बुधबार, २७ जेठ २०८३
नेपाली

सूचना-प्रविधि

Main News Image

मुग्लिन–पोखरा सडक १० दिनसम्म दैनिक ४ घण्टा बन्द हुने, यी हुन् वैकल्पिक मार्ग

काठमाडौँ । मुग्लिन–पोखरा सडक आजदेखि १० दिनसम्म दैनिक चारघण्टा बन्द हुने भएको  छ । मुग्लिन–पोखरा राजमार्ग सुधार योजना अन्तर्गत पश्चिम खण्ड दैनिक चार घण्टा बन्द गरेर सडक स्तरोन्नती गर्न लागिएको सडक आयोजनाले जनाएको छ । यो सडक आजदेखि १० दिनसम्म दैनिक चार घण्टा पूर्ण तथा आंशिक रूपमा बन्द गर्न लागिएको हो ।

आजदेखि दैनिक बिहान छ बजेदेखि आठ बजेसम्म र मध्याह्न १२ बजेदेखि दुई बजेसम्म सडकमा सवारी साधन रोकेर निर्माणको काम गर्न लागिएको योजना प्रमुख कृष्ण बहादुर कुँवरले जानकारी दिए । हाल मुग्लिन–पोखरा सडक खण्ड अन्तर्गत तनहुँको जामुने बजारदेखि पोखराको सेती नदी पुलसम्मको सडकमा स्तरोन्नतिको काम भइरहेको छ । पोखराको विजयपुर पुलको ‘अपस्ट्रिम साइड’ मा दुई लेनको ‘प्रिकास्ट’ र ‘प्रिस्ट्रेस’ प्रविधिको पुल निर्माणको लागि काम भइरहेको कुँवरले बताए ।

मूल सडक बन्द हुँदा दुई पाङ्ग्रे तथा साना सवारीसाधनले अर्घौचोक वा बुढी बजार चोकबाट बेल चौतारा हुँदै चाउथे भएर आवतजावत गर्न सक्नेछन् ।
ठूला सवारीसाधनको लागि भन् पावर हाउस चोकदेखि बौमारा हुँदै बिरौटा निस्किएर पोखरा आवतजावत गर्न पनि आयोजनाले अनुरोध गरेको छ ।

 

यस वर्षको मनसुन : औसतभन्दा बढी वर्षा, गत वर्षभन्दा जनधनको क्षति कम

काठमाडौँ ।गत वर्षको तुलनामा यस वर्ष मनसुनको समयमा जनधनको क्षति कम भएको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थ...

९,००० एमएएच ब्याट्रीसहितको नयाँ स्मार्टफोन ल्याउँदै अनर

काठमाडौँ । चिनियाँ स्मार्टफोन ब्रान्ड अनरले ९,००० एमएएच क्षमताको ब्याट्रीयुक्त स्मार्टफोन बजारमा ल्याउने तयारी गरेको छ...