आर्थिक खबर
खाडी मुलुक जाने श्रमिकका लागि हवाइ भाडादरमा छुट
काठमाडौँ । नेपाल वायुसेवा निगमले खाडी मुलुकमा जाने नेपाली श्रमिकका लागि विशेष छुटसहित नयाँ भाडादर लागू गरेको छ। निगमले आज विज्ञप्ती जारी गरी रोजगारीका लागि दमाम, दोहा, दुबई र मलेसियाको क्वालालम्पुर जाने श्रमिकहरूको सहजताका लागि १० प्रतिशत विशेष छुट दिने निर्णय गरेको गरिएको हो ।
विज्ञप्तिमा भनिएको छ, ‘श्रमिक यात्रुहरूको सर्वसुलभताका लागि नेपालबाट तोकिएको गन्तव्यमा यात्रा गर्दा प्रत्येक उडानमा १० वटा सिटमा साविकको भाडामा १० प्रतिशत विशेष सहुलियत दिने निर्णय गरेको छ ।’ सो भाडादर श्रम मुलुकमा यात्रा गर्ने यात्रुले आवश्यक कागजातसहित निगमको नेपालस्थित कार्यालयका टिकट काउन्टरबाट सेवा लिन सक्ने भनिएको छ। यसबाट श्रम मुलुकमा यात्रा गर्ने यात्रुलाई विशेष सुविधा, सहयोग तथा सहुलियत हुने विश्वास निगमले लिएको छ ।
ताजा समाचार
यस्तो छ शनिबारको विदेशी मुद्राको विनिमयदर
काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डल...
भुजुङ्ग हाइड्रोपावरको २० लाख कित्ता आईपीओ आउँदै
काठमाडौँ । नेपाल धितोपत्र बोर्ड सेबोनले भुजुङ्ग हाइड्रोपावर लिमिटेडलाई सर्वसाधारणका लागि प्रारम्भिक सार्वजनिक निष्कासन...
एक हजार दरका ४३ करोड थान नयाँ नोट चीनमा छापिने
काठमाडौँ । केन्द्रीय बैंकले एक हजार दरको नयाँ नोट छाप्ने ठेक्का पनि चिनियाँ कम्पनीलाई दिएको छ । राष्ट्र बैंककाअनुसार च...
नेपाल एयरलाइन्सका दुई पाइलटलाई कारबाही
काठमाडौँ । उडान सञ्चालनसम्बन्धी नियम उल्लंघन गरेको आरोपमा नेपाल नागरिक उड्डयन प्राधिकरण क्यानले नेपाल वायुसेवा निगमका...
बेतबाँसका सामग्री बेचेर मासिक ७० हजार आम्दानी गर्दै बाधुराम
धनगढी । धनगढी उपमहानगरपालिका-४ उत्तरबेहडीका बाधुराम चौधरीले व्यावसायिक रूपमा बेतबाँसका सामग्री बेचेर मासिक रु ७० हजार...
साताको शेयर बजारः कारोबार भएको पाँचै दिन बढ्यो नेप्से
काठमाडौँ । धितोपत्र बजारमा यस साता शेयर कारोबार मापक नेप्से परिसूचक लगातार पाँचै दिन बढेर उकालो लागेको छ । आइतबारदेखि...


