समाज/संस्कृति
आज किराँत समुदायका उँधौली पर्व मनाउँदै
काठमाडौँ । मार्गशीर्ष शुक्ल पूर्णिमाका दिन आज पितृको मान र प्रकृतिको सम्मानका रूपमा किराँत समुदायले उँधौली पर्व मनाउँदैछन् । किरात समुदायका याक्खाले चासुवा, सुनुवारले फोलस्यादर, राईले उँधौली सकेला र लिम्बूहरूले चासोक तङ्नाम पर्वका नाममा उँधौली धुमधामसँग मनाउँदैछन् । लिम्बूहरूले चासोक तङ्नाम पर्व तीन दिनअघि नै मनाउन सुरु गरेका थिए । यो पर्वको पहिलो दिन थियो। आज संयुक्त रूपमा यस समुदायका सबैले उँधौली सकेला अर्थात् उँधौली पर्व मनाउँछन्। किरात संस्कृतिबारे अनुसन्धानरत कीर्तिकुमार दुमी राई किराँतभित्रका जातजातिले मनाउने यो पर्वलाई फरक फरक नाम दिए पनि समग्रमा उँधौलीका नामले चिनिने बताउँछन् ।
किराँत समुदायले आफूले लगाएको अन्नबाली पाकेपछि इष्टदेवतालाई चढाउने, खानका लागि अनुमति माग्ने तथा पितृलाई स्मरण गर्ने दिनलाई पर्वका रूपमा मनाउँछन्। बाली लगाउने बेलामा भने किराँत जातिमा यावा अर्थात् उँभौली पर्व मनाइने प्रचलन छ।
भूमिपूजाका लागि बिहानैदेखि किराँत महिला तथा पुरुषहरू जातीय वेशभूषामा सजिएर च्याबु्रङ बाजाको तालमा धाननाच नाच्दै पर्व मनाउने स्थानमा पुग्छन्। पर्व र रीतिरिवाज एउटै भए पनि आ(आफ्नो भाषाअनुसार पर्वलाई पुकार्ने चलन छ।
ताजा समाचार
नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक अधिकारी पक्राउ
काठमाडौँ । नेपाल नागरिक उड्डयन प्राधिकरण क्यानका महानिर्देशक प्रदीप अधिकारी पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन...
नेपाल-चीन महिला सहकार्यको ऐतिहासिक सम्मेलन
काठमाडौँ । जनवादी गणतन्त्र चीनको सिजाङ तिब्बत प्रान्तको परराष्ट्र मामिला कार्यालयको निमन्त्रणामा आयोजित महिला सम्मेलनम...
हेटौंडा बजारमा सडक विस्तार सुरु, यातायात व्यवस्थापन सहज बनाउन वैकल्पिक रुट लागू...
हेटौंडा । पूर्वपश्चिम राजमार्ग तथा त्रिभुवन राजपथअन्तर्गत हेटौंडा बजार क्षेत्रमा सुरु भएको सडक विस्तारका कारण यातायात...
अपांगता भएकाहरुको अन्तर्राष्ट्रिय दिवस मनाइँदै
काठमाडौँ । अपांगता भएका व्यक्तिहरूको ३४औं अन्तर्राष्ट्रिय दिवस आज विभिन्न कार्यक्रमका साथ मनाइँदैछ । सरकार, सरोकारवाला...
तीन सवारीसाधन एक आपसमा ठोक्किँदा चालकसहित सात जना घाइते
रौतहट । रौतहटमा तीन सवारीसाधन एक आपसमा ठोक्किँदा चालकसहित सात जना घाइते भएका छन् । दुर्गाभगवती गाउँपालिका वडा नम्बर ५...
सशस्त्र प्रहरीका लागि थप गरिएको तीन डिआइजी पद तत्काललाई होल्ड
काठमाडौँ । सरकारले सशस्त्र प्रहरीका लागि थप गरिएको तीन डिआइजी पद तत्काललाई होल्डमा राखेको छ । गृहमन्त्री ओमप्रकाश अर्य...


