आर्थिक खबर
गभर्नरको सुरक्षामा भारतमा पूर्वराजा, हप्ताभन्दा लामो छलफलमा के गर्दैछन् ?
काठमाडौँ । पूर्वराजा ज्ञानेन्द्र शाह यतिबेला भारतमा छन् । भारतको सिलगुडीमा रहेका पूर्वराजा यही पुस २ गते दमक हुँदै सिलिगुडी पुगेका हुन् । पूर्वराजा १,२ दिनमै फर्किहाल्ने संकेत छैन । भारत सरकारको सरकारी पाहुनाको हैसियतमा उता रहेका पूर्वराजा कति दिन भारतमा रहन्छन् भन्ने समेत स्पष्ट छैन। तर, उनको यो १ हप्ताभन्दा लामो हुनसक्ने भ्रमणले नेपालको राजनैतिक वृत्तमा तरंग ल्याउन सक्ने अनुमान गरिएको छ ।
स्रोतका अनुसार पूर्वराजालाई भारत सरकारले उच्च सम्मानसहित सरकारी पाहुनाको रुपमा राखेको छ । पूर्वराजा सिलिगुडी जाँदा भारत प्रवेश गरेसँगै पश्चिम बंगालका गभर्नरले उनलाई सुरक्षा दिएर लगेका थिए। अहिलेसम्म पनि पूर्वराजा गभर्नरले उपलब्ध गराएको सुरक्षा स्कर्टिङको बीचमा हिँड्छन्। सिलिगुडीमा नेपालको राजनीतिक अवस्थाका विषयमा गम्भीर छलफल भएको बताइएको छ ।
नेपालमा फागुन २१ गतेका लागि निर्वाचनको मिति तोकिएको छ । तर, त्यही मितिमा निर्वाचन हुनेमा आशंका बढेको छ। पछिल्लो समय प्रमुख राजनैतिक दलहरु समेत त्यही मितिमा निर्वाचनमा जानेगरी तयारीमा छैनन्। दलहरुले निर्वाचनमा जाने त भनेका छन् तर फागुन २१ कै निर्वाचनमा जाने स्पष्ट कुरा गरेका छैनन् ।
पर्याप्त तयारी नभएको र सुरक्षा चुनौती बढी भएका कारण सरकार पनि निर्वाचन केही समय सार्ने पक्षमा ढल्किएको बालुवाटार बताउँछ। निर्वाचित सरकार विस्थापित गर्नेगरी विद्रोह गरेका युवाहरुको अगुवाको रुपमा सक्रिय रहेका सुधन गुरुङले पनि केही दिनअघि अहिलेकै अवस्थामा फागुन २१ मा निर्वाचन हुन नदिने बताइसकेका छन् ।
ताजा समाचार
सुनको मूल्यमा सामान्य गिरावट, चाँदीमा निरन्तर नयाँ रेकर्ड बन्दै
काठमाडौँ । नेपाली बजारमा आइतबार सुनको मूल्य घट्दा चाँदीको मूल्य भने हालसम्मकै उच्च मूल्यमा कायम भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज...
भोजपुरमा धान उत्पादनमा गिरावट : अनियमित मौसमले किसानलाई सास्ती
भोजपुर । यस वर्ष अनियमित मौसमका कारण भोजपुर जिल्लामा धान उत्पादनमा गिरावट आएको छ । समयमा पर्याप्त वर्षा नहुनु र रोपाइँपछि परेको बेमौसमी वर्षाले धान...
बागलुङका बगानमा पाके सुन्तला, किसानले पाएनन् उचित मूल्य
बागलुङ । बागलुङका ग्रामीण क्षेत्रका सुन्तला बगान यतिबेला पहेँलै भएका छन् । तर, सुन्तला पाकेर बगान राम्रो देखिए पनि किसानले उचित मूल्य नपाएको...
आइतबार कुन विदेशी मुद्राको विनिमयदर कति ?
काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । आजका लागि निर्धारित विनिमयदरअनुसार अमेरिकी डलर एकको खरिददर १४...
साताभर ७.६६ अंकले बढ्यो नेप्से, कुन दिनको कारोबार कति ?
काठमाडौँ । यस साता नेप्से परिसूचक ७.६६ अंकले बढेर २६१५.०३ विन्दुमा आईपुगेको छ। गत साता २६०७.३७ विन्दुमा बन्द भएको नेप्से यो साता ७.६६ अंक बढेर २६१५...
राष्ट्र बैंकले एक अर्ब २० करोड बैंक तथा वित्तीय संस्थामा लगानी गर्ने
काठमाडौँ । नेपाल राष्ट्र बैंकले कर्मचारी सुरक्षण कोषमा रहेको रु एक अर्ब २० करोड बराबरको रकम बैंक तथा वित्तीय संस्थामा लगानी गर्ने भएको छ । केन्द्री...


