सूचना-प्रविधि
एसईई पूरक परीक्षाको नतिजा सार्वजनिक, ६४.६८ प्रतिशत विद्यार्थी उत्तीर्ण
काठमाडौँ । राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा एसईई २०८२ को पूरक ग्रेडवृद्धि परीक्षाको नतिजा सार्वजनिक गरेको छ । बोर्डका अनुसार पूरक परीक्षाका लागि आवेदन दिएका एक लाख ४६ हजार ५०७ परीक्षार्थीमध्ये एक लाख २९ हजार ११४ जना परीक्षामा सहभागी भएका थिए। तीमध्ये ८३ हजार ४२३ जना अर्थात् ६४.६८ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन्। पूरक परीक्षा असार १ देखि ७ सम्म सञ्चालन भएको थियो ।
परीक्षार्थीहरूले राष्ट्रिय परीक्षा बोर्ड र परीक्षा नियन्त्रण कार्यालय कक्षा १० को वेबसाइट, एसएमएस, यूएसएसडी तथा आईभीआर सेवामार्फत नतिजा हेर्न सक्नेछन्। सिम्बोल नम्बर र जन्ममिति प्रयोग गरी ग्रेडसिट डाउनलोड गर्ने व्यवस्था पनि गरिएको बोर्डले जनाएको छ।
प्रकाशित नतिजाप्रति चित्त नबुझेका परीक्षार्थीले असार २५ गतेदेखि ३१ गतेसम्म अनलाइनमार्फत पुनर्योग, उत्तरपुस्तिका अवलोकन तथा पुनः परीक्षणका लागि आवेदन दिन सक्नेछन् । यसैबीच, परीक्षाको मर्यादा उल्लंघन गरेको आरोपमा केन्द्राध्यक्षबाट सिफारिस भएका सात जना परीक्षार्थीको परीक्षा रद्द गरिएको बोर्डले जनाएको छ ।
ताजा समाचार
नयाँ प्रणालीबाट विद्युतीय राहदानी
काठमाण्डौँ । अब सरकारले वितरण गर्ने विद्युतीय राहदानी नयाँ प्रणालीमार्फत नागरिकले पाउने भएका छन् । नयाँ प्रणालीमार्फत राहदानी जारी गर्न आवश्यक तयार...
कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा भारी वर्षाको सम्भावना
काठमाडौँ । हाल देशभर मनसुनी वायूको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा नेपालको पूर्वी भूभागतर्फ सरदर भन्दा दक्षिणमा र पश्चिमी भूभागतर्फ सरदर स...
पोखरा-दुबई नियमित उडानलाई दिगो बनाउन व्यवसायी र फ्लाइ दुबईबीच छलफल
कास्की । आगामी सेप्टेम्बर २३ देखि पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट सुरु हुन लागेको पोखरा दुबई हवाई उडान सेवालाई व्यवस्थित र दीर्घकालीन बनाउने विष...
देशभर मनसुनको प्रभाव कायमै : आज केही स्थानमा मध्यमदेखि भारी वर्षा र हावाहुरीको स...
काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव निरन्तर रूपमा कायमै रहेको छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार यतिबेला मनसुनको...
विमानस्थलका अध्यागमन कर्मचारीलाई ढाका टोपी अनिवार्य
काठमाडौँ । गृहमन्त्री सुधन गुरूङले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित अध्यागमन कार्यालयका कर्मचारीहरूलाई अनिवार्य रूपमा ढाका टोपी लगाउन निर्दे...
नारायणघाट-बुटवल सडकमा ‘क्यानोपी ब्रिज’ निर्माण
नारायणघाट । बुटवल सडक विस्तार आयोजनाको पूर्वी खण्डमा नेपालमै पहिलोपटक बाँदरलगायत रुखमा बस्ने वन्यजन्तुलाई सडक सुरक्षित रूपमा वारपार गराउन ‘ओभरहेड क...

