता व्यवस्थाहरूलाई पनि आज बिहानैदेखि सक्रिय बनाइएको छ । कार्यकर्ताहरूलाई सहज रूपमा बस्न र प्रवेश–निस्कन मद्दत गर्न सयौँ स्वयंसेवक खटाइएको छ । महाधिवेशनको औपचारिक प्रारम्भसँगै आगामी दिनहरूमा हुने राजनीतिक प्रतिवेदन, संगठन प्रतिवेदन, विधान संशोधन र नेतृत्व चयन प्रक्रिया अगाडि बढाइने छ ।
ताजा समाचार
दमकमा ‘राष्ट्रिय परिवर्तन पार्टी’को औपचारिक घोषण गरिँदै
काठमाडौँ । जेनजी आन्दोलनका घाइते, शहीद परिवार र युवा पुस्ता मिलेर निर्माण भएको ‘राष्ट्रिय परिवर्तन पार्टी’...
एमाले महाधिवेशन उद्घाटस्थलमा चहलपहल, बम डिटेक्टर र तालिमप्राप्त कुकुर परिचालन
काठमाडौँ । नेकपा एमालेका एघारौं महाधिवेशन उदघाटन समारोह स्थलमा चहलपहल बढेको छ । भक्तपुर सल्लाघारीस्थित उद्घाटन समारोहस...
मन्त्री घिसिङद्वारा नारायणीको सिग्नेचर पुल निर्माणस्थल अनुगमन
काठमाडौँ । यातायात तथा भौतिक पूर्वाधारमन्त्री कुलमान घिसिङले चितवनको भरतपुरस्थित नारायणी नदीमा निर्माण हुन लागेको सिग्...
आजबाट एमालेको ११औं महाधिवेशन, १० हजार स्वयंसेवक परिचालन गरिने
काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी एमालेको ११औं राष्ट्रिय महाधिवेशन आजदेखि सुरु हुँदैछ । महाधिवेशनको उद्घाटन भक्तपुरको...
प्रतिनिधि सभा निर्वाचन हुन ८२ दिन बाँकी, समानुपातिकमा सहभागी दललाई चिन्ह
काठमाडौँ । आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा सदस्य निर्वाचनको समानुपातिक प्रणालीतर्फ सहभागी राजनीतिक दलला...
ईश्वर पोखरेलको फरक दस्ताबेज प्रतिनिधिलाई बाँड्न दिइने
काठमाडौँ । एमालेको भावी अध्यक्ष पदका लागि लड्ने तयारीमा रहेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलको अवधारणा पत्र महाधिवेशनका...


